• ६ जेठ २०८१, आइतबार

करेन्ट लागेर नाबालकको मृत्यु

blog

बिष्णुप्रसाद पोखरेल

दमक, वैशाख २५ गते । झापाको  शिवसताक्षीमा १८ महिनाको एक नाबालकको करेन्ट लागेर मृत्यु भएको छ ।  

शिवसताक्षी नगरपालिका वडा नं. ७ का सुनिल राजवंशीको १८ महिनाको नाबालक छोरा सोमबार दिउसो खेल्ने क्रममा पानी तान्ने मोटर चलिरहेको अवस्थामा करेन्ट लागेर गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका लागि पुर्याईएकोमा अस्पतालका चिकित्सकले मृत्यु भइसकेको जनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनु भयो ।

आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर साँझ अस्पतालबाट शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उहाँले जनाउनु भयो ।