• १२ असोज २०८१, शनिबार

तीन दिनपछि शव फेला

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ ७ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका –१० फुरुम्बुमा एक व्यक्ति बेपत्ता भएको तीन दिनपछि शव फेला परेको छ । प्रहरीका अनुसार फुरुम्बुका स्थानीय टङ्कबहादुर नुगो लिम्बूको शव फेला परेको हो । 

गत बुधबारदेखि बेपत्ता हुनुभएका ५९ वर्षीय लिम्बूको शव शुक्रबार फुरुम्बुस्थित बेतेनी भीरमा फेला परेको वडाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिनुभयो । वडाध्यक्ष लिम्बूका अनुसार घरमा कसैलाई थाहा नदिई बेपत्ता हुनुभएका लिम्बूलाई खोजी गर्ने क्रममा भीरको फेदीमा मृत अवस्थामा भेटिएको थियो । 

यता, घटनाबारे खबर भएपछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली घटनास्थलतर्फ खटेको थियो । प्रहरी टोलीले शनिबार बिहान घटना विवरण (मुचुल्का) उठाई शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो ।