• १२ असोज २०८१, शनिबार

ताप्लेजुङ कर्मचारी मिलन केन्द्रमा भट्टराई

blog

नवनिर्वाचित कर्मचारी मिलन केन्द्रका पदाधिकारी ।

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, माघ ८ गते। ताप्लेजुङस्थित कर्मचारी मिलन केन्द्रको अध्यक्षमा टङ्कबहादुर भट्टराई चयन हुनुभएको छ।केन्द्रको ११ औं साधारणसभा तथा अधिवेशनले सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

केन्द्रको ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ताप्लेजुङका कोष तथा लेखा नियन्त्रक प्रेम सुब्बा, सचिव जिल्ला प्रशासन कार्यालयका नायवसुब्बा सुरेन्द्रराज दाहाल, सह–सचिव जिल्ला अस्पताल ताप्लेजुङका दन्त चिकित्सक डाक्टर रञ्जना खड्का र कोषाध्यक्षमा जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख नवराज गिरी चयन हुनुभएको छ।

सदस्यहरुमा मालपोत कार्यालयका निमित्त प्रमुख निर्मल शेर्पा, नेपाल बैङ्क लिमिटेड ताप्लेजुङ शाखाका प्रवन्धक बिनोद गुरुङ, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भट्टराई, जिल्ला निर्वाचन अधिकारी दिनेश खनाल र घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख युवराज घोर्साइँ रहनुभएको छ।

प्रमुख जिल्ला अधिकारी एवम् कर्मचारी मिलन केन्द्रका सल्लाहकार संयोजक महेशकुमार पोखरेलले कार्यसमितिको नामावली प्रस्ताव गर्नुभएको र सभाले सर्वसम्मत पारित गरेको बताइएको छ।नवनिर्वाचित केन्द्रका पदाधिकारी तथा सदस्यलाई बधाई दिँदै प्रजिअ पोखरेलले कर्मचारी–नागरिक सम्बन्धलाई थप मजबुत बनाई पेशागत धर्मलाई इमान्दारितापूर्वक निर्वाह गर्न र सेवाग्राहीमैत्री व्यवहारलाई थप रचनात्मक बनाउने भूमिका निर्वाह गर्न सुझाव दिनुभयो।