प्याब्सन इलाममा पहिलो महिला नेतृत्व
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) इलामको अध्यक्षमा नुनुमा राई चयन हुनुुभएको छ । राईलाई चयन गरेसँगै प्याब्सन इलामले पहिलो पटक महिला नेतृत्व पाएको हो ।
हिमपातपछि खुलेकाे फालोट
पाँचथरको माथिल्लो हिमाली क्षेत्र फालेलुङ गाउँपालिकाको फालोटमा परेको हिमपातले यो क्षेत्रलाई जादुमय रूप दिएको छ ।
प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो ।
आगलागीमा परी एकको मृत्यु
सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वडासदस्य हरिाकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
कफीका बेर्ना
खोटाङ, पुस २५ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा निर्माण गरिएको टनेलभित्र हुर्कंदै गरेका कफीका बिरुवा । रुपाकोट मझुवागढी नगरपालिकाले गत वर्षदेखि कफीखेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको हो । तस्बिरः रासस
क्षति न्यूनीकरण गर्न विशेष योजना ल्याइने
सङ्घीय सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले विशेष योजना ल्याउने बताउनुभएको छ । उहाँले
फोनिज ताप्लेजुङ अध्यक्षमा फेम्बो
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ताप्लेजुङको अध्यक्षमा दिलकुमार फेम्बो लिम्बू चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा बुधवार सम्पन्न फोनिजको छैटौँ जिल्ला अधिवेशनले फेम्बो अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
गैँडाको खागसहित भारतीय नागरिक पक्राउ
नेपाल भारत सीमास्थित मेचीनगर नगरपालिका काँकडभिट्टाबाट प्रहरीले गैँडाको खाग र लागू औषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बुइपाका चार टोलमा आयातित पेयपदार्थमा प्रतिबन्ध
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् ।
भोजपुरमा ‘सडक हेरालु’
भोजपुरमा सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन् । यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मतसम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन् ।
खुम्बुमा निरन्तर भूकम्पको परकम्प
सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटक भूकम्पका परकम्प गएको छ । मङ्गलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना परकम्प निरन्तर गइरहेका छन् ।
‘विदेश पठाउन शिक्षा दिइएको होइन’
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनका उपाध्यक्ष दीपिका रिमालले अबको शिक्षा सीप र प्रविधिमूलक बनाएर स्वदेशमा बस्ने जनशक्ति निर्माण गर्ने किसिमको बनाउनुपर्ने बताउनुभएको छ ।
पूर्वी सीमाबाट ऐतिहासिक निसान पदयात्रा सुरु
इतिहास संरक्षण र जिल्लाको पर्यटन प्रवर्द्धनका लागि निसान पदयात्रा सुरु भएको छ ।
सोलुखुम्बु प्रहरीले सुरु गर्यो ‘चालकसँग दुई मिनेट कार्यक्रम’
हिमाली जिल्ला सोलुखुम्बुमा मङ्गलबार अपराह्नदेखि यस वर्षको पहिलो वर्षा तथा हिमपात भएसँगै सोलुखुम्बु प्रहरीले ‘चालकसँग दुई मिनेट कार्यक्रम’ सुरु गरेको छ ।
ताप्लेजुङमा वर्षा र हिमपात
ताप्लेजुङमा मङ्गलबार राति वर्षा र हिमपात भएको छ । वर्षासँगै जिल्लाको उच्च भेगमा बाक्लो हिमपात भएको हो । ताप्लेजुङमा यो दोस्रो पटक हिमपात भएको हो ।
अस्पतालले ग-यो सेवा विस्तार
मोरङको बुढीगङ्गा गाउँपालिकाले सञ्चालन गरेको बुढीगङ्गा पालिका अस्पतालले सेवाग्राहीको हितलाई ध्यानमा राखेर दैनिक १२ घण्टा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले बिहान ८
ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा
पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदैछ । तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो ।
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।
निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा अधिकारी
निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा रमेश अधिकारी निर्वाचित हुनुभएको छ । मङ्गलबार भएको मतदानमा १६३ मत ल्याई अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी प्रकाशकुमार सिंहले १४२ मत प्राप्त गर्नुभयो ।
बाटेको धुपबाट आम्दानी राम्रो
दोलखाको भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा रहेको प्रसिद्ध भीमेश्वर मन्दिरमा सिन्के धुप स्वास्थ्यका लागि हानीकारक भन्दै बाल्न बन्द गरेपछि बाटेको धुपले प्राथमिकता पाएको छ ।
चिसो बढेपछि वीरगन्ज का विद्यालय तीन दिन बन्द
वीरगन्ज महानगरपालिकाले चिसो बढेपछि महानगर क्षेत्रभित्रका विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएकाे छ ।
खुम्बुमा हिमपात
सोलुखुम्बुको खुम्बु क्षेत्रमा मङ्गलबार हिमपातपश्चात् देखिएको दृश्य । आज दिउँसोदेखि दिङ्बुचेसहितको क्षेत्रमा हिमपात हुँदा खुम्बु क्षेत्र पुरै सेताम्मे बनेको छ ।
तिब्बत भूकम्प : सोलुखुम्बुमा दर्जन घरमा क्षति
भूकम्पका कारण सोलुखुम्बुमा सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयको भवनसहित आधा दर्जन घरमा क्षति पुगको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा रहेको भवन चिरा परेको जानकारी प्राप्त भएको छ ।
चिया क्षेत्रका समस्या समाधान गर्न पहल गर्छु :विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले चिया क्षेत्रका समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ।