विदेशको आम्दानी चौँरीमा लगानी
फालेलुङ–४ का अजय केरुङले कतार र बहराइन गरी १२ वर्ष रोजागरी गरेर जोरजाम गरेको रकम घर फर्केलगत्तै चौँरी गोठमा लगानी गर्नुभएको छ । उहाँले गत माघमा १२ माउ चौँ
प्रधानमन्त्री प्रचण्डलाई पर्यटन महोत्सवमा निमन्त्रणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ताप्लेजुङ पर्यटन महोत्सवमा निमन्त्रणा गरिएको छ। प्रधानमन्त्री प्रचण्डलाई आगामी जेठ ३ देखि ७ गतेसम्म हुने ताप्लेजुङ पर्यटन महोत्सव २०८१ मा निमन्त्रणा गरिएको हो।
‘द्वन्द्वपीडितको माग सुनुवाइ भएन’
संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन नहुँदा द्वन्द्वको घाउ निको हुन नसकेको इलामका द्वन्द्वपीडितहरुले गुनासो गरेका छन् । करिब २८ वर्ष बित्न लाग्दा पनि सरकार गम्भीर नहुँदा घाउ ताजै रहेको पीडितको गुनासो छ ।
तोडफोडपछि गौरीगन्ज आधारभूत अस्पताल अनिश्चितकालका लागि बन्द
झापास्थित गौरीगन्ज आधारभूत अस्पतालले अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । ठुलो सङ्ख्यामा आएका आक्रोशित समूहले अस्पताल तोडफोड गरेपछि अस्पतालले अनिश्चितकालका लागि अस्पताल सबै सेवा बन्द भएको हो ।
पूर्वे मसला उद्योगको गोदाममा आगलागी हुँदा लाखौंको क्षति
झापाको दमक नगरपालिका वडा नं. ६ भगवान टोलका व्यवसायी राजीव पूर्वेको घर तथा गोदाममा शुक्रबार बिहान आगलागी भएको छ । नयाँ तरकारी बजार नजिक बाक्लो बस्ति भएको ठाउँमा आगलागी भएको हो ।
परीक्षा दिएर फर्कँदै गर्दा छात्रामाथि गोली प्रहार
झापाको दमकमा एक छात्रामाथि शुक्रबार दिउँसो गोली प्रहार भएको छ । हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्नुभएको १७ वर्षीया एनिका अधिकारीमाथि दमक वडा नं. ५ ज्येष्ठ नागरिक प्रतिष्ठान नजिक गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
धानमा रोग लागेपछि किसान चिन्तित
खोटाङको जन्तेढुंगा गाउँपालिकाको सावा खोला किनारमा रोपिएको धान बालीमा पहिचान नभएको रोग फैलिएको छ । धानमा रोग फैलिएपछि किसान चिन्तित भएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी कार्यक्रम
विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा धरानमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।
गिर्खेगिर्खा बोकेका शरणार्थी डम्बरबहादुर उपचारको खोजीमा
कामको खोजीमा निस्किएको बेला शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्च आयोग (युएनएचसीआर)ले नेपालको पथरीशनिश्चरे र दमकमा बसिरहेका शरणार्थीको प्रमाणीकरण गर्यो । त्यो बेला शरणार्थी शिविरमा अहिले जस्तो सूचना सञ्चारको पहुँच थिएन । त्यसैले शरणार्थीको प्रमाणीकरण सूचीमा ४६ वर्षीय डम्बरबहादुर रानाको नाम छुट्यो ।
झाडापखालाका कारण बालकको मृत्युपछि आफन्तद्वारा अस्पतालमा तोडफोड
झाडापखाला कारण झापाको गौरीगन्ज गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । गौरीगन्ज गाउँपालिका– ६ खजुरगाछीका रामदेव महतोका ११ वर्षीय छोरा उमेश महतोको झाडापखालाका कारण मृत्यु भएको जनाइएको छ ।
महिलालाई कानुनी सचेतनासम्बन्धी तालिम
सुनसरीको दुहबी नगरपालिका ७ का ग्रामीण क्षेत्रका अगुवा महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी तीन दिवसीय तालिम दिइएको छ ।
श्रीमानले श्रीमतीको हत्या गरेको आशङ्का
मोरङको सुन्दरहरैँचा–५ गोर्खाली टोलका पदम तामाङले श्रीमतीको हत्या गरेको आशङ्का गरिएको छ । बुधबार राति १ बजेतिर ४५ वर्षीया श्रीमती मनमाया तामाङको हत्या गरी पदम फरार भएका हुन् ।
सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत
हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन् । आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको काम अघि बढाइएको छ ।
'गर्मीमा बालबालिकाको विशेष हेरचाह आवश्यक'
झापा सहित पूर्वी तराईमा गर्मी अधिक बढेपछि बालबालिकामा विभिन्न प्रकारका रोगको देखिएको छ ।
झापामा हात्तीपाइले रोगको जोखिम कायमै
झापामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम चलिरहँदा हात्तीपाइले रोगबाट सङ्क्रमित बिरामीहरू फेला पर्न थालेका छन् । यसले अझै पनि झापा हात्ती पाइले रोगको सङ्क्रमणको उच्च जोखिममा रहेको पाइएको छ ।
जीवनको क्यानभासमा दाम्चा र नल टाँस्दै रामकुमार
आधा शरीर नचलेर ओछ्यान परेका ४१ वर्षीय रामकुमार तिवारीको समय केराका दाम्चा र छ्वालीका नल टुक्रा पार्ने कार्यमै बित्ने गरेको छ । दिग्दारीलाग्दो समयलाई दाम्चा, नल, गम र कागजसँगै खेलेर तिवारीले सिर्जनशील कार्य गर्दै आउनुभएको छ । चित्रले माग गरेको आकारप्रकारका दाम्चा र छ्वालीका टुक्रालाई गमको सहायताले कागजमा टाँसेर तिवारीले सुन्दर कला तयार पार्दै आउनुभएको छ ।
पाँचथर गोल्डकप प्रतियोगिताको आयव्यय सार्वजनिक
पाँचथर क्लबले गत फागुन १३ देखि १९ गतेसम्म फिदिममा सम्पन्न गरेको चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ।
पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग भएको बताउनुभएको छ ।
कैदीबन्दीलाई लागूऔषधसम्बन्धी प्रशिक्षण
ताप्लेजुङ कारागारमा रहेका कैदी बन्दी (थुनुवा) लाई लागूऔषधसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले कारागारमा रहेका कैदी तथा थुनुवालाई लागूऔषधसम्बन्धी प्रशिक्षण दिएको हो।
एमाले ताप्लेजुङको अधिवेशनको तयारी तीव्र
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङको अधिवेशनको तयारी तीव्र छ । जिल्ला अधिवेशनको मिति नजिकिएसँगै एमाले जिल्ला कमिटीले तयारी तीव्र पारेको हो ।
डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !
तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहनुभएको थियो । छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्नुहुन्थ्यो ।
दुर्घटनामा प्रहरीको निधन
सुनसरीको इनरुवामा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट प्रहरीको निधन भएको छ।
सर्पले डसेर महिला घाइते
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सर्पले डसेर एक महिला घाइते हुनुभएको छ । सिदिङ्वा गाउँपालिका –३ आङ्खोप, डाँडाखर्ककी ५८ वर्षीया शिला राई सर्पले डसेर घाइते हुनुभएको हो ।