• १ चैत २०८१, शुक्रबार

धरानमा होलीको रौनक

blog

निशा राई 

धरान, चैत १ गते । धरानमा उपमहानगरपालिकामा आपसी सद्भाव बाँड्दै होली पर्व हर्सोल्लासको साथ मनाइएकाे छ । पहाडि जिल्ला बाहेक धरान लगायत मधेसमा हाेली पर्व आज मनाइएको हाे । धरानको भानुचोक बजारदेखि चोकहरुमा  बालबालिका, युवा लगायत वृद्धहरु समेत होली पर्व धुमधाम साथ मनाउँदै छन्।


यस अवसरमा भानुचोकमा साङ्गितिक कार्यक्रम गरि स्थानीय कलाकारहरुको प्रस्तुतीसँगै सबै जना झुमिएका छन् ।

यो पर्वमा धरानको सांस्कृतिक,विविधता र सामाजिक एकतालाई एकरुपता गर्ने गरेको स्थानीयवासी पन्चमाया राईले बताउनुभयो । होली पर्वको अवसरमा आपसी मेलमिलाप र सद्भावना हुने र पुराना मनमुटावहरु भुलेर सद्भावना कायम हुने उहाँले बताउनुभयो ।


होली पर्वलाई सुरक्षित र मर्यादित बनाउन प्रहरिहरुको बाक्लो उपस्थिति रहेको थियो । अहिलेसम्म सुरक्षित र मर्यादित ढङ्गबाट नै होली पर्व मनाइरहेको ईलाका प्रहरी कार्याल धरानको प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले बताउनुभयो ।