ओखलढुङ्गा कारागारमा कैदीबन्दीबिच झडप
ओखलढुङ्गा कारागारमा कैदीबन्दीबिच झडप भएको छ ।
भव्य रूपमा मनाइयो दसौँ संविधान दिवस
कोशी प्रदेश सरकारले १० औँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रूपमा मनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरको सहिद रङ्गशालाबाट
अति विपन्न परिवारका लागि २० वटा घर तयार
संविधान दिवसका अवसरमा मोरङको कानेपोखरी गाउँपालिकाले अति विपन्न परिवारका लागि तयार गरिएका २० वटा घरमा गृह प्रवेश कार्यक्रम गरेको छ ।
दुई सञ्चारकर्मीलाई शशीकला स्मृति पुरस्कार
इलाममा स्थापना गरिएको शशीकला स्मृति पत्रकारिता–लेखन पुरस्कार इलामका दुई सञ्चारकर्मीलाई पुरस्कृत गरिएको छ ।
मिनि म्याराथनमा कार्की पहिलो
संविधान दिवशको अवशर पारेर लायन्स क्लव अफ कनकाई दुर्गापुरले बिहीवार मिनि म्याराथनको आयोजना गरिएको छ ।
सात वटा वडा कार्यालयको आफ्नै भवनबाट सेवा प्रवाह
धनकुटा नगरपालिका-८ को वडा कार्यालय भवन निर्माण भएको छ । सान्ताङको स्वारिबा टोलमा ५४ लाखको लागतमा दुई तले भवन निर्माण गरिएको हो।
धनकुटामा ग्यास लिक भएर आगलागी
धनकुटा नगरपालिका–७ चिरबिरे चौतारामा ग्यास लिकेज भएर आगलागी भएको छ । बिहीबार दिउँसो ११ बजेतिर रञ्जना रायाको चार तले पक्की घरको एक कोठामा खाना पकाउने क्रममा ग्यास लिकेज भई आगो लागेको हो ।
खोटाङमा अवैध काठ ओसारपसार
खोटाङ जिल्लाबाट अवैधरुपमा काठ ओसारपसार गरेको पाइएको छ। एक जिल्लाबाट अर्को जिल्लामा काठ लैजानका लागि कटान अनुमति लिनुपर्ने भए पनि राजश्व छल्न अवैध तरिकाले काठ ओसारपसार गरेको पाइएको हो।
पुरनलाई सातौँ उर्लाबारी रन उपाधि
भारतको सिक्किमका पुरन राईले सातौँ उर्लाबारी रन-२०८१ को उपाधि जित्नुभएको छ । १० किलोमिटर दूरी ३१ मिनेट ५४ सेकेन्डमा पार गर्दै राईले ३० हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
सबैको अपनत्व हुनेगरी संविधान संशोधन आवश्यक
आज संविधान दिवस मनाइएको छ । संविधान दिवसका अवसरमा इलाममा विविध कार्यक्रम गरिएको छ । इलाम सदरमुकाममा प्रभात फेरि निकालिएको छ ।
‘संविधान संशोधन गर्न आवश्यक’
सुनसरी सदरमुकाम इनरुवामा दसौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरीलगायत विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
पचास करोड राजस्व सङ्कलन
आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो ।
जनताले पाएको लाभको सञ्चार आवश्यक
सङ्घीय प्रणाली अभ्यासको छोटो समयमै जनताले यसको प्रतिफल राम्रोसँग अनुभूत गर्न थालेका छन् ।
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।
विद्युत महसुल नतिर्ने ३३ ग्राहक कालो सूचीमा
समयमा विद्युतको महसुल नतिर्ने ओखलढुङ्गाका ३३ जना ग्राहक कालो सूचीमा परेका छन् । भुक्तानीको लागि पटक-पटक ताकेता गर्दा पनि महसुल नतिरेका ३३ जना ग्राहकलाई नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गाले कालो सूचीमा राखेर बक्यौता असुली प्रक्रिया अघि बढाएको हो ।
परिवारसँग खुसी साट्न नपाउँदै मिस्टर काठमाडौँ विजेता राईको मृत्यु
शनिबार मात्र काठमाडौँमा भएको पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नु भएका मोरङ पथरीशनिश्चरे-१ निवासी वडिविल्डर्स प्रकाश राईको मृत्यु भएको छ ।
इटहरीमा सुरुभयो बिजुली बस सेवा
नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ ।
यस वर्षको सङ्कट टरेको आशा
वराहक्षेत्र नगरपालिका–६, ९ र बेलका नगरपालिका–२ र ३ वडाको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टप्पुवासी वर्षा सकिएसँगै सन्तोषको सास फेर्न थालेका छन् ।
अन्तुको झल्को दिने ध्वजेडाँडा
सूर्योदयको दृश्यावलोकनका लागि धनकुटाको साँगुरीगढी गाउँपालिका–५, डाँडाबजारस्थित ध्वजेडाँडालाई इलामको अन्तुसँग तुलना गर्ने गरिन्छ । समुद्र सतहबाट दुई हजार ४७
बस आउने दिन कुर्दै पाटीगाउँवासी
मोरङको केराबारी–१, पाटीगाउँबाट असोज २ गतेदेखि दैनिक यात्रुवाहक बस सञ्चालनमा आउने भएपछि त्यो दिनको पर्खाइमा पात्रो हेरेर बसिरहेका छन् । हालसम्म साना गाडी मात्र गुडिरहेको सडकमा बस गुड्ने भएपछि स्थानीय हर्षित भएका हुन् ।
भोजपुरको अकबरे खुर्सानी तराई हुँदै काठमाडौँसम्म हुन्छ ढुवानी
पहाडी जिल्ला भोजपुरका कृषकमा अकबरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ ।
युनाइटेड मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माण सम्पन्न
ताप्लेजुङस्थित मेवाखोलाबाट उत्पादन गर्न लागिएको युनाइटेड मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ। कुल ५० मेगावाट क्षमताको युनाइटेड मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न अर्थात् ‘ब्रेक थ्रु’ भएको हो।
प्रबुद्ध माविका प्रधानाध्यापक सम्पर्कविहीन
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–७ को प्रबुद्ध माध्यमिक विद्यालय च्यानमका प्रधानाध्यापक मधुप्रसाद खतिवडा सम्पर्कविहीन हुनुभएको छ ।
विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै
विद्युतीय जोखिम न्यूनीकरण गर्न भोजपुरका स्थानीयवासीले श्रमदान गरेर झाडी हटाएका छन् । रूखले विद्युतीय तार छुँदा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर उनीहरुले रूख तथा झाडी हटाएका हुन् ।