राजमार्ग छेउमा मकै पोलेरै जीविका
यहाँको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आउनुभएको छ ।
लागूऔषध दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाउन कार्यविधि
सुनसरीमा लागुऔषध दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाउन कार्यविधि मस्यौदा तयार गरेको छ ।
व्यक्तिगत लगानीमा क्रिकेट प्रशिक्षण सञ्चालन गर्दै कीर्तिपुर एकेडेमी
एकाबिहानै मोरङको पथरी शनिश्चरे–७ स्थित कीर्तिपुरमा जनकल्याण माविको मैदानमा पुग्ने हो भने विद्यार्थी ब्याट र बलसँग रमाइरहेका हुन्छन् । जाडोको समय एकाबिहानै झिसमिसेमा उनीहरुको अभ्यासले ठुल्ठुलो आवाज आउँछ ।
सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित
सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवासञ्चालनमा आएको छ ।
‘संविधान संशोधनको तयारी भइरहेको छ’
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको अधिकार सुनिश्चित हुने गरी धेरैभन्दा धेरै दलको समर्थनमा संविधान संशोधनको तयारी भइरहेको बताउनुभयो ।
हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु
मोरङको सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
गुणस्तर सुधार्न चियाको ‘कटिङ’
किसानका लागि वर्षभरि आम्दानीको स्रोत बन्ने चियाका बुट्यान काट्ने काम (कटिङ) सुरु भएको छ ।
क्लिङ्कर नहुँदा सिमेन्ट उद्योग बन्द
कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङ्कर नहुँदा सञ्चालन सङ्कटमा परेका छन् । कोशीका १५ सिमेन्ट उद्योगमध्ये १३ सिमेन्ट उद्योगसँग आफ्नै क्लिङ्कर उत्पादन छैन ।
चर्च ब्वाइजलाई फाल्गुनन्द गोल्डकप उपाधि
फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइज क्लबले जितेको छ । फिदिम माविको मैदानमा सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले मच्छिन्द्र फुटबल क्बललाई टाइब्रेकरमा ५–४ गोलले हरायो ।
कार्यकारी राष्ट्रपतीय शासन प्रणालीमा जानुपर्छ : अध्यक्ष प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सहयोगमा आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने बताउनुभएको छ ।
निर्माण कम्पनीको लापर्वाहीले आजित स्थानीय
पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि मोरङको पथरीशनिश्चरे –१० जिरिखिम्तीमा बसेको निर्माण कम्पनीको अस्थायी क्याम्पले स्थानीय बासिन्दालाई दुःख दिन थालेको छ ।
इलाममा तमु ल्होसार मनाइयो
आज तमु ल्होसार इलाममा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्लाभर रहेका बौद्ध गुम्बाहरूमा विषेश पूजाआजा गरिएको छ ।
प्रणाली सुधारका लागि तीन तहको समन्वय शिक्षा : मन्त्री भट्टराई
शिक्षा प्रणालीमा सुधार ल्याउने उद्देश्यले सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोशी प्रदेश सरकारको संयुक्त आयोजनामा विराटनगरमा परामर्श बैठक सम्पन्न भएको छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले गुणस्तरीय शिक्षामा जोड दिँदै तीन तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय शिक्षाका लागि विद्यालय सञ्चालनमा ल्याइएको छ ।
बेचबिखनमा परेकी युवतीको उद्धार
झापाको शिवसताक्षी नगरपालिका २ की १७ वषिर्या एक युवतीलाई कामको प्रलोभन दिएर बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गरेको अवस्थामा सुनसरीको कोसी गाउँपालीका ८ भण्टाबारीको सीमा नाकाबाट उद्धार गरिएको छ ।
फाल्गुनन्द गोल्डकप फाइनल : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
पाँचथरको फिदिममा जारी ११ औँ फाल्गुनन्द गोल्डकपको फाइनल खेल आज हुँदैछ ।
नुम्बुर हिमाल
सोलुखुम्बुको सल्लेरीबाट सोमबार बिहान देखिएको सोलुखुम्बुस्थित नुम्बुर हिमाल । ६ हजार ९५८ मिटर उचाइमा रहेको रहेको यस हिमालमा अहिले हिउँ रित्तिदै गएको छ ।
छुर्पी
सूर्योदय नगरपालिका १० स्थित फिक्कल बजारमा बिक्रीका लागि राखिएको छुर्पी, घिउ, चिया, खुर्सानीलगायत सामाग्री। इलाम घुम्न आउने पर्यटकले कोसेलीका रूपमा यहाँबाट उपहार लिएर जाने गर्दछन् ।
तिम्बुङ पोखरी
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीयस्थल तिम्बुङ पोखरीको रमणीय दृश्य ।
पाथीभरा धाममा धर्मशाला
समुद्र सतह देखि तीन हजार ७९४ मिटरमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा धाममा आउरने भक्तजनलाई लक्षित गर्दै धाम नजिकै स्थापना गरिएको धर्मशाला ।
सम्झौताको एघार वर्षपछि पुल निर्माण सुरु
तेह्रथुम पाँचथरलाई जोड्ने तमोर नदीको लुवुघाटमा अलपत्र रहेको पक्की पुल ११ वर्षपछि निर्माण सुरु भएको छ । निर्माणमा ढिलाइ भएको भन्दै दुवै
फाल्गुनन्द कपका लागि मच्छिन्द्र र चर्च ब्वाइज भिड्दै
फिदिम माविको खेल मैदानको वातावरण आज तातिने भएको छ । आज ११औँ फाल्गुनन्द गोल्ड कपको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड बिच रोमाञ्चक टक्कर हुँदै छ । यो खेल मात्र एक उपाधि भिडन्त नभई, काठमाडौँका दुई ए डिभिजनका प्रतिष्ठित क्लबहरूबिचको प्रतिष्ठाको लडाइँ पनि हो । प्रि म्याच प्रेस कन्फ्रेसमा दुवै पक्षका प्रशिक्षकले आआफ्नो जितको दाबी पेस गरेका छन् ।
सतिघाटमा पक्की पुल नहुँदा नागरिकलाई सास्ती
भोजपुर–सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको छ । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको यो स्थानमा पक्की पुल नहँुँदा नागरिकले बर्सेनि दुःख भोग्दै आएका छन् ।
नाबालिकालाई झुक्याएर विवाह गर्दा ...
जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो ।