रेखीराम राना
तानसेन, पुस २४ गते । पाल्पामा एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको छ । एक जनाको रुखबाट लडेर मृत्यु भएको छ भने अर्का एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्लाको तिनाउ गाउँपालिका –२, पाँचकुनाका ५५ वर्षीया रीमा सारुको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आफ्नै घर पछाडिको खनियाँको रुपमा चढेर घाँस काट्ने क्रममा लडेर सारुको मृत्यु भएको हो ।
यस्तै, बगनासकाली –२, पोखराथोक ठूलीचउरमा काम गर्न आउनुभएका बर्दिया गेरुवा –२ का ३५ वर्षीय मायाराम थारु मृत अवस्थामा फेला पर्नुभएको छ । पोखराथोकमा कमल निर्माण सेवाको काम गर्दै आउनुभएका थारु बुधबार निर्माणस्थलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिनुभयो । दुबै घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।