• ६ जेठ २०८१, आइतबार

आगलागीमा परी आमा छोराको मृत्यु

blog

शेरबहादुर राई
ओखलढुङ्गा, वैशाख २४ गते ।
 सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परी आमा छोराको ज्यान गएको छ । आगलागीमा परि करिब ५५ वर्षीया पुन्यकुमारी धमला र उहाँका १५ वर्षीय छोरा कन्चन धमलाको ज्यान गएको हो ।

सोमबार दिउँसो बाहुनडाँडा कोल पाखामा निजी खरबारीमा राखिएको खर घाँस जोगाउने क्रममा आगोले जलेर आमा छोराको ज्यान गएको स्थानीय शिक्षक युवराज धमलाले जानकारी दिनुभयो ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पनि पुष्टि गरेको छ । केही दिन अघिदेखि नजिकैको बसाहा हरिबोले सामुदायिक वनमा लागिरहेको आगो अनियन्त्रित भएर गाउँ नजिकैको खर वनमा प्रवेश गरेको थियो ।

अहिले जिल्लाको विभिन्न छ स्थानका सामुदायिक वन जङ्गलमा आगलागी भइहरेको प्रहरी निरीक्षक बालिस्टार सिंहले बताउनुभयो । हालसम्म करिब ८० वटा वनलाई आगलागीले सखाप बनाएको प्रहरीले जनाएको छ ।