‘स्पार्क एडेभेञ्चर’: राजेश हमालदेखि विजय लामासम्म सहभागी
ओखलढुङ्गा र सोलुखुम्बुको पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्न ‘स्पार्क एडेभेञ्चर’ सञ्चालन गरिएको छ । पर्यटन प्रबर्धन गर्न उद्देश्यले ‘स्पार्क कार’को आयोजनामा ‘तेस्रो स्पार्क एड्भेञ्चर’ गरिएको हो ।
हामी कसैको बैसाखी बन्दैनौं : प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी अब कुनै दलको बैसाखी नबन्ने निष्कर्षमा पुगेको उद्घोष गर्नुभएको छ।
तरकारीमा ९७ प्रतिशतभन्दा बढी विषादी
धरान उपममहानगरपालिकाको कृषि उपज बजारमा आएको फूलकोपीमा ९७ प्रतिशतभन्दा बढी विषादी भेटिएपछि धरान उपमहानगरपालिकाले दैनिक विषादी परीक्षणको दायरा बढाएर परीक्षण सुरु गर्न थालेकोे छ ।
खोटाङमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव आजदेखि
खोटाङ, वैशाख २७ गते । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ आजदेखि आगामी जेठ–४ गतेसम्म सञ्चालन हुँदै छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विधाका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला÷पुरूष हाफ म्याराथनसहित दौड, खुला महिलारपुरूष टेबलटेनिस, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । महोत्सवको पहिलो दिन आज (वैशाख–२७ गते) खुला महिला र पुरूष हाफ म्याराथनसहित एथलेटिक्स विद्याका सबै प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । खुला महिला र पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा नेपाली सेना, जनपद र सशस्त्र प्रहरीका तीन वटै क्लब, विभिन्न जिल्लाका धावकगरी ३५ जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ । म्याराथनमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौ, छैटौँ र सातौँ हुनेले क्रमशः ७७ हजार सात सय ७७, ५५ हजार पाँच सय ५५, २५ हजार पाँच सय ५५, १५ हजार पाँच सय ५५, ११ हजार एक सय ११, सात हजार सात सय ७७ र पाँच हजार पाँच सय ५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको महोत्सवमा १० वर्षमुनिका छात्रछात्राका लागि एक माइल, १२ वर्षमूनिका छात्रछात्राका लागि दुई किलोमिटर, १५ वर्षमाथिका महिला÷पुरूषका लागि १० किलोमिटर, ६० वर्षमाथि पुरूषका लागि दुई किलोमिटर, आमाहरूका लागि पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमुनिका छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुने छ । दौड प्रतियोगितामा सहभागी हुनका लागि करिब सात सय धावकहरू जिल्ला भित्रिसकेको आयोजकले जनाएको छ । दस वर्षमुनिका छात्रछात्रा एक माल दौड प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले तीन हजार, दुई हजार, एक हजार, बाह्र वर्षमुनिका छात्रछात्रा दुई किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले, चार हजार, तीन हजार र एक हजार पाँच सय, ६० वर्षमाथिका पुरूषको दुई किलोमिटर र आमाको पाँच किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद पाँच हजार पाँच सय, तीन हजार पाँच सय र दुई हजार पाँच सयका दरले पुरस्कार प्राप्त गर्ने जनाइएको छ । बाह्र वर्षदेखि १५ वर्षमुनिका छात्रछात्रा सात किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद सात हजार पाँच सय, छ हजार पाँच सय र पाँच हजार पाँच सयको साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् । पैतीस वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १५ हजार, १० हजार र सात हजार पुरस्कार पाउनेछन् । १५ वर्षमाथिका महिला र पुरूष १० किलो मिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १५ हजार, १० हजार, सात हजारको साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् । महोत्सवको चौथो र पाँचौँ दिन ९वैशाख–३० र ३१ गते० खुला टेबलटेनिस र खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्ड हलमा टेबलटेनिस प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ । खुला सिनियर पुरूष टेबलटेनिस प्रतियोगिताअन्तर्गत प्रथम, द्वितीय र सेमिफाइनलिष्टले क्रमशः नगद २५ हजार, रु १२ हजार पाँच सय र सेमिफाइनलिस्ट दुई जनाले छ हजार दुई सय ५० का दरले पुरस्कार प्राप्त गर्ने छन् । खुला जुनियर पुरूष टेबलटेनिसमा प्रथम, द्वितीय र सेमिफाइनलिस्ट ले क्रमशः १५ हजार, सात हजार पाँच सय र सेमिफाइनलिस्ट दुई जनाले तीन हजार सात सय ५० का दरले नगद प्राप्त गर्ने छन् । खुला जुनियर महिला टेबलटेनिस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले १० हजार, पाँच हजार र सेमिफाइनलिस्टले दुई जनाले क्रमशः दुई हजार पाँच सयका दरले नगद पुरस्कार पाउने छन् । उनीहरूका लागि ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार, आठ हजार, सात हजार र चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । महोत्सवको अन्तिम दिन अर्थात् आगामी जेठ–४ गते साहित्यिक (गीत, गजल र कविता गायन तथा वाचन) कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।महोत्सव समापनको अवसरमा साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका जिल्ला बाहिरका एक जना महिला साहित्यकारलाई नगदसहित सम्मान गर्ने तयारी गरिएको जनाइएको छ । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । दिक्तेल बजारस्थित सिँचाइगेटबाट सुुरु हुने हाफ म्याराथन तथा दौड प्रतियोगितामा सहभागी हुने विभिन्न जिल्लाका धावक तथा दर्शकले जिल्लामा माहोल बनेको छ । छ दिनसम्म सञ्चालन हुने महोत्सवको अवसरमा करोडौँको कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङले जनाएको छ । महोत्सवका लागि ३९ लाख ५५ हजार ८७ बजेट लाग्ने अनुमान गरिएको सहआयोजक नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभयो ।
सगरमाथाकाे चुचुराेसम्म टाँगियाे डोरी, ४२१ आरोही चुचुरो जाँदै
काठमाडौँ, वैशाख २७ गते । “सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भ¥याङ टाँग्न पनि कठिन भयो” रोप फिक्सिङ्ग गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले भन्नुभयो । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो । सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहिबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए ।सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक लीलाधर अवस्थीले भन्नुभयो, “सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ र अब अन्य आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्नेछन् ।” मौसम अनुकूल रहेकाले पहिलो वीन्डमो सर्वाधिक आरोहणको अनुमान गरिएको उहाँले बताउनुभयो ।सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणको सकारात्मक सन्देशले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताउनुभयो । आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बद्द निकाय र एक्सपीडिसन कम्पनीले प्रभावकारी व्यवस्थापन गरेको उहाँले उल्लेख गर्नुभयो ।