अवलोकनकर्ताको आकर्षणमा फोटो प्रदर्शनी
धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो एवम् पाँचौँ धनकुटा महोत्सवमा जारी फोटो प्रदर्शनीले अवलोकनकर्तालाई आकर्षित गरेको छ ।
जनतासामु गरेको बाचा नभुली पूरा गर्छु : उपप्रधानमन्त्री लिङ्देन
उपप्रधान एवम् ऊर्जा तथा जलश्रोत मन्त्री राजेन्द्र लिङ्देनले आफूले जनता र देशसामु गरेको बाचा नभुली काम गर्ने बताउनुभएको छ । लिङ्देनले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर आफूले काम गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
उत्पादक र उपभोक्तालाई जोड्दै पहाडका हाटबजार
फिदिम नगरपालिका–५ की भीममाया तुम्बापो साताको प्रत्येक शनिबार सदरमुकामको शिवालय मन्दिरछेउमा लाग्ने शनिबारे हटिया आइपुग्नुहुन्छ। बिहान झिसमिसे उज्यालो नहुँदै सुँगुरका पाठा, कुखुरा र अन्डा ल्याएर बेचेपछि आवश्यकताअनुसार नुन, तेल र बेसार किनेर घर फर्किनुहुन्छ। “गाँउमा धेरै बिक्दैन, हाटबजार ल्यायो भने सजिलै सबै बिक्छ, त्यसैले हप्तैपिच्छे यहीँ आउँछु,” तुम्बापोले भन्नुभयो।
एकीकृत बस्ती निर्माणमा ढिलाइ
मोरङको उर्लाबारी–९, रातेहोली किनारमा दुई वर्षअघि सङ्घीय सरकारको सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागले निर्माण गर्ने सन्थाल एकीकृत बस्ती विकास परियोजनाको टेन्डर लागेर पनि अझै काम सुरु भएको छैन। परियोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १८ गते शिलान्यास गर्दै १८ महिनापछि सन्थालहरू झुपडीबाट घरमा सर्ने बताउनुभएको थियो तर २३ महिना पूरा भइसक्दा पनि घर बनेका छैनन्।
जनताले बनाएको सुरुङ कुलो
वि.सं. २०४४ मा खोटाङको रावाबेँसी गाउँपालिका–६, हौँचुर साबिक–८ कट्टीस्थित देउरालीडाँडालाई त्यहाँका नागरिकले छेड्ने निधो गरे। लोचा खोला (हौँचुर खोला)को पानी खेतसम्म ल्याउन अन्य विकल्प नभएपछि हौँचुरका केही व्यक्तिको नेतृत्वमा गाउँबाट अन्नबाली सङ्कलन गरेर ओखलढुङ्गा मानेभञ्ज्याङका बिर्खबहादुर मगरको समूहलाई सुरुङ खन्ने जिम्मा लगाइयो। गाउँलेको जग्गा कृषि बैङ्कमा धितो राखेर निकालिएको एक लाख ४४ हजार रुपियाँ ऋण र सङ्कलन गरिएको ४० मुरी अन्नबाट सुरुङ सम्पन्न गर्ने गाउँलेको सपना थियो।
विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन
उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताउनुभएको छ।
ताप्लेजुङ कर्मचारी मिलन केन्द्रमा भट्टराई
ताप्लेजुङस्थित कर्मचारी मिलन केन्द्रको अध्यक्षमा टङ्कबहादुर भट्टराई चयन हुनुभएको छ।केन्द्रको ११ औं साधारणसभा तथा अधिवेशनले सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
घरमा आगलागी हुँदा लाखौँको क्षति
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको एक घरमा आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ । मैवाखोला गाउँपालिका –६ फाकुम्बाका स्थानीय रमेश थोप्रा लिम्बूको घर आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
झापा गाउँपालिकालाई प्रदेश स्तरीय भलिबल उपाधि
