राधा लुइटेल
फिदिम, फागुन २३ गते । हिलिहाङ गाउँपालिका–७ को महादेव आधारभूत विद्यालयमा अध्ययनरत माझी समुदायका बालबालिकालाई स्टेसनरी र स्कुल ब्याग उपलब्ध गराइएको छ ।
सो विद्यालयमा माझी समुदायका बालबालिका मात्र अध्ययन गर्छन् । जहॉ कक्षा १ देखि ३ सम्म १३ र बालविकास केन्द्रमा ५ गरी १८ जना विद्यार्थी अध्ययनरत छन् । जनसेवा समाज पॉचथरले यहॉका सबै बालबालिकालाई एक–एक थान स्कुल ब्यागसहित आवश्यक मात्रामा कापी, कलम र पेन्सिलजस्ता सामग्री वितरण गरेको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा उप्रेती सेढाँइ र जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले विद्यार्थीलाई स्टेसनरी र स्कुल ब्याग हस्तान्तरण गर्नुभयो
जनसेवा समाजको वार्षिक कार्यक्रमअनुसार यत्तिका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको अध्यक्ष राजेन्द्र अधिकारीले बताउनुभयो । प्रधानाध्याक देबेन्द्र नेपालका अनुसार गुप्तेश्वर आधारभूत विद्यालयको सेवा क्षेत्रमा माझी समुदायका ३३ घर छन् । यद्यपि त्यहॉका बालबालिकालाई स्कुल पठाउन अविभावक स्वयम रुचाउँदैनन् । विद्यालयमा भर्ना भएका बालबालिकाले पनि बिचैमा छोड्ने गरेका छन् ।