पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव
नयाँवर्ष २०२५ को पूर्वसन्ध्यामा कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल भेडेटारमा १२ औँ भेडेटार ‘फुड फेस्टिभल’ आयोजना गरिने होटेल सङ्घ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले राससलाई जानकारी दिनुभयो ।
च्याब्रुङ नाच
इलाम, पुस ११ गते । लिम्बू समुदायको मौलिक च्याब्रुङ नाच (केस्लाङ) सिक्दै लिम्बू युवाहरु । याक्थुङ युवा मञ्च इलामको आयोजनामा सदरमुकाममा १५ दिनको च्याब्रुङ नाच प्रशिक्षण सुरु भएको छ ।तस्बिरः रासस
धरणीधर विवाह महोत्सवको तयारी
ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेको धर्तीकै पहिलो तीर्थ मानिने वराहक्षेत्रमा धरणीधर विवाह महोत्सवको तयारी थालिएको छ । धनुर्मास उत्सव अन्तर्गत श्रीधरणीधर विवाह महोत्वस गर्न लागिएको हो ।
बर्जुतालका लागि लगानी खोज्दै प्रदेश सरकार
चराको प्रमुख वासस्थानका रूपमा परिचित सुनसरीको बर्जुताल संरक्षण र पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने परियोजनाका लागि कोशी प्रदेश लगानी प्राधिकरणले विस्तृत अध्ययन पूरा गरेको छ ।
किसानलाई पाइप वितरण
ताप्लेजुङको पाथीभरा याङवाराक गाउँपालिकाले आलु पकेट क्षेत्रका किसानलाई पाइप वितरण गरेको छ । गाउँपालिकाले आलु पकेट क्षेत्र रहेको वडा नं. २, थेचम्बुका किसानलाई सिँचाइका लागि पाइत वितरण गरेको हो ।
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
जिल्लाको पुर्वी पौवादुङ्मा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी माघ १देखि ९ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका लिम्बू युवा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा जुटेका हुन् ।
लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै चोत्लुङ ‘पार्क’
लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ ।
आफू होइन, विदेश जान्छ सूर्यविक्रमको मर्चा
हाम्रा परम्परागत ज्ञान र सिपको सदुपयोग गर्न सके त्यसले जीविकोपार्जन मात्र होइन व्यवसायकै रूप दिन्छ भन्ने उदाहरण मोरङको उर्लाबारी–६ का एक युवाको कार्य बनेको छ ।
सुमो दुर्घटनामा गम्भीर घाइते राईको मृत्यु
खोटाङको बाँसपानीमा सुमो दुर्घटना हुँदा गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको मृत्यु भएको छ ।
तस्विरमा ११ औं फाल्गुनन्द गोल्डकप प्रतियोगिता
फाल्गुनन्द गोल्ड कप पूर्वी पहाडको एक प्रतिष्ठित फुटबल प्रतियोगिता हो । यो खेलले क्षेत्रीय खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । प्रतियोगिता २०६५ सालदेखि पाँचथर जिल्लाको फिदिममा सञ्चालन हुँदै आएको छ ।
फाल्गुनन्द गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
चर्च ब्वाइज क्लब फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
खोटाङमा सुमो दुर्घटना : एक गम्भीर घाइते
खोटाङको बाँसपानीमा सुमो दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
दुर्गमका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
ताप्लेजुङको दुर्गम क्षेत्रका विद्यार्थीलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड) नेपालले छात्रवृति प्रदान गरेको छ । रीड नेपालले विभिन्न सङ्कायअन्तर्गत उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई यसवर्षको छात्रवृत्ति प्रदान गरेको हो ।
लाखेजात्रा सञ्चालन समिति अध्यक्षमा मादेन चयन
ताप्लेजुङस्थित लाखेजात्रा सञ्चालन समितिको अध्यक्षमा सागर मादेन चयन हुनुभएको छ।समितिकाे १६ औं साधारणसभाले मादेन अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
‘पत्रकारिता स्वच्छ, मर्यादित र सशक्त हुनुपर्छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वच्छ, मर्यादित र सशक्त पत्रकारिताका माध्यमबाट विकास र समृद्धिको यात्रालाई पूरा गर्न सकिने धारणा राख्नुभयो ।
पूर्व स्वास्थ्य राज्यमन्त्री कार्की धनकुटामा
अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जानकारी गराएका छन्।
कन्याम चियाबारी
इलामको सूर्योदय नगरपालिका७ मा अवस्थित पर्यटकीय क्षेत्र कन्याम चियाबारी । यो क्षेत्र आन्तरिक र भारतीय पर्यटकहरूको रोजाइको केन्द्र बन्दै गएको छ ।
चोत्लुङ पार्क : गुराँसे पाखामा फुलेको रैथाने फूल
गुराँसे पाखाको बीचमा रहेको सुन्दर चौर । रैथाने वास्तु शैलीमा निर्मित खरले छाएका परम्परागत घरहरू । बाहाँ, सिकुवा, आँगन । बिना कङ्क्रिड ढुङ्गैढुङ्गा जोडेर बनाइएका फलैंचा र सिँढीमार्ग ।
दुग्ध बिक्रीबाट मासिक रु. ९० हजार बचत
जिल्ला सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक रु. ९० हजार बचत गर्दै आउनुभएको छ ।
सुनसरीका पौने ६ लाख स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध
सुनसरीका १२ स्थानीय तहका पाँच लाख ७६ हजारभन्दा बढी स्थानीयहरु स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । जिल्लामा हाल पाँच लाख ७६ हजार ११३ जनाले स्वास्थ्य बिमा गराएर सेवा लिइरहेका छन् ।
महुरे–फोक्सिङटार सडक कालोपत्रे पुनः सुरु हुँदै
सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल खण्डको महुरे–फोक्सिङटार सडक कालोपत्रे पुनः सुरु हुने भएको छ । निर्माण कम्पनीले सडक अलपत्र पारेपछि ठेक्का तोडिएको थियो । हाल नयाँ
लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन
कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा गरिरहनुभएको छ ।
बोटमै खेर जाँदै हरियो चियापत्ती
हरियो चियापत्ती प्रशोधन गर्ने प्लान्ट नहुँदा तेह्रथुमको लालीगुराँस नगरपालिका क्षेत्रमा चिया खेती गर्दै आएका किसानको हरियो पत्ती बोट मै खेर गइरहेको छ ।