झापाको सुरुङ्गामा आयोजित तेस्रो प्रदेश स्तरीय कनकाई कप पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ । कनकाई माविको खेल मैदानमा भएको फाइनल प्रतियोगितामा झापा गाउँपालिकाले दमक नगरपालिकालाई ३-० को सोझो सेट हरायो ।
धरानमा बनेका अवैध संरचनामा डोजर चल्यो
धरान उपमहानगरपालिकाको वडा नम्बर ५ देउरालीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्काइएको छ।
प्रदेश संरचनाप्रतिको निराशालाई बदल्ने काम गर्छौ : मुख्यमन्त्री कार्की
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिटोभन्दा छिटो प्रदेशको नामकरण गर्नका लागि आवश्यक परामर्श र छलफल गर्ने बताउनुभएको छ।
भोजपुरे खुकुरी : माग बढ्यो, कालीगढको अभाव
ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमा समेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ ।
हलेसीमा गाइड सेवा
त्रि–धार्मिक स्थल तपोभूमि हलेसीमा आउने पर्यटकले यथार्थ बुझ्न पाउने भएका छन्। हलेसी र आसपासका पर्यटकीय क्षेत्रका बारेमा पर्यटक घुमाउन र यथार्थ बुझाउन नगरपालिकाले गाइड (मार्गदर्शक) तालिम प्रदान गरेको छ। नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम)सँगको सहकार्यमा नगरपालिकाले ३१ जनालाई स्थानीय पर्यटक गाइडसम्बन्धी आठदिने तालिम प्रदान गरेको हो। तालिमको समापनसँगै पर्यटन गाइड उत्पादन भएका छन्। तालिमबाट हलेसी र आसपासका पर्यटकीय क्षेत्रको ऐतिहासिक कुरा पर्यटकलाई बुझाउन सकिने भएको सहभागी मोतीराज राईले बताउनुभयो।
मध्य तमोरको प्रगति पचहत्तर प्रतिशत
ताप्लेजुङमा निर्माणाधीन मध्य तमोर जलविद्युत् आयोजनाको ७५ प्रतिशतभन्दा बढी काम भएको छ। सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ७३ मेगावाट क्षमताको यो आयोजनाको निर्माण कार्य कोरोना महामारीमा पनि रोकिएको थिएन। ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिका–१, सावादिन, मिक्वाखोला गाउँपालिका–१ र २ (खोक्लिङ) र फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुमा मुख्य संरचना रहने गरी आयोजना निर्माण भइरहेको छ। निर्माणाधीन आयोजनाको हालसम्म तीन हजार ३७० मिटर लम्बाइ र ६.५ मिटर चौडाइ तथा उचाइ भएको सुरुङ निर्माण सम्पन्न भइसकेको छ।
जहाँ अहिले पनि वस्तु विनिमय हुन्छ
धनकुटाको महालक्ष्मी नगरपालिकाको चानुवा हाट डाँडामा साप्ताहिक रूपमा बुधबार हाट लाग्ने गरेको छ। यहाँको हाट अन्यत्रको भन्दा धेरै नै फरक छ। अन्यत्र मुद्रामार्फत वस्तु तथा सेवाको खरिद–बिक्री हुन्छ तर यहाँ भने अहिले पनि वस्तुसँग वस्तु नै साटिन्छ। परापूर्वकालदेखि हालसम्म पनि यहाँको हटियामा वस्तु विनिमय गर्ने प्रचलन कायमै छ। वस्तु विनिमय प्रथा धेरैका लागि अनौठो हुन सक्छ। आधुनिकतासँगै यो प्रथा पनि सबैतिर लोप भइसकेको छ। धनकुटाको यो हाटले अहिले पनि यही प्रथा जोगाइरहेको छ। भोजपुरको जरायोटारबाट लामपाते सुर्ती, होम्ताङबाट बदाम लिएर हाट भर्न आउने स्थानीय बासिन्दा महालक्ष्मी नगरपालिकाको डाँडागाउँ, चानुवा, मारेककटहरेका माथिल्लो भेगका बासिन्दासँग तरकारी साट्ने गर्छन्। वस्तु विनिमय मुद्राको कारोबार हुनुभन्दा अघिको प्रचलन हो।
विद्यार्थीले लगाए विद्यालयमा ताला
खोटाङको हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाएका छन् ।
