• ६ जेठ २०८१, आइतबार

भीमनारायण कपमा एपिएफको विजयी सुरुवात

blog

प्रतियोगितामा प्रतिस्पर्धा गर्दै एपिएफ र चारतारे यूथका खेलाडी । तस्बिर : गोरखापत्र

कविराज घिमिरे 

हिले, वैशाख २४ गते । विभागीय टोली एपिएफ क्लबले १६औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । 

सोमबार बिहान भएको खेलमा एपिएफले मोरङकाे चारतारे यूथ क्लबलाई १–० गोलले हरायो । आइतबार वर्षाले गर्दा खेल मैदान जलमग्न भएपछि रोकिएर सोमबार भएको हो । एपिएफको जितमा बुद्धिमान राईले खेल सुरु भएको पहिलो मिनेटमै गरेको गोल निर्णायक बन्यो । एपिएफका सुमन श्रेष्ठ म्यान अफ दि म्याच हुनुभयो । 

प्रतियोगिताको दोस्रो खेल सोमबार दिउँसो विभागीय टोली त्रिभुवन आर्मी क्लब र साबिक विजेता बिर्तामोड युनाइटेड क्लब झापाबिच हुनेछ । जेठ २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछ ।