एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक
झापाको कमल गाउँपालिकामा एक माध्यमिक विद्यालयमा २ जना निमित्त प्रधानाध्यापक भएपछि प्रशासनिक काम र विद्यार्थी भर्ना अभियान नै प्रभावित भएको पाइएको छ । कमल गाउँपालिकाकै ठुलो सामुदायिक विद्यालयहरू मध्येको एकमा पर्ने श्री वाणी माध्यमिक विद्यालयमा २ जना निमित्त प्रधानाध्यापक भएपछि यसका असर विद्यालय भर्ना अभियानमा समेत परेको पाइएको हो ।
करेन्ट लागेर नाबालकको मृत्यु
झापाको शिवसताक्षीमा १८ महिनाको एक नाबालकको करेन्ट लागेर मृत्यु भएको छ ।
अरुण नदी तर्न अझै फेरीकै भर
उत्तरी क्षेत्रबाट भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा वैकल्पिक उपायको रुपमा फेरीको सहायताले सवारी तथा ढुवानी साधन तारिँदै । वर्षायाम सुरु भएसँगै पानीको बहाव बढ्ने भएकाले करिब छ महिना फेरी बन्द हुने हुँदा यस क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बन्दै आएको छ ।
बिर्तामोड नगरपालिकाद्वारा बिरामीलाई सहयोग
‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात’ भएका बिरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक पाँच हजार उपलब्ध गराउँदै आएको छ ।
आगलागीमा परी आमा छोराको मृत्यु
सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परि आमा छोराको ज्यान गएको छ । आगलागीमा परि करिब ५५ वर्षीया पुन्यकुमारी धमला र उहाँका १५ वर्षीय छोरा कन्चन धमलाको ज्यान गएको हो ।
मनमोहन गान्धी मार्ग अझै सञ्चालनमा आएन
तीन दिनदेखि अवरुद्ध मोरङको मनमोहन गान्धी मार्ग अझै सञ्चालनमा आउनसकेको छैन । मोरङको पथरी शनिश्चरे नगरपालिका हुँदै दक्षिण भारत जोड्ने सडकको काम समयमै सम्पन्न नभएको भन्दै स्थानीयले शनिबार पथरी शनिश्चरे-९ स्थित महेन्द्रचोकमा सडक अवरुद्ध गरेका थिए ।
भीमनारायण कपमा एपिएफको विजयी सुरुवात
विभागीय टोली एपिएफ क्लबले १६औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
हेल्थ डेस्कबाट पाँच हजारभन्दा बढीले लिए सेवा
महाकुम्भ मेला सुरु भएसँगै गत चैत २७ गतेबाट नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले धरानको पिण्डेश्वर वावाधाम परिसरमा सञ्चालन गरेको निःशुल्क हेल्थ डेस्कबाट हालसम्म सेवा लिने तिर्थालु भक्तजनहरुको संख्या पाँच हजार १३ पुगेको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउनुभयो ।
जर्मनीमा सुन्दरपानीको चिया
झापाको भद्रपुरका उदय चापागाईंले प्रवीणता प्रमाणपत्र तहको परीक्षा दिन २०२८ सालमा इलाम जाँदा क्याम्पसको वरिपरि डाँडाकाँडामा चिया बगान देखेपछि चियामै रमाउने सपना बुन्नुभयो । पहिलो पटक इलाम पुग्दा थुम्का थुम्कामा हरियो चिया देख्दा चापागाईंलाई लागेको थियो, हरियो इलामको चिया विश्वलाई चखाउन पाए हुने थियो । उहाँको त्यो सपना अहिले ५३ वर्षको अवधिमा पूरा भएको छ । भोजपुरबाट १० वर्षको उमेरमा चापागाईं परिवारसहित भद्रपुर आउनुभएको थियो । सामान्य खेतीपाती गर्ने परिवारमा हुर्किएका उहाँले स्नातकोत्तर पढदै गर्दा चिया खेती र व्यवसायमा होमिनुभयो । पढाइ सकेर उहाँ जर्मनी घुम्न जानुभयो । आफू नेपालमा चिया खाइराखेको भएकाले उहाँले जर्मनी पुगेर चिया खान जोज्दा त्यहाँको सहरमा भारतको
शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौँ
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङको सदरमुकाममा अवस्थित नगरपालिका हो । सामुद्रिक सतहबाट सात सय मिटरदेखि दुई हजार २५० मिटरसम्मको उचाइमा अवस्थित नगरपालिका कुल २४६.५१ वर्ग किमी क्षेत्रफल
