इलामको एकतप्पा बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्व सर्वसम्मत
इलामको फाकफोकथुमस्थित एकतप्पा बहुमुखी क्याम्पसमा सर्वसम्मत रुपमा स्वतन्त्र विद्यार्थी युनियन चयन भएको छ ।
‘किरात सांस्कृतिक’ भवन निर्माण गरिँदै
यहाँको टेम्केमैयुङ–९ लखर्कको पाँचधोरमा ‘किरात सांस्कृतिक’ भवन निर्माण सुरु गरिएको छ । किरात संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक भवन निर्माण थालिएको हो ।
नेपाल संस्कृत विश्वविद्यालय पिण्डेश्वर विद्यापीठमा गठबन्धनबाट निर्विरोध
धरान उपमहानगरपालिकामा रहेको ४ वटा क्याम्पसमध्ये ३ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सुरु भएको छ ।
मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द
यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने सम्बन्धित कम्पनीले जमिन उपयोग गरेबापत मुआब्जा नदिएपछि आयोजना नै बन्द गराएका छन् ।
‘घुमन्ते गज’ उपचारको पर्खाइमा
झापाको एक सामुदायिक वनमा एक घाइते भाले हात्ती उपचारको परखाईमा रहेको छ । मेचीनगर नगरपालिकाको वडा नंं ४ स्थित बौबन सामुदायिक बनमा ८ दिनदेखि एउटा घाइते हात्ती उपचारको पर्खाइमा रहेको हात्तीको विषयमा खोजकर्ता शङ्कर लुइँटेलले बताउनु भएको छ ।
स्वरोजगार बनाउन चार सय राँगा वितरण गरिँदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष रु ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम सुरु गरिएको हो ।
चिया अवलोकनका लागि चिनियाँ टोली नेपालमा
नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् ।
सूर्यमुखी खेती घट्दै
सुनसरीमा केही वर्षअघिसम्म बढ्दो क्रममा रहेको सूर्यमूखी खेतीमा यस पटक कमी आएको छ । विभिन्न रोग र किराको प्रकोप बढेपछि सूर्यमुखी खेतीमा कमी आएको हो । विभिन्न रोग किरा र मौसमले
एसइई दिने विद्यार्थीलाई पोशाक अनिवार्य
चैत ७ गतेदेखि सुुरु हुने यो वर्षको एसअइई परीक्षामा सहभागी हुुने विद्यार्थीलाई इलाममा विद्यालय पोशाक अनिवार्य गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईले आज जिल्लाका सबै माध्यमिक विद्यालयलाई पत्राचार गर्दै विद्यार्थीलाई विद्यालय पोशाक अनिवार्य भएको सूचना गरेको हो ।
रेड पान्डा संरक्षणमा जोड
हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बुले समुदायमा आधारित रेड पान्डा संरक्षण परियोजना सम्बन्धी जिल्ला स्तरीय सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।
थामेका बाढी पीडितलाई अस्थायी आवास निर्माणका लागि अनुदान प्राप्त
सोलुखुम्बुको थामेका बाढी पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि फ्रान्सेली राजदूतावासबाट अनुदान रकम प्राप्त भएको छ ।
ग्रेट हिमालयन ट्रेल पदयात्रा सुरु
१२ महिला र एक पुरुष सम्मिलित टोलीले विश्वकै सबैभन्दा लामो तथा चुनौतीपूर्ण पदमार्गमध्ये नेपालको ग्रेट हिमालयन ट्रेल (जीएचटी) को एकसय दिने पदयात्रा सोमबारदेखि सुरु गरेको छ ।
छथर जोरपाटीलाई फुटबल उपाधि
धनकुटाको छथर जोरपाटी पालिकामा सम्पन्न भएको अन्तर पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि छथर जोरपाटी गाउँपालिकाले जितेको छ ।
बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर
बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् ।
सोलुखुम्बुमा हावाहुरीले २६ घर टहरामा क्षति
सोलुखुम्बु, चैत ४ गते । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत माघदेखि चैत ३ गतेसम्ममा हावाहुरीका कारण जिल्लामा २६ वटा घटना भएका छन् । जसमा २० वटा निजि घर तथा संरचना, तीन वटा विद्यालय भवन, दुई वटा धार्मिक संरचना र एउटा सरकारी संरचनामा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिकामा सबै भन्दा बढी १४ वटा भौतिक संरचनामा क्षति पु¥याएको छ ।जसमा १० वटा निजी घर तथा संरचना, दुई वटा गुम्बा, सीमा प्रशासन कार्यालय नाम्चेको कार्यालय रहेको सरकारी संरचना र एक विद्यालय भवनमा क्षति पुगेको छ । सोलुदुधकुण्ड नगरपालिकामा एक विद्यालय भवन र सात निजी घर गरी आठ वटा र सोताङ गाउँपालिकामा एक विद्यालय भवन र तीन घरमा गरी चार वटा संरचनामा क्षति पु¥याएको प्रहरीले जनाएको छ । “अघिल्ला वर्षहरुमा यस वर्षको जस्तो ठुलो हावाहुरीले क्षति पु¥याएको देखिएन, यो वर्ष त माघदेखि जिल्लामा हावाहुरीले ठुलो मात्रामा क्षति पु¥याउन थालेको छ”, प्रनाउ घिमिरेले भन्नुभयो । हावाहुरीका कारण कतिपय स्थानमा रुखहरु जरा पल्टिएर ढलेका छन् भने सल्लेरी, गार्मालगायतका क्षेत्रमा ढलेको रुखका कारण हाइटेन्सन लाइनमा क्षति पुग्दा बारम्बर विद्युत सेवा अवरुद्ध हुने गरेको छ । लाइन विस्तार भएका क्षेत्रमा रुखहरु ढल्ने कारण सदरमुकामसहितका क्षेत्रमा धेरै पटक विद्युत् सेवा अवरुद्ध भइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सोलुखुम्बुका महाप्रबन्धक भोजराज तिवारीले बताउनुभयो । हावाका कारण बाहिर हिँड्डुल गर्न तथा विद्यार्थीलाई विद्यालय जान जोखिम हुने गरेको छ । घरका छानोहरु उडाउने तथा बाटो आसपासका रुखहरु ढलेर दुर्घटना निम्तने जोखिम उच्च भएको गार्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोदसिं तामाङले बताउनुभयो । जसलाई मध्यनजर गरी स्थानीय प्रशासनले सूचना नै जारी गरेको छ । तीव्र गतिको हावा निरन्तर चलिरहेकाले मानवीय क्षति हुन नदिन सचेतनामूलक सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो । हावाहुरीको वितण्डा यो वर्ष झन धेरै “खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन्, हावाले घरहरु त परको कुरा रुखहरु नै जराबाटै पल्टिन थाल्यो १ डाँडाहरु हावाले फुकेर फुङ्ग हुँदै गएको छ, यस्तो हुनु राम्रो होइन”, यहाँको सोलुदुधकुण्ड नगरपालिका–७ गार्माकी ७१ वर्षीया जाङ्बु शेर्पाले आश्चर्यमिश्रित भावमा भन्नुभयो । विगतमा सामान्य हावा चल्ने भए पनि यस पटक सोलुखुम्बुमा अस्वाभाविक गतिमा हावा चलेको अनुभव स्थानीयको छ । हावाका कारण सगरमाथा क्षेत्रको थामेदेखि सदरमुकाम सल्लेरीसहित सोताङ आसपासमा घर, विद्यालय जस्ता संरचनाहरुमा ठूलो क्षति पुगेको छ । जलवायु परिवर्तनको गम्भीर असरः विज्ञविज्ञहरुका अनुसार यसरी तीव्र्र गतिमा अस्वाभाविक हावाहुरी चल्नु जलवायु परिवर्तनको गम्भीर असर हो । जलवायु विज्ञ तथा सगरमाथा संवादका विज्ञ सदस्य डा धर्मराज उप्रेतीका अनुसार स्थानीय मौसमी प्रणालीहरू पर्वतीय भूभाग भएका क्षेत्रमा स्थानीय मौसमी प्रणालीको विकास हुन सक्छ । जसले तीव्र हावाहुरी निम्त्याउन सक्ने डा उप्रेतीको भनाइ छ । हिमाली क्षेत्रमा तापक्रमको तीव्र उतारचढावले हावाको चापमा परिवर्तन गराई तीव्र गतिको हावाहुरी सिर्जना भइरहेको उहाँले बताउनुभयो । डा उप्रेतीले भन्नुभयो, “वैश्विक तापमान वृद्धिका कारण मौसम प्रणालीहरूमा अस्थिरता बढ्दै गएको छ, जसले गर्दा अनियमित र तीव्र हावाहुरीजस्ता घटनाको आवृत्ति र तीव्रता बढेको हो, यो पृथ्वीका लागि गम्भीर खतराको सङ्केत हो । मुख्यतः यो जलवायु परिवर्तनकै असर हो ।” नेपालमा प्रायः यस बेला पश्चिमी वायु प्रणालीको प्रभावले हावाहुरी र वर्षा हुने गर्दछ । यदि यस्तो प्रणाली