• ८ असार २०८१, शनिबार

सिधुवा बजारमा आगलागी : चार घर जले

blog

धनकुटाको सिधुवा बजारमा लागेको आगो : तस्बिर कविराज घिमिरे

कविराज घिमिरे

धनकुटा, पुस २९ गते । धनकुटाको सिधुवा बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । आगो वसन्तपुरको दमकल, नेपाल प्रहरी, सशस्त्र  प्रहरी, स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको हो ।

आगलागीबाट चार घर जलेका छन् । त्यस्तै, आगो नियन्त्रणका लागि २ घर भत्काइएको छ । स्थानीय होम बहादुर थापा, डम्बर थापा, झमक थापा, अर्जुन घिमिरेको घर जलेको हो । त्यस्तै, आगो नियन्त्रण लिन स्थानीय सन्तोष राइकाे घर भत्काइएको छ । आगो आज बेलुकी करिब ८ बजेतिर झमक थापाको घरबाट सुरु भएको थियो । आगलागीका कारण भने खुल्न सकेको छैन ।

आगलागी नियन्त्रण बाहिर रहेको र धनकुटा नगरपालिका र लालिगुराशँ नगरपालिकाको दमकल मगाइएको र आउँदै गरेको जानकारी पाएका छथर जोरपाटी वडा नं ६ का वडाअध्यक्ष दिपक गुरुङले बताउनु भयो ।