एटके एक्सपीडिसन कम्पनीका प्रवन्ध निर्देशकसमेत रहनुभएका आरोही लाक्पा शेर्पाले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मौसम अनुकूल छ । आजदेखि विदेशी आरोहीको आरोहण सुरु हुन्छ । अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको तेस्रो शिविरबाट चुचुरोतर्फ लागेका छन् ।”सगरमाथाको तेस्रो शिविर र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थानमा शेर्पा कामदार खटिएका छन् भने आरोहण प्रतिक्षामा रहेका आरोही आरोहण अभ्यासमा व्यस्त छन् । आधार शिविरदेखि तेस्रो शिविरसम्म आरोही आवत जावत गरिरहेका हुन् । मे १२ देखि १५ सम्म ‘समिट वीन्डो‘ छ र उक्त अवधिमा धेरै आरोहण हुने एक्सिपीडिसन कम्पनीको अनुमान छ । मे १६ र १७ मा हिमपात हुने मौसम पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुरूप यो पकट आरोहणमा जाम हुनसक्ने जनाइएको छ ।सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ्गको जिम्मेवारी पाएको एटके कम्पनीका प्रवन्ध निर्देशक शेर्पाले भन्नुभयो, “यो पटक सगरमाथामा बाक्लो हिउँले डोरी टाग्न गाह्रो भएको छ । पहिलो वीन्डोमा धेरै आरोहण हुने पूर्वानुमान गरिएको छ ।”अशोक लामाको नेतृत्वमा सातजना शेर्पा टोली सगरमाथाको चुचुरामो पुग्न सफल भएको हो । उक्त टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन् । यो पटक सगरमाथाको रोप फिक्सिमा १६ जना शेर्पा खटिएकामा सात जना मात्रै चुचुरोमा पुग्न सफल भएको जनाइएको छ ।सगरमाथामा मात्रै नभई ल्होत्से र आमादब्लम हिमालमा पनि बाक्लो हिउँका कारण बाटो बनाउन कठिन भएको जनाइएको छ । जलवायु परिवर्तनको प्रभावले आरोहक्षण क्षेत्रमा बढी रक भेटिएकाले बाटो बनाउनेकार्य कठिन भएको शेर्पाले जनाएका छन् । खराब मौसमका कारण सगरमाथाको दोश्रो शिविरदेखि चौथो शिविरसम्म बाटो बनाउन १४ दिन लागेको कम्पनीले जनाएको छ । चौथो शिविरबाट भने दुई दिनमा शेर्पा टोली चुचुरोमा पुगेका थिए ।“बाटो राम्रो छ, मौसम सफा छ । सयौ आरोही आरोहणका लागि प्रतिक्षरत छन्”, आरोही शेर्पाले भन्नुभयो, “मे ११ देखि १५ सम्म धेरै समिट हुने सम्भावना छ । अर्को वेवदर वीन्डो मे १९ देखि २४ सम्म रहेको छ ।”यो याममा विश्वकीर्तिमानी आरोशी कामीरिता शेर्पा ३१औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै कीतिर्मान तोड्ने तर्खरमा हुनुहुन्छ । टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा सगरमाथा पुग्नुभएको छ । त्यस्तै अर्का विश्वकीर्तिमानी आरोही सानु शेर्पा यो सिजनमा अति विशिष्ट पाहुना लिएर आरोहणमा जानुभएको छ । आठ हजार मिटरभन्दा माथिका हिमाल दुई पटक सफल आरोहण गर्नुभएका उहाँले तेस्रो पटक आठ हजार मिटरमाथिका हिमाल आरोहण गरेर आफ्नै नामको कीर्तिमान फङ्ग गर्ने योजनामा हुनुहुन्छ । भारतकी सबैभन्दा जेष्ठ नागरिकले आरोहण गर्ने तयारीमा हुनुहुन्छ । यो पटक एटके कम्पनीबाट सगरमाथा र ल्होत्सेमा गरी ५५ जना आरोही छन् ।समुद्री सतहदेखि पाँच हजार ३६४ मिटरको उचाइको आधार शिविरमा अध्याधिक चिसो रहेको शेर्पाले जानकारी दिनुभयो । माइनस २० डिग्रिको चिसोको प्रवाह नगरी आरोही आरोहण अभ्यासमा तल्लिन छन् । शिविरमा चहलपहल छ । शेर्पा ‘हाइ क्याप्स सेट’ [तेस्रो र चौथो शिविर व्यवस्थापन] मा छन् भने आरोही लुक्ला नाम्चे, वेसक्याम्पमा छन् । आधा जसो आरोही तेस्रो शिविरतिर पुगेका छन् ।