• २ चैत २०८१, शनिबार

निजामति कर्मचारी सङ्गठनमा लिम्बू

blog

नवगठित नेपाल निजामति कर्मचारी सङ्गठनका पदाधिकारी ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकास्थित नेपाल निजामति कर्मचारी सङ्गठनको प्रथम पालिका अधिवेशनबाट सीता लिम्बू अध्यक्षमा चयन हुनुभएको छ । सङ्गठनको प्रथम पालिका अधिवेशनले लिम्बू अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा विजयकुमार शाह, सचिव नरबहादुर बोहोरा र कोषाध्यक्षमा सुदीप भट्टराई चयन हुनुभएको छ । यस्तै, सदस्यमा अर्जुन अधिकारी, सुरेन्द्रकुमार गुप्ता, सुनिता यक्सो, राधिका लिम्बू, सजन आचार्य, शिवराज कोइराला, सजना लिम्बू, शर्मिला हेम्ब्या र रोशन पौडेल रहनुभएको छ ।

नेकपा (एमाले) कोशी प्रदेश समितिका सदस्य राजकुमार चुडाल, नेपाल निजामति कर्मचारी सङ्गठन ताप्लेजुङका अध्यक्ष दुर्गाप्रसाद थापालगायतको उपस्थितिमा पालिका अधिवेशन सम्पन्न भएको बताइएको छ । नेपाल निजामति कर्मचारी सङ्गठन एमाले निकट कर्मचारी सङ्गठन हो ।