इलाम समाचारदाता
इलाम, चैत १९ गते । पूर्वी पहाडलाई जोड्ने ‘लाइफ लाइन’ सडकका रूपमा रहेको मेची राजमार्गको बिग्रिएको स्थानको वैकल्पिक मार्ग सञ्चालन गर्न बेलिब्रिजको काम सुुरु गरिएको छ । मेची राजमार्ग अन्तर्गत गोदकको सिमलगोलाई–तिल्केनी सडकबिचमा पर्ने जोगमाई खोलामा बेलिब्रिज राख्ने काम थालिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताउनुुभयो ।
करोडौँ रुपियाँ खर्चिंदा पनि सडक बग्ने व्रmम नरोकिएपछि मेची राजमार्ग अन्तर्गत पर्ने इलामको माईखोला राजदुवालीमाथिको सडकखण्डको वैकल्पिक सडकका रूपमा सिमलगोलाइबाट जोगमाई र माईखोला हुँदै तिल्केनी जोड्ने १२ किलोमिटर कच्ची सडकलाई तयारी गर्न थालिएको छ ।
बर्सातको समयमा पनि पूर्वी पहाड इलाम, पाँचथर र ताप्लेजुुङसम्म जोड्ने मेची राजमार्गलाई सुचारु राख्न पुवाखोलामा प्रयोगविहीन अवस्थामा रहेको बेलिब्रिजलाई जोगमाई खोलामा जडान गरेपछि वर्षायाम टार्न सजिलो हुुने अपेक्षा गरिएको डिभिजन प्रमुख भट्टराईको भनाइ छ, “यो योजना आगामी जेठ ३० गतेसम्म सक्ने गरी उदयपुरको राउत–चौधरी निर्माण कम्पनीसँग सम्झौता भएको छ तर ठेकेदार कम्पनीले जेठको पहिलो सातामै सक्ने लक्ष्य लिएको छ । सम्भव भएसम्म काम चाँडो गराउन हामी लागेका छौँ ।”
डिभिजन प्रमुख भट्टराईका अनुुसार भ्याटसहित एक करोड ९० लाखमा ३७ मिटर बेलिब्रिजको काम हुने छ । सिमलगोलाई–तिल्केनी सडकमा अहिले करिब एक किलोमिटरमा मर्मतको कामसमेत भएको छ । अब ११ किलोमिटरमा साँघुुरो स्थानमा फराकिलो बनाउने, कटिङ गर्ने, ग्राभेलको काम आगामी असारसम्ममा गरिसक्ने योजना रहेको भट्टराईले बताउनुुभयो । भट्टराईले भन्नुुभयो, “यो १२ किलोमिटर सडकको मर्मत र सञ्चालनका लागि चार करोड रुपियाँ आवश्यक छ । सकेसम्म चाँडो काम सकेर सडक सञ्चालन गर्ने लक्ष्यमा छौँ । यो सडकबाट ट्याक्सी, पिकअपलगायतका साना सवारी मात्र सञ्चालन हुुन सक्छ । ठुला सवारीका लागि फास्ट ट्र्याकको काम पनि हुुँदै छ ।”
उता केचना–कञ्चनजङ्घा सडक अन्तर्गतको इलामबाट सोझो र छिटो झापा जोड्ने फास्ट ट्र्याकमा पर्ने पुुवाखोलामा ५० मिटरको पक्की पुलको काम पनि थालिएको छ । यो पुलका लागि एक करोड ३५ लाख रुपियाँमा ठेक्का लागेर काम सुुरु भएको भट्टराईले जानकारी दिनुुभयो । यो पनि आगामी जेठ ३० गतेसम्ममा योजना सक्ने सम्झौता छ । उहाँले भन्नुभयो, “ठाडेखोलामा सानो पुल बनाउने, डाइभर्सनको काम गर्ने र यो सडकलाई सञ्चालनमा ल्याउने तयारी छ । माईखोलामा पर्ने बेलासे पुलसम्म ग्राभेल र कालोपत्रेको काम पनि सकिने अवस्थामा छ । यो क्षेत्रमा धमाधम काम हुुँदै छ । यो सडकबाट ठुला सवारी सञ्चालन गर्न हामी लागेका छौँ ।” यी दुवै सडक सञ्चालनमा आएपछि पूूर्वी पहाडलाई ठुलो समस्या नहुुने डिभिजन प्रमुख भट्टराईको बुुझाइ छ । यता बर्सौंदेखि धस्सिएर समस्या आएको माईखोला राजदुवालीमाथिको सडकलाई भने अहिले मर्मत गर्दै यातायात सञ्चालन गरिँदै छ तर वर्षा हुनासाथ राजमार्गको यो क्षेत्रमा सवारी सञ्चालन गर्न कठिन हुने त्रास रहेको छ ।