• १ चैत २०८१, शुक्रबार

इलाममा साहित्य महोत्सव सुरु

blog

इलाम बजारमा निकालिएको र्‍याली । तस्बिर : कोकिला ढकाल ।

कोकिला ढकाल

इलाम, चैत १ गते । साहित्यका माध्यमबाट पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले इलाममा साहित्य महोत्सव सुरु भएको छ । महोत्सवमा नेपालसहित भारतका सिक्किम, सिलिगुडी, दार्जिलिङ र बङ्गलादेशका साहित्यकार तथा कलाकर्मी सहभागी भएका छन् । 

इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा सुरु भएको महोत्सवमा विभिन्न चरणमा विभिन्न विषयमा बहस गर्न थालिएको छ । 

पहिलो दिन भारतको भारतको जेएनयुका चेयर प्रोफेसर प्रा.आनन्दकुमारको ‘कि नोट स्पिच’ रहेको थियो । सोही दिन ‘गाउँको सौन्दर्य’, ‘कला र अध्यात्म’, ‘विभेद विरुद्धका आलापहरू’, ‘कविताको पहिचान’, ‘मुन्धुम र पर्यावरण’, ‘सामाजिक सञ्जाल र मुल्य सङ्कट’, ‘पर्यापर्यटन : अबको बाटो’ शीर्षकमा छलफल भएको छ ।

यस्तै दोस्रो दिन ‘इलामले इलम : पेशा र पैसा’, ‘युवा : सपना र सङ्घर्ष’, ‘डिजिटल दुनियाँमा सर्जक’, ‘प्राज्ञिक अनुसन्धानमा पहिचान’, ‘मन्द्राकान्ता : पात्र विमर्श’, ‘युद्धदेखि शब्दसम्म’, ‘जीवन फर्केर हेर्दा’, ‘इम्बोडिङ डाइभरर्सिटी इन साउथ एसिया थ्रु ट्रान्सलेसन’ र ‘आशा र निराशाको राजनीति’ शीर्षकमा छलफल हुने नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनुभयो । 

महोत्सव सुुरु हुनुअघि सदरमुकामस्थित ठुलो टुडीखेलबाट विभिन्न झाँकीसहितको र्‍याली निकालिएको थियो ।