सक्रिय छ भने सोलुखुम्बुमा तीव्र हावाहुरीको सम्भावना बढ्न सक्ने जलवायु जानकार डब्लूडब्लुएफका राष्ट्रिय कार्यक्रम प्रबन्धक राजन थापा बताउनुहुन्छ । पृथ्वीमा हावा चल्नुको मुख्य कारण सूर्यको ताप, वायुदाबको भिन्नता, पृथ्वीको घुमाइ र स्थल तथा जलका गुणहरू हुन् । वायुदाबको भिन्नता भन्नाले पृथ्वीको विभिन्न स्थानमा वायुमण्डलद्वारा पारिएको हावाको चापमा हुने फरक हो । यी कारकले मिलेर पृथ्वीको वायुमण्डलमा हावाको गति सिर्जना गर्ने थापाले बताउनुभयो । जलवायु परिवर्तनको असरले गर्दा हिमाली भेगको जमिन अत्यधिक तातिरहेको छ जसले हावाको वेगमा परिवर्तन आएको हुन सक्ने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “पृथ्वी पश्चिमबाट पूर्वतर्फ घुम्ने भएकाले हावाको दिशा पृथ्वीको घुमाइले प्रभाव पार्छ । जलवायु परिवर्तनको कारणले पृथ्वीको घुमाइलाई असर पारेको छ भने हिमाली भेगमा हावाको गति अस्वाभाविक हुन सक्छ । यो गम्भीर अध्ययनको विषय हो । यो असर भोलीका दिनमा बढ्न सक्छ, जसका लागि पुर्वसूचना प्रणाली जडान गर्नुपर्छ ।”
केबुलकार विवाद : आन्दोलनरत पक्ष वार्तामा बस्न तयार
ताप्लेजुङमा निर्माणाधीन केबुलकारको विवादलाई समाधान गर्नका लागि आन्दोलनरत पक्ष वार्तामा बस्न तयार भएका छन्।
पानी माग्दै किसानले गरे नदीमा पूजा
ताप्लेजुङका किसानले पानी माग्दै तमोर नदीमा पूजा आयोजना गरेका छन् । पानी नपरेर खडेरीको समय लम्बिँदै गएपछि किसानले तमोर नदीमा इन्द्र भगवानको पूजा गरेका हुन् ।
राष्ट्रिय परिचयपत्र अब पालिकाबाटै
इलामको सूर्योदय नगरपालिकामा आजदेखि राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता वितरणको काम थालिएको छ । आज एक कार्यक्रमबिच सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले राष्ट्रिय परिचयपत्रको दर्ता स्टेशनको उदघाटन गर्नुभयो ।
‘पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या घट्यो’
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको छ । पाथीभरा क्षेत्र विकासले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाथिभरामा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको हो ।
ताप्लेजुङ राष्ट्रिय शिक्षक सङ्गठन अध्यक्षमा सेन्दाङ
नेकपा (एमाले) सम्बद्ध नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ताप्लेजुङको अध्यक्षमा मदनकुमार सेन्दाङ लिम्बू चयन हुनुभएको छ ।
हात्ती नियन्त्रणको योजना ल्याउन माग
झापाको कमल गाउँपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हात्ती नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन माग गरेको छ । जङ्गली हात्तीको आक्रमणमा
चीन प्रवेशद्वार
ताप्लेजुङ, चैत ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला बस्तीबाट चीन प्रवेशद्वार । यहाँबाट २४ किलोमिटर दूरीमा नेपाल–चीनको सिमाना रहेको टिप्ताला नाका पुग्न सकिन्छ। तस्बिरः रासस
फर्कन थाले पाहुना चरा
तराईमा जाडो क्रमिक रूपमा कम हुँदै गएपछि जाडो छल्न आन्तरिक रूपमा बसाइँ सरेर तराई झरेका चरा पुनः आफ्नै वासस्थानतिर फर्कन थालेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायतका तराई क्षेत्रबाट पाहुना चरा फर्कन थालेका हुन् ।
सोलुखुम्बु शिक्षक सङ्गठनको अध्यक्षमा कार्की
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सोलुखुम्बुको अध्यक्षमा खिलकबहादुर कार्की निर्वाचित हुनुभएको छ । शनिबार सल्लेरीमा सम्पन्न १३ औं जिल्ला अधिवेशनले कार्कीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।