• १२ असोज २०८१, शनिबार

धरानमा बनेका अवैध संरचनामा डोजर चल्यो

blog

धरान उपमहानगरपालिकाको वडा नम्बर ५ देउरालीमा बनेका अवैध संरचना भत्काउँदै उपमहानगरपालिकाको डोजर ।

निशा राई 

धरान, माघ ८ गते। धरान उपमहानगरपालिकाको वडा नम्बर ५ देउरालीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्काइएको छ।

धरान–५ को खारखोला र अधेरी खोलाको संगमस्थलमा मुना चौधरी लिम्बुले सार्वजनिक जग्गा अतिक्रमण गरेर एक तले पक्की घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान त्यहाँ बनेका संरचना भत्काएको हो। 

नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा उपमहानगरपालिकाको टोलीले अवैध संरचना भत्काएको हो। 

उपमहानगरपालिकाले पटक पटक सूचना टाँस गरे पनि अटेर गरेपछि संरचना भत्काउनु परेको नगर प्रमुख हर्कराज राईले जानकारी दिनुभयो। 

घर भत्काउने क्रममा केहीबेर स्थानीय र प्रहरीको झडप भएको थियो। स्थानीयको ढुंगामुढाले डोजरको सिसा फुटेको छ। पछिल्लो समय धरानमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने कार्य बढ्दै गएपछि महानगर आक्रामक बनेको छ।