विद्यालयबाट घर फर्किएकी विद्यार्थीको शव फेला
खोटाङमा १७ वर्षीया बालिका शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी रञ्जिता दाहाल घर नजिकै मृत अवस्थामा भेटिएकी हुन् ।
किराँत समुदायको नयाँ वर्ष सुरु
किराँत लिम्बू समुदायले नयाँ वर्ष मनाएका छन् । यो समुदायले माघेसङ्क्रान्तिका दिन किराँत नयाँ वर्ष मनाउने प्रचलन छ ।
दुर्घटनामा एकको मृत्यु
पूर्व–पश्चिम राजमार्गस्थित कनकाई नगरपालिका –१ गरमकाली पेट्रोलपम्प अगाडि आइतबार बेलुकी ६ बजेको समयमा यात्रुवाहक बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
राष्ट्रपति भण्डारीद्वारा शक्तिपीठको दर्शन
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान धरान उपमहानगरपालिका विजयपुरस्थित शक्तिपीठ मन्दिरहरूको दर्शन गर्नुभएको छ ।
ताप्लेजुङमा योग भवन बनाउन पहल गरिने
ताप्लेजुङमा योग गर्ने भवन बनाउन पहल गरिने भएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले योग गर्नका लागि ‘योग भवन’ बनाउन पहल गर्ने बताउनुभएको हो ।
‘नाङ्गिँदै हिमाल : कष्टकर बन्दैछ जीवनयापन’
हिमाल, सुन्नासाथ हाम्रो मानसपटलमा एउटा आकृति आँखा अगाडि आउँछ । हिउँले छपक्कै छोपेको । चाँदी जस्तै सेताम्य । जस्तोसुकै परिस्थितिमा पनि अटल रहने पहाडको चुचुरोहरु । हिमाल देख्नासाथ जो कोहिले गर्वको महसुस गर्दछन् । अनि स्थिर भएर अगाडि बढ्ने अठोट गर्दछ ।
आगलागी हुँदा ११ पसल जले
आइतबार बिहान झापाको दमक नगरपालिका ६ स्थित बजारमा बिद्युत् सर्ट भई आगलागी हुँदा ११ वटा सटर जलेर नष्ट भएको छ ।
बसपार्क सञ्चालनको तेस्रो पहल
पाँचथरको फिदिम नगरपालिका–२ मा निर्मित बसपार्क सञ्चालन गर्न तेस्रो पटक गृहकार्य भएको छ । स्थानीयले उपलब्ध गराएको जग्गामा नयाँ सहर आयोजनाले निर्माण गरेको बसपार्क यसअघि २०७१ र २०७५ सालमा दुई पटक उद्घाटन गरे पनि स
जलविद्युत् केन्द्र बन्दै सङ्खुवासभा
मेन्छ्याम जलविद्युत् परियोजनाको उद्घाटनसँगै सङ्खुवासभा जलविद्युत्को ‘हब’ बन्ने चर्चाले जिल्लावासीमा खुसीको तरङ्ग फैलिएको छ ।
तरुल उत्पादनमा कमी हुँदा मूल्य महँगियाे
ताप्लेजुङमा तरुल उत्पादन कमी हुँदा मूल्य आकाशिएको छ । तरुल खपत हुने मुख्य मौसम अर्थात तरुलको पर्वका रुपमा समेत लिइने गरिएको मकरसङ्क्रान्तिको समयमा तरुलको मूल्य आकाशिएको हो ।
सात महिने टुहुरोलाई आर्थिक सहयोग
आमाको मृत्यु भएपछि टुहुरो बनेका दूधे बालकलाई आर्थिक सहयोग प्राप्त भएको छ । सिद्धिचरण नगरपालिकाका सम्पूर्ण वडा अध्यक्षहरूले उक्त दूधे बालकलाई नगद सहयोग गरेका हुन् ।
मानेभन्ज्याङमा आँखा केन्द्र
मानेभन्ज्याङ गाउँपालिकामा आँखा केन्द्र स्थापना गरिएको छ । ओखलढुङ्गा सामुदायिक आँखा केन्द्रको शाखाका रूपमा मानेभन्ज्या
सिधुवा बजारमा आगलागी : चार घर जले
धनकुटाको सिधुवा बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । आगो वसन्तपुरको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको हो ।
सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित
