• १२ असोज २०८१, शनिबार

दुर्घटनामा एकको मृत्यु

blog

लीलाराज खड्का

बिर्तामोड, माघ १ गते । पूर्व–पश्चिम राजमार्गस्थित कनकाई नगरपालिका –१ गरमकाली पेट्रोलपम्प अगाडि आइतबार बेलुकी ६ बजेको समयमा यात्रुवाहक बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । 

प्र १—०१—००१ ख ३४२० नम्बरको गरमकाली यातायातले पैदल यात्रीलाई ठक्कर दिएपछि कनकाई नगरपालिका –६ का ४४ वर्षीय केशव नेपालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।