• २० चैत २०८१, बुधबार

पाँचथरबाट पत्रकारले पठाए प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

blog

पत्रकारको सुरक्षा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पॉचथर मार्फत सरकारको ध्यानाकर्षण गरॉउदै पाँचथरका पत्रकार । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम,चैत १८ गते ।
पाँचथरका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र पठाउँदै पत्रकार हत्यामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ पाँचथर शाखा मार्फत पत्रकारहरूले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पत्र पठाएर प्रेस स्वतन्त्रता गतिविधि विरुद्व गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

गत चैत १५ गते पूर्व राजाका समर्थकहरूको प्रदर्शनमा रिपोर्टिङ गरिरहेकै स्थानमा आगो लगाएर हत्या गरेका पत्रकार सुरेश रजकको हत्या गम्भीर प्रकृतिको अपराध भएकाले दोशीलाई न्यायिक कारबाही गर्नुपर्ने माग महासङ्घले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

नेपाल पत्रकार महासङ्घ पॉचथर शाखामा जम्मा भएर गएका पत्रकारले जिल्ला प्रशासन कार्यालय पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी डिकप्रसाद दाहाल मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझ्दै दाहालले पत्रकारका माग मन्त्री परिषद र प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता जनाउनुभयो ।