धनकुटा नगरपालिका –५ का कृषक सरोज आठपहरियाले केही वर्षअघि आफ्नो बारीमा लगाएको सुन्तला नष्ट गरी एभोकाडो लागाउनुभयो । केही बर्षअघि आफ्ना बुवा हजुरबुवाले लगाएको सुन्तला बगान नष्ट गर्नुभयो । त्यसको एकमात्र कारण हो सो ठाउँमा सुन्तलाको बगानमा बिभिन्न समस्या देखिएर बगान नै मासिनु ।
स्कुल बसको ठक्करबाट वृद्धको मृत्यु
झापाको गौरादह नगरपालिका वडा न.१ जनता माध्यमिक विद्यालयस्थित भित्री बाटोमा भएको सवारी दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ । उहाँले प्रदेशसभाको आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।
मोरङका सबै क्रसर उद्योग मापदण्डविपरीत
मोरङका २१ वटै क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । मोरङ जिल्लामा गरिएको अनुगमनको क्रममा
सभामुखमा गौतम निर्विरोध निर्वाचित
प्रदेश १ प्रदेश सभाको सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेश सभाको सभामुख पदका लागि निर्धारित समयमा गौतमको मात्रै उम्मेदवारी परेको थियो । बिहीबारको प्रदेश सभा बैठकमा सभामुखको भूमिकामा रहनुभएका ज्येष्ठ सद
कोशीमा हात्ती आतंक : एक वर्षमा आठको ज्यान गयो
सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा कोशीटप्पु वन्यजन्तु आरक्षका अर्ना र हात्तीको आतंक कायमै रहेको छ । जंगली जनावरको आंतक जारी रहँदा स्थानीयहरु त्रसित बनेका छन् ।
अक्षयकोष स्थापना गर्न रकम सहयोग
ताप्लेजुङमा एक संस्थाले विद्यालय र स्वास्थ्य संस्थामा अक्षयकोष स्थापना गर्न रकम हस्तान्तरण गरेको छ । जिल्लाका चार वटा स्वास्थ्य संस्था र प्रत्येक स्थानीय तहका एक–एक वटा माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नका लागि संस्थाले सम्बन्धित विद्यालय तथा संस्थालाई रकम हस्तान्तरण गरेको हो ।
यी हुन् सात प्रदेशका सात मुख्यमन्त्री
मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भई मतपरिणाम आएसँगै सातै प्रदेश सरकारमा नयाँ मुख्य मन्त्रीहरू नियुक्त भई सक्नु भएको छ । बिहीबारसम्ममा सातै प्रदेशमा मुख्यमन्त्रीले नियुक्तिसँगै विश्वासको मत लिने क्रम सुरु भएको छ ।
पर्यटन प्रवर्द्धन र पर्यटक सुरक्षामा प्रभावकारी बन्दै ट्रेक कार्ड
पछिल्लो समय खुम्बु क्षेत्रमा पर्यटक बेपत्ता भएको खबर सुन्न छाडिएको छ । यस अघि प्रत्येक सिजनमा पर्यटक बेपत्ता हुने गरेको तथ्याङ्क छ । गाइड विना नै (एफआइटी) पदयात्रामा जाने पर्यटकहरूले बाटो र भौगोलिक बनावट पत्तो लगाउन नसक्दा बेपत्ता भएर मृत्यु हुने गरेको सङ्ख्या बढ्दै गएपछि खुम्बु क्षेत्रमा गत असोज महिना देखि ट्रेक कार्ड वितरण सुरु भएको छ ।
सभामुखमा एकल उम्मेदवारी
प्रदेश १ प्रदेश सभाको सभामुख पदमा एकल उम्मेदवारी दर्ता भएको छ । पुस २८ गते हुने सभामुखको निर्वाचनका लागि म
पहिलो पल्ट ‘सेफ हाउस’ स्थापना
सुरक्षित आवास गृह नहुँदा वर्षौंदेखि समस्यामा पर्दै आएका हिंसा पीडित महिलाका लागि जिल्लामै पहिलो पल्ट पुनस्र्थापना केन्द्रको स्थापना गरिएको छ । सूर्योदय नगरपालिकाको कन्याममा स्थापना गरिएको यो केन्द्रको सूर्योदय नगरपालिका आफैँले निर्माण गरेको हो ।