बालविवाह गर्ने बेहुलासहित आफन्त पक्राउ
खोटाङमा बालविवाह गर्ने बेहुलासहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले बालविवाह गर्ने युवकसहित दुई जनालाई पक्राउ गरेको हो ।
चासोक मेलामा खुलेको मौलिकता (फोटो फिचर)
मेला लागिरहेका स्थानमा डोको, डालो थुन्से र नाङ्लो झुण्ड्याइएको छ। तिनै डोको डालोमा कृतिम लाइट जडान गरेर राति बत्ती बालिन्छ।
कञ्चनजङ्घा भ्रमण गर्ने पर्यटक बढे
ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटक बढ्दै गएका छन्। पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार कञ्चनजङ्घाको भ्रमण गर्ने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको हो।
प्रलेस प्रतिभा पुरस्कार साहित्यकार झमकलाई
प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालले प्रलेस प्रतिभा पुरस्कार २०८१ धनकुटाकी साहित्यकार झमक घिमिरेलाई प्रदान गरेको छ।
पर्यटकको गन्तव्य बन्दै पाख्रिबास
धनकुटाको पाख्रिबासमा पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । पहिले कृषि अनुसन्धान केन्द्र मात्र आकर्षक गन्तव्यको रूपमा रहेको पाख्रिबासमा अहिले पर्यटकका लागि पनि गन्तब्य बनेको छ ।
फिदिममा फाल्गुनन्द गोल्डकपको क्रेज
फिदिममा आयोजना हुने गरेको फाल्गुनन्द गोल्डकप प्रतियागिताको क्रेज पुनर्जीवित भएको छ । कोभिड–१९ महामारी र फिदिमको खेल मैदान मर्मत कार्यका कारण स्थगित यो प्रतियोगिताले छ वर्षपछि आफ्नो पुरानै लोकप्रियतामा फर्किएको छ ।
अधिकतम दलको समर्थनमा संविधान संशोधनको तयारी हुँदैछ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको अधिकार सुनिश्चित हुनेगरी धेरैभन्दा धेरै दलको समर्थनमा संविधान संशोधनको तयारी भइरहेकाे बताउनुभएकाे छ ।
सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार
देश सङ्घीयतामा गएपश्चात् भोजपुरमा विकासले गति लिएको छ । थुप्रै ऐतिहासिक महत्त्व बोकेको र विभिन्न कालखण्डमा छुट्टै पहिचान बनाएको भोजपुरले विकासमा भने सोचेअनुसारको फड्को मार्न सकेको थिएन । देश सङ्घीय संचरनामा गएसँगै दुई नगरपालिका र सात वटा गाउँपालिकाले विकासका गतिविधिलाई अघि बढाएका छन् ।
विकास निर्माणको काम प्रकृतिमैत्री ढङ्गले गरौं : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै अब प्रकृतिमैत्री ढङ्गले विकास निर्माणको काम गर्नुपर्ने बताउनुभएको छ ।
एक टोल एक सिँचाइ पोखरी अभियान
सिँचाइका लागि पानीको समस्या भएपछि भोजपुरको पूर्वी अरुण गाउँपालिका–७ सिक्रेटारले पोखरी निर्माण सुरु गरेको छ । वडाले अहिले एक टोल एक सिँचाइ पोखरीको अवधारणा अनुसार काम गरिरहेको वडाध्यक्ष कुमार थापाले बताउनुभयो ।
लम्सुवाघाटमा झोलुङ्गे पुल निर्माण
अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः मानिसको पैदल आवतजावत प्रयोजनका लागि निर्माण हुने भए पनि यहाँ भने मोटरसाइकल र तीन पाङ्ग्रे सवारी गुड्न मिल्ने गरी निर्माण गरिएको हो ।
कञ्चनजङ्घा हीरक महोत्सव हुने
ताप्लेजुङमा आगामी वैशाखमा कञ्चनजङ्घा हीरक महोत्सव मनाइने भएको हो ।
सुम्हात्लुङ मिनी म्याराथनको उपाधि प्रताप र फुङनारालाई