तीन दिनपछि शव फेला
ताप्लेजुङको फुङ्लिङ नगरपालिका –१० फुरुम्बुमा एक व्यक्ति बेपत्ता भएको तीन दिनपछि शव फेला परेको छ । प्रहरीका अनुसार फुरुम्बुका स्थानीय टङ्कबहादुर नुगो लिम्बूको शव फेला परेको हो ।
झुम्कामा थारू तिलासंक्राइत कार्यक्रम
थारु सांस्कृतिक पहिचान झल्काउने र प्रचार प्रसार गर्ने उद्देश्यसाथ रामधुनी नगरपालिका झुम्काको जितमहान चोकमा तिलासंक्राइत कार्यक्रम सम्पन्न भएको छ ।
कम्बोडियाबाट झापा आइपुग्यो निराकारको शव
कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका बिर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज (शनिबार) झापास्थित निवासमा आइपुगेको छ ।
आधा मूल्यमै लिलाम बिक्री
विराटनगर महानगरपालिका–१६ मा रहेको मुलुककै पुराना उद्योग दी जुद्ध म्याच फ्याक्ट्रीको भवन भत्काउन थालिएको छ । आनन्दराज श्रेष्ठले वि.सं. १९९५ सालमा स्थापना गर्नुभएको सलाई उद्योग नेपाल बैङ्कको लिलामीमा शारडा ग्रुपले सकार गरेपछि झन्डै साढे आठ दशक पुरानो फ्याक्ट्रीको अस्तित्व नै मेटिने गरी भत्काउन लागिएको हो । स्थापनाका हिसाबले नेपालको पहिलो सलाई उद्योग भए पनि दर्ता भने वि.सं. २००२ सालमा भएको थियो । उद्योगको सात बिघा १६ कट्ठा १३ धुर जग्गा र मेसिनरी सामान चलनचल्ती र सरकारी मूल्याङ्कनभन्दा आधाभन्दा कम मूल्यमा लिलाम बिक्री भएको छ ।
भरिभराउ पर्यटकीय क्षेत्र
पिकनिकको सिजनमा झापा तथा इलामका पर्यटकीय स्थल भरिभराउ छन्। झापाको दोमुखा, जामुनखाडी, ह्याप्पी ल्यान्ड कनकाई, कालिका सिमसार, धनुषकोटीधाम, इलाम र झापाको सिमानास्थित माई नगरपालिका–२, ह्याप्पी ड्रिम्स (ह्याप्पी ल्यान्ड) चेप्टीमा पुसको पहिलो हप्तादेखि नै भीड बढेको ह्याप्पी ड्रिम्सका सञ्चालक दिनेश शिवाकोटीको भनाइ छ। हाल नेपाल मात्रै नभएर छिमेकी मुलुक भारत, बङ्गलादेश र भुटानबाट समेत यस क्षेत्रमा घुम्न र पिकनिक खानका लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक आउने गरेको सिवाकोटीले बताउनुभयो।
आगलागी हुँदा लाखौंको क्षति
ताप्लेजुङको दुर्गम गाउँ मिक्वाखोला गाउँपालिका –५ पापुङमा एक घरमा आलगाली हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । पापुङ सिम्बुकका स्थानीय ठुन्डुक शेर्पाको घर र मतानमा आगलागी हुँदा लाखौं रुपियाँ बराबरको क्षति भएको हो ।
जंगलमा शव फेला
इलामको माई नगरपालिका स्थित मैनाचुली सामुदायिक बनको जंगलमा बेवारिसे अवस्थामा शव फेला परेको छ । दाउरा लिन गएका स्थानीयले बिहीबार दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खडकाले जानकारी दिनुभयो ।
हात्ती आतङ्कबारे अन्तर्क्रिया
झापाको शिवसताक्षीमा जङ्गली हात्तीले आतङ्क मच्चाउँदै मानिसको ज्यानै लिन थालेपछि सरोकारवालासँग छलफल सुरु भएको छ। हात्ती प्रभावित सरोकार समाज शिवसताक्षीले अन्तक्र्रिया सुरु गरेको छ। शिवसताक्षीमा पछिलो समय हात्तीको आक्रमणबाट मानवीय क्षतिसमेत भएको छ। जङ्गली हात्तीले रात्रिको समयमा शिवसताक्षीका वडा नं. १, ८, ९ र १० का स्थानीयका घर भत्काइदिने, खाद्य सामग्री खाइदिने खालका गतिविधिहरू गर्दै आएका स्थानीयवासीको गुनासो छ।