घुम्नैपर्ने एक सय गन्तव्यको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव
मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ । सरकारको घुम्नैपर्ने एक सय गन्तव्यमा पर्न सफल यो पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले सांस्कृतिक, पर्यटन तथा कृषि मेला सुरु भएको हो ।
नदी किनारमा धार्मिक मेलाको रौनक
माघेसङ्क्रान्ति पर्वका अवसरमा उदयपुरका कतिपय नदी किनारका विभिन्न स्थानमा मङ्गलबार बिहानैदेखि धार्मिक मेला लागेको छ ।
मुन्धुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय उद्घाटन
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्धुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयको स्थापना गरेको छ ।
पर्वलाई जीविकासँग जोड्दै
विराटनगर महानगरपालिका–९ निवासी सुमित्रादेवी साहले माघेसङ्क्रान्तिका लागि एक हजार लड्डु बनाउने सरसामानको जोरजाम गर्नुभएको छ ।
झापामा यात्रुवाहक बस दुर्घटना : ११ जना घाइते
झापाको शिवसताक्षी नगरपालिका १ स्थित धरमपुरमा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । बुधबार बिहान ६ः३० बजे काँकडभिट्टा पूर्वबाट धरान पश्चिमतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिव ११ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम सुरुआत गरेको छ । नगरपालिकाको ‘कृषकसँग उपप्रमुख कार्यक्रम’अन्तर्गत स्थानीय किसानलाई कफी उत्पादनमा आकर्षित गर्दै आफ्नै ठाउँमा रोजगारी सृजना गर्ने दीर्घकालीन उद्देश्यसहित कफी प्रवर्द्धन कार्यक्रम सुरु गरिएको हो
सोलुका भेडा उदयपुरमा
चरनका लागि हिमाली क्षेत्रमा लगिएका भेडा चिसो बढेपछि हिमाली क्षेत्रबाट तल झारिएका छन् । त्यस्तो भेडीगोठ उदयपुरका उच्च पहाडी भेगको जङ्गलमा राखिएका छन् ।
बिभिन्न स्थानमा माघेसंक्रान्ति मेला
माघे संक्रान्तिको अवसरमा धनकुटामा विभिन्न धाममा श्रद्धालु भत्तजनको घुइँचो लागेको छ । माघे संक्रान्तिको अवसरमा धनकुटाको फलामेटारमा रहेको कौशिका धाम, मुलघाट, भीरगाउँको मधुगंगा, बाघेखोलामा रहेको धर्मगंगा लगायतका तीर्थस्थलमा धार्मिक मेला लागेको हो ।
दुर्घटनामा न्यायाधीशसहित दुई घाइते
सुनसरीको बराहक्षेत्र नगरपालिका –३ मा आज सवारी दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीशसहित दुई जना घाइते भएका छन् ।
फोनिज अधिवेशनमा पत्रकार सम्मानित
नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले जिल्लामा क्रियाशील दूई जना पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ ।
गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार श्रेष्ठलाई
गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिएको छ ।
इनरुवामा १० औं राष्ट्रिय योग दिवस मनाइयो
सुनसरीको इनरुवामा १० औं राष्ट्रिय योग दिवस मनाइएको छ ।
फोनिज ओखलढुङ्गाको अध्यक्षमा श्रेष्ठ
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ओखलढुङ्गाको अध्यक्षमा रबिन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । फोनिजको तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
सिप सिकेर उद्यमी बन्दै महिला
घर धन्दामै ब्यस्त बन्दैआएका महिला सीप सिकेपछि उद्यमी बनेका छन् । दश वर्षअघिसम्म घर धन्दामै दिन बित्ने उनीहरुको दिनचार्य उद्यमसँगै फेरिएको छ ।
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित वराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर सङ्क्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ ।
मदन भण्डारी अस्पतालमा सिटी स्क्यान सेवा
मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सिटी स्क्यान सेवा सुरु भएको छ ।
सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न महोत्सव
जिल्लाको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू सङ्ग्रहालय परिसरमा साताव्यापी महोत्सव हुन लागेको हो ।
किराँत समुदाय आज नयाँ वर्ष मनाउँदै
किराँत लिम्बु समुदायले आज नयाँ वर्ष मनाँउदै छन । यो समुदायले माघे सङ्क्रान्तिको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन् ।
आइसिपीसँग जोड्ने सडक विस्तारको तयारी
विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी (आइसिपी) लाई कोशी राजमार्गसँग जोड्ने ‘लिङ्क रोड’ चार लेनमा विस्तार गर्ने योजना अन्तिम चरणमा पुगेको छ ।
चिया पकाउँदा सल्केको आगोले घर जलेर नष्ट
चिया पकाउन बालिएको आगो पूरा घरमा फैलिएर आगलागी भएको छ । आगलागीमा परेर फुसको छानो भएको ढुङ्गा माटोले बनेको एक तले घर जल्दा करिब १५ लाख बराबरको क्षति भएको छ ।
यातायात व्यवस्था कार्यालय रुम्जाटारको सेवा हर्कपुरमा विस्तार
ओखलढुङ्गाको रुम्जाटारमा रहेको यातायात व्यवस्था कार्यालयको सेवा हर्कपुरमा पनि विस्तार हुने भएको छ ।
रोङमा अभिभावक शिक्षा ‘डिजिटल’ माध्यमबाट
इलामको रोङ गाउँपालिकाले अभिभावक शिक्षा प्रभावकारी बनाउन मोबाइल एप(डिजिटल) प्रणाली सुरु गरिएको छ।
च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल
भोजपुर, पुस २९ गते । पौवादुङमा गाउँपालिका ३ च्याङ्ग्रेमा रहेको निर्माणाधीन च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल । केन्द्र सरकार र गाउँपालिकाको रु. दुई करोड १३ लाख लागत साझेदारीमा भइरहेको संरक्षण काम ७५ प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । तस्बिरः रासस
सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।