जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ ।
मासु र मदिरा नचल्ने माङ्सेबुङ
इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ ।
जीवन उपयोगी सीपले युवामा सकारात्मक परिवर्तन
मधेश प्रदेशको धनुषा र महोत्तरी जिल्लामा सञ्चालित युवाका लागि लैङ्गिकता, जीवन उपयोगी सीप र वित्तीय शिक्षा कार्यक्रमले युवामा सकारात्मक परिवर्तन ल्याएको सरोकारवालाले बताएका छन्।
विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँः प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले छुवाछुत र विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ।
फाल्गुनन्द गोल्डकप : मच्छिन्द्र सेमिफाइनलमा
मच्छिन्द्र फुटबल क्लब फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
१२ औं फुड फेस्टिभल हुने
भेडेटारमा १२ औं फुड फेस्टिभल हुने भएको छ ।
ऐतिहासिक निसान पदमार्गको स्थलगत अध्ययन सुरु
इतिहास संरक्षण र जिल्लाको पर्यटन प्रवर्द्धनका लागि पहल थालिएको निसान पदमार्गको स्थलगत अध्ययन गरिएको छ ।
लुङरुपामा आयुर्वेद भवन
फिदिम नगरपालिका १३ मा निर्माण भएको लुङरुपामा आयुर्वेद औषधालय उद्घाटन गरिएको छ ।
अलैँची बगान
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९ बुङकुलुङ क्षेत्रमा किसानले लगाएको अलैँची बगान । यो क्षेत्रमा अलैँची प्रति मन ९ ४० केजी ०को एक लाख दुई हजार रुपैयाँमा किनमेल भइरहेको किसान बताउँछन् ।
अर्गानिक खेती
तेह्रथुम, पुस ९ गते । तेह्रथुमको लालिगुराँस नगरपालिका–१ डोप्कीलेमा बन्दागोभी स्याहार्दै किसान । यहाँ महिला समूहका ३७ किसानले पाँच वर्षदेखि रासायनिक मल र विषादी प्रयोग नगरी सागसब्जी र फलफूल खेती गर्दै आएका छन् । तस्बिरः रासस
कुहिरोले ढाकेको अरुण उपत्यका
सङ्खुवासभा, पुस ९ गते । सङ्खुवासभा र भाेजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदी किनार आसपास कुहिरोले ढाकेको अरुण उपत्यका । यस अरुण नदी आसपास पुस र माघ महिनामा बिहानीपख कुहिराेले ढाक्ने गर्दछ । तस्बिरः रासस
हात्ती र बाँदर धपाउने घरेलु यन्त्रको माग उच्च
मोरङको उर्लाबारी–७ का ५४ वर्षीय दीपक भण्डारीलाई यतिबेला बाँदर, हात्तीलगायतका जङ्गली जनावर धपाउने घरेलु यन्त्र बनाउन भ्याइनभ्याइ छ । एक महिनाअघि उर्लाबारीको
गोलभेँडाबाट मनग्गे आम्दानी
स्वदेशमै श्रम, सिप र पसिना खर्चेपछि कृषि कर्मबाटै पनि राम्रो आम्दानी गर्न सक्ने सुनसरीको इनरुवा नगरपालिका–८, बङ्कुलवाका ३८ वर्षीय विन्देश्वर मण्डलले प्रमाणित गर्नुभएको छ । उहाँले आफ्नो दुई कट्ठा
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टीलाई प्रवेशद्वारमा प्रयोग गर्ने योजना बनाएको छ ।
नगरभित्रका सडक कालोपत्रे गरिँदै
वराहक्षेत्र नगरपालिकाभित्र आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ७८३ मिटर सडक कालोपत्रे गरिएको छ । पालिकाले सङ्घीय र प्रदेश र नगरको बजेटबाट नगर क्षेत्रका सडक कालोपत्रे गरेको वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।
बालिका करणी आरोपमा पक्राउ
ताप्लेजुङमा बालिकालाई करणी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार १४ वर्षीय बालिकालाई करणी गरेको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ परेका हुन् ।
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटार जोड्ने मोटरेबल पक्की पुल गत असोज १२ गते आएको बाढीले बगाएको थियो ।
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
जिल्लामा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन् । पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए । पछिल्लो समय झिँगटीले छाएका घर देखिन छाडेका छन् ।
उस्तै नाम र उस्तै प्याकेजिङ गर्ने उद्योगमा सिलबन्दी
उद्योगको ब्रान्ड र प्याकेजिङ चोरी गरेर डिटर्जेन्ट पाउडर उत्पादन गर्दै आएको आरोपमा जिल्ला प्रशासन कार्यालय मोरङले युनिक सोप एन्ड केमिकल इन्डस्ट्रिजलाई सिलबन्दी गरेर अनुसन्धान सुरु गरेको छ ।
झापा कपको उपाधि चर्च ब्वाइजलाई
झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपियाँ प्राप्त गरेको छ ।
फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा
त्रिभुवन आर्मीलाई टाइब्रेकरमा हराँउदै आयोजक फिदिम स्पोर्टिङ क्लब ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भरुवा बन्दुकसहित दुई पक्राउ
सुनसरीको वराहक्षेत्र नगरपालिका-१ तल्लो बगुवा टोलबाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
महुरे-फोक्सिन्टार सडक कालोपत्रेको काम पुनः सुरु हुने
सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल खण्डको महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम पुनः सुरु हुने भएको छ ।
खानेपानी पुग्ने आशामा स्थानीय
साँगुरीगढी गाउँपालिका-७ महाभारतमा खानेपानीको चरम समस्या छ ।