सातौं संस्करणको सुम्हात्लुङ मिनी म्याराथनको उपाधि पुरुषतर्फ पाँचथरको फिदिम १० का प्रताप लिम्बू र महिलातर्फ पाँचथरकै मिक्लाजुङकी पुष्पा शेर्मा (फुङनारा) सेर्माले जित्नुभएको छ ।
चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी
अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो ।
चरनका लागि मौरी
मोरङ, पुस १४ गते । माेरङको बेलबारी नगरपालिका–९, नलबारीमा ढकमक्क फुलेको तोरीखेतीमा चरनका लागि राखिएको घारसहित माैरी । तस्बिरः रासस
घट्दैछ तोरी खेती
हिउँदे मौसममा लगाइने तोरी खेती सुनसरीका किसानले कम लगाउन थालेका छन् । तोरी खेतीभन्दा मकै खेतीबाट फाइदा हुन थालेपछि किसानको
एक तिहाइ जनसङ्ख्या वैदेशिक रोजगारीमा
बितेको छ वर्षमा धनकुटाबाट ५४ हजार ७६४ जना युवकयुवती वैदेशिक रोजगारको सिलसिलमा बिदेसिएका छन् । आप्रवासी स्रोत केन्द्रले अन्तर्राष्ट्रिय
मकै खोसेला र सिरुमा सौन्दर्य भर्दै नरमाया
मोरङको उर्लाबारी –७ की नरमाया दङ्गाल स्थानीय स्रोत र परम्परागत सीपलाई व्यावसायिक रूपमा प्रयोग गरेर राम्रो आर्थिक लाभ लिइरहनु भएको छ । दङ्गाल गाउँघरमा खेर गइरहेका रैथाने वस्तुहरूमा सौन्दर्य भरेर आकर्षक सजावटका सामग्री निर्माण गर्नुहुन्छ ।
सल्लेरीका ९० परिवारलाई खानेपानी कै पिडा
फाकफोकथुम गाउँपालिका–३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा पानीको धारो बनाउने छ । “भालेको डाँकोसँगै उठेर डोको नबोके पानीको व्यवस्था गर्न सकिँँदैन । पानीको जोहोमै बित्छ बिहान”, उहाँले भन्नुभयो, “जुरुक्क उठेर डोको बोक्यो, पानी खोज्न हिँड्यो । बिहान अरु काम गर्न भ्याइँदैन । सरकारले कहिले ठूलो आयोजना ल्याइदेला र आँगनमा धारा बनाउँ जस्तो भएको छ ।”
चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थाल्नुभएको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थाल्नुभएकी उहाँले अहिले खर्च कटाएर मासिक रु ५० हजारभन्दा बढी बचत गर्दै आउनुभएको छ ।
वैराखु सामुदायिक वनको अध्यक्षमा पन्थ
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –२ खोक्लिङस्थित वैराखु सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा हरिप्रसाद पन्थ चयन हुनुभएको छ । शनिबार सम्पन्न समूहको छैटौं अधिवेशनले पन्थ अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
मच्छिन्द्र फाल्गुनन्द गोल्डकपको फाइनलमा
मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिमस्थित फिदिम माविको खेल मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा मच्छिन्द्रले न्युरोड टिम (एनआरटी) क्लबलाई १–० गोलले हरायो ।
माघेनी मेलामा फुटबल प्रतियोगिताको आयोजना
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेमा माघेनी मेलाको अवसरमा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय आँपपानी युवा क्लबको आयोजनामा अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिता हुने भएको हो ।
खाम्दिमेमा सङ्घीय मेलाको तयारी
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको खाम्दिमेमा आयोजना हुने सङ्घीय मेलाको तयारी तीब्र छ ।