धरान समाचारदाता
धरान, फागुन २५ गते । पछिल्लो समय हातले बुनेका सामग्री युवापुस्तामाझ लोकप्रिय बन्न थालेका छन् । ती सामान इन्टरनेटमा प्रशस्तै देख्न र किन्नसमेत सकिने भएकाले युवा वर्गको आकर्षण बढ्दै गएको हो ।
यस्तै इन्टरनेटमा धेरै देखेकाले इन्टरनेटको माध्यमबाट आफैँ सिकेर धागोका फूल बनाई बिव्रmीसमेत अनलाइनबाटै गर्दै आएका छात्रा स्मृति गुरुङ र चासुम राईले बताउनुभयो । उहाँहरू दुई जना मिलेर धागोले बुनेका फूल बनाउँदै अनलाइनबाटै बेच्दै आएका छन् । महिला दिवसको अवसरमा झुनास फिट्नेस एन्ड वेलनेस धरान १९ ले ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मार्केट मार्च कार्यव्रmमको आयोजना गरेकाले पहिलो पटक आफूहरूले बुनेका सामान सार्वजनिक गरेको छात्रा चासुम राईले बताउनुभयो ।
पछिल्लो समय हातले बुनेका सामग्रीहरू धेरै बिव्रmी हुने गरेकाले हामी पढ्दै काम गर्दै आएको स्मृति गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले फूललगायत अन्य सामग्री पनि बनाएर अनलाइनबाटै बेच्न गरेका छौँ ।”
बुनेको बुकीदेखि सिङ्गल गुलाबको फूललगायत सबै प्रकारका फूल बिव्रmी हुने गरेको उहाँले बताउनुभयो ।
यस्तै गरी मार्केट मार्चमा दोस्रो पटक आफ्नो स्टल राखेको धरानकी पूजा तामाङ र दमककी अनुसा मगरले बताउनुभयो । मार्केट मार्चमा गत साल राम्रो व्यापार भएकाले यसपालि पनि आफूले बनाएको सामान लिएर व्यापार गर्न आएको उहाँहरूले बताउनुभयो । उहाँहरू पनि कलेज पढ्दै फुर्सदको समयमा दुई जना मिलेर बनाउँदै बेच्दै आएको पूजा तामाङले बताउनुभयो । “हामी कलेजमा भेट भएका साथी हौँ । हामी आफ्ना लागि आफूलाई मन परेका सामान सानैदेखि धागोबाट बनाउँदै आएकाले पछि यसैलाई इन्टरनेटमा राख्यौँ, धेरैले मन पराउनु भएर सामान अर्डर गर्न थालेकाले अहिले धरान–१९ मा सानो पसल नै खोलेर बेच्ने गरेको छात्रा अनुसा मगरले बताउनुभयो ।
अहिले हामीले किरिङ, ब्याग, लेडिज भेस्टलगायत हातले बनाइने प्रायः सामान अर्डरबमोजिम पनि बनाइने र इन्टरनेटमा देखेर साथै आफूलाई मन परेका सामग्रीसमेत बनाइने उहाँले बताउनुभयो । हालसम्म मेहनत गरे अनुसारको कमाई पनि राम्रै भइरहेकाले यो कामलाई निरन्तरता दिँदै जानेछौँ उहाँले बताउनुभयो ।
यसरी अनलाइनबाट महिलाले हातले बुनेका सामग्री बनाउँदै, सिक्दै व्यापारसमेत गर्दै आउनुभएको छ । यस्तै यस मार्टमा महिला उद्यमी मनिता घिमिरेले पनि आफ्नो घर वरपर पाइने वनस्पतिबाट घरमै उत्पादन गरी साबुन बेच्दै आउनुभएको छ । उहाँले पनि घरबाटै इन्टरनेटको माध्यमबाट र मेला महोत्सवमा मात्र राखेर आफ्नो व्यापार गर्दै आउनुभएको बताउनुभयो । यसै गरी अर्का उद्यमी महिला सङ्गीता राई पनि आफू कपडा पसल सञ्चालन गर्दै आएकाले यहाँ कपडा बेच्न आएको बताउनुभयो ।
यसरी सिपमूलक आयआर्जनमा लाग्नलाई मार्केट मार्चले थप प्रोत्साहन गरेको उहाँहरूले बताउनुभयो । स्टलमा महिलाले उत्पादन गरेका हस्तकला, रेडिमेड उत्पादन, बिरुवा, रैथाने उत्पादन, जातीय परिकार र कोरियन परिकारलगायत ३२ वटा स्टल रहेको झुनास फिटनेस एन्ड वेलनेसका सञ्चालक तथा फिटनेस प्रशिक्षक झुना राईले बताउनुभयो । यस स्टलमा घरेलु साबुन, ह्यान्डिव्रmाफ्ट, लत्ताकपडा, गरगहना, कृषिका केही सामान राखिएका छन् । प्रायः सबै महिला उद्यमीको स्टल रहेका छन् ।