• २० चैत २०८१, बुधबार

हत्याका आरोपी ११ वर्षपछि पक्राउ

blog

राधा लुइटेल
फिदिम, चैत १८ गते ।
पाँचथरको हिलिहाङ ७ का बिरबहादुर योङयाको हत्यापछि फरार रहेको आरोपमा प्रहरीले हिलिहाङ ७ का ७२ वर्षीय लक्ष्मीप्रसाद योङयालाई पक्राउ गरेको छ ।

योङयालाई व्यक्ति हत्या आरोप लागेको ११ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साहले जानकारी दिनुभयो ।

लक्ष्मीले बिरबहादुरलाई २०७० साल मङ्सिर ८ गते सामान्या विवादमा कुटपिट पश्चात हत्या गरेर फरार भएको अभियोग लागेको छ ।

कुटपिटपछि हत्या गरेको भन्दै मृतककी श्रीमती फिपरानी लिम्बूले सोही दिन जिल्ला प्रहरी कार्यालय पाँचथरमा किटानी जाहेरी दिनुभएको थियो ।

योङयालाई हत्याको ११ वर्षपछि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक बिनालाल साह (तेली)नेतृत्वको टोलीले सदरमुकाम फिदिमबाटै पक्राउ गरी पाँचथर जिल्ला अदालतमा बुझाएर पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको साहले बताउनुभयो । योङयालाई सदरमुकाम फिदिमबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।