• १२ असोज २०८१, शनिबार

जंगलमा शव फेला

blog

लीलाराज खड्का

बिर्तामोड, माघ ६ गते । इलामको माई नगरपालिका स्थित मैनाचुली सामुदायिक बनको जंगलमा बेवारिसे अवस्थामा शव फेला परेको छ । दाउरा लिन गएका स्थानीयले बिहीबार दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खडकाले जानकारी दिनुभयो ।

अधवैसे उमेरका ती व्याक्तिको शवको पहिचान भएको छैन । प्रहरी निरीक्षक  खड्काका अनुसार ती व्यक्तिको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलको क्षेत्र इलाम पर्नेहुँदा इलाम जिल्लाको प्रहरी घटनास्थलमा पुगेपछि  थप अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ । 

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को पानी ट्यांकीदेखि २ किलोमिटर उत्तर जंगलको खोल्सामा शब फेला परेको हो । टाउको र खुट्टा देखिए पनि शरीरको अन्य भाग ढुंगाले छोपिएको छ । स्थानीयका अनुसार शव सडेको छ ।