भारतले पुनः रोक्यो नेपाली चिया
नेपालबाट भारत निकासी हुने नेपाली चियालाई भारत पक्षले फेरि रोकेको छ । चियाको प्रयोगशाला परीक्षण गर्ने बहानामा भारतले पछिल्लो पटक दुई दिनदेखि नेपाली चिया रोकेको हो ।
कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।
सीमानाका ७२ घण्टाका लागि बन्द
भारत बिहार राज्यको सुपौल जिल्लास्थित हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि नेपाल र भारतको सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ ।
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित हुनुभएको छ । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित हुनुभएको हो ।
मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर
हिलिहाङ–७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क बस्तीका तीन सयभन्दा बढी परिवारले उपयोग गर्दै आएको साँचेखोला खानेपानीको मुहान सुकेपछि ट्याङ्करबाट खानेपानीको व्यवस्था गरिएको हो ।
सगरमाथा जाने बाटो भत्किएपछि आरोहण ठप्प
सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणको मुख्य मार्ग खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि सगरमाथा आरोहण ठप्प भएको छ । पहिलो क्याम्प नजिकैको ५९०० मिटर उचाइमा शनिवार राती करिब एक सय मिटर भन्दा लामो दुरीमा बाटो भत्किएपछि आरोहण कार्य रोकिएको हो ।
हलेसी–वराह क्षेत्र र पाथीभरालाई जोडेर विकास गर्छौँ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–वराह क्षेत्र र पाथीभरालाई जोडेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । सोही अनुसार प्रदेशले तीन धार्मिक स्थललाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको हो ।
रायोमा रमाएको मजुवा
धनकुटाको छथरजोरपाटी गाउँपालिका-६ स्थित मुजवा गाउँका भद्रबहादुर विष्ट अहिले रायो खेतीमा व्यस्त हुनुहुन्छ। केही महिना पहिले बारीमा लगाएको रायो अहिले आम्दानी लिने चरणमा छ। उहाँ अहिले दैनिक जसो रायो टिप्न, पानी लगाउन तथा बिक्री वितरण गर्ने कार्यमा व्यस्त हुनुहुन्छ।
वर्तमान सत्ता समीकरणमा समस्या छैन : सचिव भट्टराई
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताउनुभएको छ।एमालेकै सोचमा नयाँ सत्ता समीकरण बनेकाले कुनै समस्या नरहेको नेता भट्टराईले बताउनुभयो ।
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ । विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो ।
वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस दुर्घटना, १६ जनाभन्दा बढी घाइते
झापाको बिर्तामोडमा आयोजित वाइसिएलको जिल्ला अधिवेशनमा आफ्ना कार्यकर्ता बोकेर आउँदै गरेको बस झापा बिर्तामोड चारपाने सडकखण्डमा दुर्घटना हुँदा बसमा सवार १६ जनाभन्दा कार्यकर्ता घाइते बनेका छन् ।
भोजपुर–विराटनगर हवाई उडान ६ वर्षपछि पुनः सुचारु
भोजपुर–विराटनगर हवाई उडान सेवा ६ वर्षपछि पुनः सुचारु भएको छ । वि.स २०७४ बाट प्राविधिकलगायत विभिन्न कारणले बन्द रहेको उडान हाल उक्त समस्याहरू समाधान भएसँगै पुनः उडान सुचारु भएको हो ।
अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई गाउँमै सेवा उपलब्ध गराउन घुम्ती शिविर आयोजना गरेको छ ।
बन्द भएको छ वर्षपछि भोजपुर-विराटनगर उडान सुरु
उडान बन्द भएको छ वर्षपछि भोजपुर-विराटनगर पुनः हवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ । नेपाल वायुसेवा निगमको जहाजले पुनः आजदेखि भोजपुर-विराटनगर उडान थालेको हो ।