अहिलेसम्मको अवस्था हेर्दा मे १४ र १५ मा सगरमाथामा बढी ट्राफिक जाम हुने सम्भावना रहेको प्रवन्ध निर्देशक शेर्पाले बताउनुभयो । यो पटक धेरै आरोहीलाई सहज होस भनेर चाँडो सगरमाथाको आरोहण खुलाइएको उहाँको भनाइ छ ।सन् २०१३ र २०१७ मा सगरमाथाको रोप फिक्सिङ्ग गर्नुभएका लाक्पा शेर्पाले जलवायु परिवर्तनका कारण हिउँ पक्लिएर पछिल्ला वर्षहरुमा सगरमाथा क्षेत्रमा बढी रक भेटिएको छ । हिउँ भएको ठाउँमा बाक्लो हिउँ परेको छ ।खुम्बु आइसफलमा बढी रक देखिएकोले सगरमाथा प्रदुषण नियन्त्रण समिति ९एसपीसिसी० ले मे २९ मै बाटोका भ¥याङ उठाउने जनाएको छ । पर्यटन विभागबाट ७५ दिनको आरोहण अनुमति लिएर आरोही सगरमाथा गएका छन् । सगरमाथा आरोहण ४० दिनको हुन्छ । आरोही सगरमाथाको चुचुरोमा पुगेपछि दुई दिनभित्र आधारशिविर झर्छन् । उनीहरुले १० देखि १५ दिन तेस्रो शिविरसम्म अभ्यास गर्छन् ।एक्सपीडिसन अपरेटर एसोसिएसनले दोस्रो शिविरदेखि चुचुरोसम्म रोप फिक्सिङ्ग गरेको छ । सपीसिसीले आधार शिविरदेखि दोस्रो शिविरसम्म खुम्बु आइसफल क्षेत्रको बाटो बनाएको थियो ।सगरमाथा चढ्न ४२१ लाई अनुमतिपर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अझै एक-दुई टीम थपिने विभागको अनुमान छ । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए । सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ । सबै हिमालबाट ७८ करोड सङ्कलन भएको छ ।
क्याम्पसमा निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा
फुङलिङ नगरपालिकाको समन्वयमा पाथीभरा बहुमुखी क्याम्पसले लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको एकमात्र स्नातकोत्तर तहको अध्ययन हुने पाथीभरा बहुमुखी क्याम्पसले खरिदार तथा नायब सुब्बा पदका लागि लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।
धनकुटामा गुलाफ प्रवर्द्धन कार्यक्रम
धनकुटाको चौबिसे गाउँपालिकाले गुलाफ प्रवद्र्धन कार्यक्रम सुरू गरेको छ। गुलाफ पार्कको अवधारणसहित सुरु गरिएको प्रवद्र्धन अभियानका लागि गाउँपालिकाले एक रोपनी जग्गामा मौसमअनुसार फुल्ने विभिन्न १८ प्रजातीका गुलाफ फूल संकलन गरेको छ।
दस केजी गाँजासहित एक जना पक्राउ
धनकुटाको साँगुरीगढी गाउँपालिकामा टाटा विङ्गर माइक्रोबाट १० केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
चार करोड लागतको पुल नीलगिरी कन्स्ट्रक्सनले दश वर्षदेखि अलपत्र पार्यो
संविधानसभा निर्वाचनको बेला यहाँका ठुला राजनीतिक दलले चुनावी एजेन्डा बनाएको मोरङको सुनवर्षी नगरपालिका वडा नं. १ को जोगीधाप –केचना जोड्ने मरिया बक्राहा खोलाको पुल १० वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन ।
भत्किएको पुल भएन पुनर्निर्माण
मदन भण्डारी राजमार्गको धरान उपमहानगरपालिका–८ स्थित अरुण टोलमा रहेको तीनढ्वाङ्गे–खहरे पुल भत्किएको वर्ष दिन हुन लाग्दासमेत पुनर्निर्माण भएको छैन । नेपा
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।
बाल पोषणभत्ता एक हजार बनाउन सरोकारवालाको माग
बाल पोषणभत्ता बढाउन सरोकारवालाले माग गरेका छन्। अहिले दिइरहेको ५३२ रुपियाँ रकम बढाएर मासिक एक हजार रुपियाँ बनाउनुपर्ने सरोकारवालाको माग रहेको छ।
एसइईमा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई ल्यापटप
