• २८ फागुन २०८१, बुधबार

मच्छिन्द्र पाँचथर गोल्डकपको फाइनलमा

blog

सेमिफाइनलमा भिड्दै मच्छिन्द्र र पथरीका खेलाडी । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, फागुन २८ गते । मच्छिन्द्र फुटबल क्लब पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

 फिदिम माविको खेल मैदानमा विहिबार सम्पन्न सेमिफाइनल खेलमा मच्छिन्द्रले प्रतिस्पर्धी इन्ट्रा पथरी फुटबल क्लबलाई ३–१ गोलले हराँउदै उक्त टिम फाइनलमा पुगेको हो ।

मच्छिन्द्रकातर्फबाट खेल सुरु भएको २३औँ मिनेटमा विशाल घलानले एक गोल गर्दै मच्छिन्द्रलाई  सुरुवाती अग्रता दिनुभएको थियो । जवाफमा पथरीका तर्फबाट खेल्नु भएका अर्माण्डले ६६औँ मिनेटमा गोल फर्काउनु भयो ।

मच्छिन्द्रका तर्फवाट खेल्नुभएका अर्का विदेशी खेलाडी स्टेफेनले ८४औँ मिनेटमा गर्दै पुनः आफ्नो टिमलाई अगाडी बढाउनुभयो । तेस्रो गोल अतिरिक्त समयमा मच्छिन्द्रका नवयुग श्रेष्ठले गरेसँगै पथरी ३–१ मा रोकियो ।

बिहिबारको खेलमा मच्छिन्द्रका तर्फबाट खेल्नुभएका स्टेफेन उत्कृष्ठ खेलाडी घोषित हुँदै सात हजार पाँच सय रुपियाँसहित पुरस्कृत हुनुभयो । शुक्रबार चर्च ब्वाइज र नमो बुद्व फुटबल क्लब सप्तरीविच सेमिफाइनल चरणको अन्तिम खेल हुने आयोजक पाँचथर क्लबले जनाएको छ । 

यस संस्करणका विजेताले नगद ११ लाख १ हजार १ सय ११ र उप विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपियाँ पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।