• ५ जेठ २०८१, शनिबार

वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस दुर्घटना, १६ जनाभन्दा बढी घाइते

blog

झापा बिर्तामोड चारपाने सडकखण्डमा दुर्घटना भएको बस । तस्बिर : लीलाराज खडका

लीलाराज खडका
बिर्तामोड, वैशाख २२ गते ।
 झापाको बिर्तामोडमा आयोजित वाइसिएलको जिल्ला अधिवेशनमा आफ्ना कार्यकर्ता बोकेर आउँदै गरेको बस झापा बिर्तामोड चारपाने सडकखण्डमा दुर्घटना हुँदा बसमा सवार १६ जनाभन्दा कार्यकर्ता घाइते बनेका छन् ।

झापाको गौरीगञ्जबाट बिर्तामोडतर्फ आउँदै गरेको को१ ख ३००९ नम्बरको   बस चारपानेमा बाटो दक्षिणपट्टि दुर्घटना भएको हो ।

दुर्घटनामा अहिलेसम्म १६ जना घाइतेलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको र अझै घाइतेको सङ्ख्या थपिन सक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो ।

बिर्तामोडको सिटी सेन्टरमा शनिबार नेकपा (माओवादी केन्द्र)निकट युवा सङ्गठन वाइसिएलको छैटौँ जिल्ला भेला आयोजना गरिएको थियो ।