ताप्लेजुङमा सूचना विभागको घुम्ती शिविर सुरु
ताप्लेजुङमा सूचना तथा प्रशारण विभागको आयोजनामा दुई दिने घुम्ती शिविर सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको सहकार्यमा सदरमुकाम फुङ्लिङमा आइतबारदेखि घुम्ती शिविर सुरु भएको हो ।
एमाले सुनसरी जिल्ला सम्मेलन जेठमा
नेकपा (एमाले) सुनसरीको १२ औं जिल्ला अधिवेशनको आगामी जेठ ५ देखि ७ गतेसम्म गर्ने भएको छ । आइतबार एमाले सुनसरीको १२ औं पूर्ण बैठकले जिल्ला सम्मेलनको मिति घोषणा गर्ने निणर्य गरेको हो ।
इलाममा कांग्रेसको अग्रता कायमै : एमाले ८३ मतले पछाडि
प्रारम्भिक नतिजामा कांग्रेसका डम्बर खड्काले अग्रता लिनुभएको हो। उहाँले ११ सय ५५ मत ल्याउनुभएको छ। एमालेका सुहाङ नेम्वाङले हजार ७२ मत पाउनुभएको छ ।
इलाम उपनिर्वाचनः फाकफोकथुम १ र २ को मतगणना सम्पन्न
इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । फाकफोकथुम गाउँपालिका–१ र २ को दुई हजार आठ सय ३६ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार एक सय ४५ मत प्राप्त गर्नुभएको छ ।
इलामको प्रारम्भिक नतिजामा कांग्रेसको अग्रता
प्रारम्भिक नतिजामा कांग्रेसका डम्बर खड्काले अग्रता लिनुभएको छ। उहाँले ६५७ मत ल्याउनुभएको छ। एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाउनुभएको छ भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १२७ मत ल्याउनुभएको छ।
ओखलढुङ्गामा एक करोड ४३ लाखभन्दा बढी राजस्व सङ्कलन
जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले एक करोड ४३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि चैत्र मसान्तसम्म नौ महिनाको अवधिमा एक करोड ४३ लाख २७ हजार ५९० रुपियाँ राजश्व सङ्कलन गरेको हो ।
गोरखापत्रकर्मी यादव सम्मानित
अपन स्वर्ग नेपाल कला संस्कृति केन्द्रीय कार्यालय सुनसरीले साहित्य र पत्रकारिताका माध्यमबाट समाजमा योगदान पुर्याएबापत गोरखापत्र दैनिकका इनरुवा समाचरदाता जयकृष्ण यादवलाई सम्मान गरेको छ ।
इलाममा मतगणना सुरु
इलामको निर्वाचन क्षेत्र नं. २ को मतगणना सुरु भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकको निर्णय अनुसार केही बेर अघिबाट मत गणना सुरु भएको हो ।
स्वर्णिम साहित्य पुरस्कारबाट दुई जना सम्मानित
सुनसरीको वराहक्षेत्रमा रहेको स्वर्णिम साहित्य समाजले स्थापना गरेको ‘स्वर्णिम साहित्य पुरस्कार’ बाट दुई जनालाई सम्मान गरिएको हो ।
हात्तीको आक्रमणबाट वृद्ध घाइते
हात्तीको आक्रमणबाट झापाको मेचीनगरमा एक जना वृद्ध घाइते भएका छन् ।
झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै
कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्तीपाइलेको समस्या छ । झापाका १५ वटै पालिकाको एक सय ३१ वडामा नौ लाख ६१ हजार आठ सय ६१ जनालाई वैशाख १६ देखि ३० गतेसम्ममा औषधि खुवाउने अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताउनुभयो ।
सामुदायिक विद्यालयमा आकर्षण
सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ मा रहेको एक सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ । स्थानीय पृथ्वीनारायण माध्यमिक विद्यालयमा चालु शैक्षिक वर्षबाट अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको हो । विद्यालयले सरोकारवालाहरूसँग छलफल गरेर पहिलो वर्ष कक्षा शिशु र कक्षा १ बाट अङ्ग्रेजी माध्यमको पठनपाठन सुरु गर्ने गरी भर्ना अभियान चलाएको छ ।
धरानलाई दुर्व्यसनरहित बनाइने
धरानलाई लागुपदार्थ दुर्व्यसनहित सहर बनाउन हरेक शुक्रबारलाई सुधारबार भनी सुरु गरिएको सचेतना कार्यक्रम एक सय हप्ता पुगेको छ । सो अवसरमा नगर प्रमुख हर्कराज राईको नेतृत्वमा बृहत् र्यालीसहित नाटक कार्यक्रमको आयोजना गरियो । लागुऔषध प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । पछिल्लो समय धरान लागुऔषधको प्रयोगकर्ताको केन्द्र जस्तै बन्न थालेको छ । यो सामाजिक समस्यालाई न्यूनीकरण गर्न सचेतना अभियान कार्यक्रमको सुरुवात गरिएको नगर प्रमुख राईले बताउनुभयो । धरानलाई लागुपदार्थरहित बनाउनका
उपनिर्वाचन (मतगणना) इलाम– २
उपनिर्वाचन २०८१ (मतगणना) इलाम– २
इलाममा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
इलामको निर्वाचन क्षेत्र नं. २ को मतगणना गर्नका लागि अहिले बिहान ७ बजे सर्वदलीय बैठक बस्दै छ । मत पेटिका अबेर मात्र आई पुगे पछि बिहान ७ बजे सर्वदलीय बैठक बसेर उक्त बैठकको निर्णय अनुसार मतगणना सुरु गरिने भएको हो ।
इलामको मतगणना ११ बजेदेखि हुने
इलाम निर्वाचन क्षेत्र २ को मतगणना आज ११ बजेदेखि हुनेभएको छ । निर्वाचन क्षेत्रका दुर्गम मानिएका चुलाचुली, माङसेबुङलगायतका क्षेत्रको मतपेटिका राति अबेर मात्र आइ पुगेकाे र सर्वदलिय बैठकको निर्णय बसेर मतगणना ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
आगलागीले ६ परिवारका १० घर जलेर नष्ट
सुनसरी हरिनगर गाउँपालिका २ साविक रामनगर भुटाहा ७ मा आगलागी हुदाँ ६ परिवारका १० घर जलेर नष्ट भएको छ ।
भोजपुर गोल्ड कप उपाधि चर्च ब्वाइजको पोल्टामा
सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ ।
इलाममा मतगणना आज रातिदेखि
इलाममा निर्वाचन सम्पन्न भएसँगै इलाम सदरमुकाममा मतगणनास्थल तयारी पूरा गरिएको छ । आजै रातिदेखि मतगणना गर्ने तयारी भएको बताइएको छ ।
इलाममा ५७ प्रतिशत मात्र मत खस्यो
इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ ।
पत्रकार राईलाई खेलकुद मिडिया अवार्ड
पत्रकार निशा राईलाई धरान खेलकुद मञ्च मिडिया अवार्ड २०८०’ द्वारा सम्मान गरिएको छ ।
इलाम उपनिर्वाचन : सक्कियो मतदान
इलाम–२ मा शनिबार प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको समय सक्किएको छ । अहिले मतदान स्थल भित्र प्रवेश गरेका मतदाताले मत खसाल्ने कार्य अन्तिम चरणमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वराहक्षेत्र तपोभूमि हो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वराहक्षेत्र देवभूमि, पून्यभूमि, तपोभूमि र ज्ञानभूमि भएको बताउनुभएको छ ।
पथरीशनिश्चरे गोल्डकप जेठमा
मोरङको पथरीशनिश्चरे नगरपालिकामा अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्ड कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।