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सर्वोत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रालाई एक–एक थान ल्यापटप प्रदान गरेको छ। फुङ्लिङ नगरपालिकाभित्रबाट २०८१ को एसइईमा सर्बोत्कृष्ट नतिजा ल्याउन सफल एक छात्र र एक छात्रालाई ल्यापटप कम्प्युटर प्रदान गरी सम्मान गरिएको हो।
एमाले पूर्व जिल्ला अध्यक्ष साम्सोहाङलाई कारबाही
नेकपा (एमाले) कोशी प्रदेश समितिले ताप्लेजुङका पूर्व अध्यक्ष बलबहादुर साम्सोहाङलाई कारबाही गरेको छ। कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका साम्सोहाङ र युवा नेता मणिशङ्कर पोमुलाई पार्टीले कारबाही गरेको हो।
प्रजातन्त्र सेनानी पूर्वमन्त्री गुरुङको सम्झाना
प्रजातन्त्र सेनानी पूर्वमन्त्री सूर्यमान गुरुङको सम्झाना गरिएको छ । लोकतान्त्रिक आन्दोलनका एक अगुवाका रुपमा परिचित व्यक्तित्व नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका गुरुङको बिहीबार प्रथम स्मृतिसभा आयोजना गरी सम्झाना गरिएको हो ।
कोशी उच्च बाँध निर्माण योजना खारेज गर्न माग
कोशी उच्च बाँध निर्माण योजना खारेजीको माग गर्दै सप्तकोसी उच्च बाँध विरुद्ध सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार सङ्घर्ष समितिका अध्यक्ष असीम राई लगायतको टिमले सहिदभूमि गाउँपालिका र धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेललाई उक्त ज्ञापन पत्र बुझाएको हो ।
‘गोरखापत्र’ नेपाली पत्रकारिताको अभिभावक
विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइरालाले ‘गोरखापत्र’ नेपाली पत्रकारिताको अभिभावक भएको बताउनुभएको छ । उहाँले गोरखापत्र दैनिक १२५ वर्षमा प्रवे
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस
यहाँको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदर्शालाई बस हस्तान्तरण गरिएको छ ।
कोशी प्रदेशसभा अधिवेशन आह्वान
कोशी प्रदेशसभाको सातौं अधिवेशन आउँदो जेठ ४ गतेका लागि आह्वान गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार विज्ञप्ति जारी गरी जेठ ४ गते आइतबार दिउँसो २ बजेका लागि प्रदेशसभाको सातौं अधिवेशन आह्वान गर्नुभएको हो ।
रारा रनिङ गोल्डकपमा आठ टिम
धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा १२औँ संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
गणतन्त्र दिवस तीन दिन मनाइने
कोशी प्रदेश सरकारले यस वर्षको गणतन्त्र दिवसलाई विशेष बनाउने तयारी गरेको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिवसलाई केवल औपचारिकता नभई उत्सवका रूपमा मनाउन निर्देशन दिनुभएको छ ।
वाइसिएल नेपाल ताप्लेजुङको सम्मेलन सुरु
नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठनका रुपमा रहेको योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल ताप्लेजुङको सम्मेलन सुरु भएको हो । वाइसिएल नेपालको तेस्रो जिल्ला सम्मेलन मङ्गलबार अपराह्नपछि सदरमुकाम फुङ्लिङमा सुरु भएको हो ।
सरकारको कार्यशैलीप्रति असन्तुष्टी
कोशी प्रदेश सरकारको प्रमुख साझेदार दल नेपाली कांग्रेस सरकारको कार्यशैलीसँग असन्तुष्ट देखिएको छ ।
चौथो औद्याेगिक प्रदर्शनी तथा पर्यटन महोत्सव सुरू
घरेलु उत्पादनको प्रवर्धन एवम् पर्यटन तथा जातीय परिकार प्रवर्धनका लागि चौथो औद्याेगिक प्रदर्शनी तथा पर्यटन महोत्सव २०८२ धनकुटामा सुरू भएको छ ।