भक्तिविलास पोखरेल
गाईघाट, फागुन २३ गते । उदयपुरको त्रियुगा नगरपालकिा ९ राजावासमा शुक्रबार भएको दुर्घटनामा परी एक जना युवाको मृत्यु भएको छ ।
मदन भण्डारी राजमार्गको चुहाडे गाईघाट खण्डको मथाने टोलस्थित प्रदेश १–०५–००१ ह ०३१० न को अटोले बाटो काट्ने क्रममा सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नम्बरको मोटरसाइकललाई ठक्करदिँदा मोटरसाइकल चालक मोरङ लेटाङ नगरपालिका ७ वाराङ्री बस्ने २६ बर्षीय अजय लिम्बुको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार छाती र पेटमा चोट लागेर गम्भीर घाइते हुनुभएका लिम्बुलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर लगिएकोमा साँझ करिव ६ बजे मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो ।
अहिले लिम्बुको शव जिल्ला अस्पताल उदयपुरमै राखएिको छ । अटोचालक त्रियुगा नगरपालकिा ७ बस्ने ३८ बर्षीय भुसेलाल दनुवारसहति दुर्घटनामा परेको मोटारसाइकल र अटो जिल्ला प्रहरी कार्यालय उदयपरले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
यसअघि बिहीबार बेलुका मात्र गाईघाटस्थित डएिमगेट दुर्गाटोलमा बोलेरोले ठक्कर दिएर एकै परिवारका दुई दिदिबहिनीको मृत्युको रगत सुक्न नपाउँदै उदयपुरमा यो अर्काे दुर्घटना भएको हो ।