• २० चैत २०८१, बुधबार

बलात्कार आरोपमा दुई पक्राउ

blog

कोकिला ढकाल

इलाम, चैत १९ गते । दुई बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले इलामका दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका-४ का २२ वर्षीय दिपक नेपाली छन् । 

नेपालीले आफ्नै हजुरबाले संरक्षण गरि राखेकी बालिकालाई लामो समय यता पटकपटक जबरजस्ती करणी गर्ने गरेको खुलेको इलामका डिएसपी मानबहादुर राईले बताउनुभयो। बालिकाले दिएको बयान अनुसार नेपालीले पछिल्लो पटक गएको फागुन महिनाको अन्तिमतिर पनि जबरजस्तीकरणी गरेको पाइएको डिएसपी राईले जानकारी दिनुभयो । 

अर्को एक घटनामा ११ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्ने चुलाचुली गाउँपालिका–६ का ५१ वर्षीय यमबहादुर विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ । 

गत चैत १६ गते घरबाट सामान किन्न पसल गएकी बालिकालाई जबरजस्तीकरणी गरेको भन्दै विश्वकर्माविरुद्ध जाहेरी परेपछि उनलाई पक्राउ गरिएको डिएसपी राईले बताउनुभयो । पक्राउ परेका दुवै आरोपीलाई आज जबरजस्तीकरणी मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको बताइएको छ ।