उपनिर्वाचन : कांग्रेस उम्मेदवार छनोटमा कमजोर
उपनिर्वाचनमा उम्मेदवारी छनोटमा कमजोर भएको नेपाली कांग्रेसको बुझाइ छ । उपनिर्वाचनमा ढिला गरी उम्मेदवार टुङ्ग्याएको कांग्रेसले इलाम–२ मा सोचेजस्तो मतपरिणाम आफ्नो पक्षमा पार्न नसकेको कांग्रेसको भनाइ छ ।
भ्यान दुर्घटना हुँदा एकको मृत्यु
मेची राजमार्गअन्तर्गत रोङ–४ को बाघखोरमा भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुधबार बिहान झापाबाट इलामतर्फ आउँदै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान अनियन्त्रित भई राजमार्गबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
भीरबाट लडेर मृत्यु
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक जनाको मृत्यु भएको छ। सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका हस्तबहादुर थेबे लिम्बूको भीरबाट लडेर मृत्यु भएको हो।
देश बनाउने शक्ति एमालेसँग छ : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक सीप एमालेसँग मात्र भएको बताउनुभएको छ ।
विद्यार्थीलाई ट्रेकसुट र शैक्षिक सामग्री वितरण
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रेकसुट र शैक्षिक सामग्री वितरण गरिएको छ।
रुखबाट लडेर एक जनाको मृत्यु
पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ का खड्गबहादुर चेम्जोङको रुखबाट लडेर मृत्यु भएको छ।
जनताको शिर नझुक्ने काम गर्छु : सुहाङ
इलाम-२ को उप-निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका नेकपा (एमाले)का सुहाङ नेम्वाङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले नेम्वाङलाई मंगलबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो।
वन डढेलो र आगलागीका घटना बढ्दै
सुख्खा मौसम सुरु भएसँगै वन जङ्गलमा आगलागीका घटना बढ्दै गएको छ । करिब एक सातादेखि जिल्लाका चार स्थानमा लागेको आगो निरन्तर फैलिरहेको छ ।
विजयाेत्सव मनाउन अध्यक्ष ओली इलाम आउनुहुँदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम आउँदै हुनुहुन्छ ।
दोस्रो ओखलढुङ्गा महोत्सव सम्पन्न
दोस्रो ओखलढुङ्गा महोत्सव सम्पन्न भएको छ । गत वैशाख ५ गतेबाट जिल्ला सदरमुकाममा सञ्चालन भएको दोश्रो ओखलढुङ्गा महोत्सव–२०८१ सम्पन्न भएको हो ।
महालक्ष्मी नगरपालिकामा बाँसका सामग्री बनाउने तालिम
स्थानीय स्तरमा उपलब्ध खेर गइरहेको बाँसबाट धनकुटाको महालक्ष्मी नगरपालिका–२ ले विभिन्न सामग्री बनाउने तालिम सम्पन्न गरेको छ ।
किओचमा पचास हजार बालबालिकाको उपचार
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले नेतृत्व गर्नुभएको गैरनाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पताल दमकले एक वर्षमा ५० हजारभन्दा बढी बालबालिकालाई
अग्निपीडित परिवारलाई नगद हस्तान्तरण
भोजपुरका दश अग्निपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । पीडितपरिवारलाई विदेशमा रहेका नेपालीबाट सङ्कलित रु दुई लाख ८३ हजार आठ सय १० हस्तान्तरण गरिएको हो ।
लोपोन्मुख रेड पान्डा संरक्षण गरिँदै
खोटाङका केही वनमा लोपोन्मुख वन्यजन्तु रेड पान्डाको संरक्षणका लागि चोरीसिकारीविरुद्ध जिल्लास्तरीय एकाइ स्थापना गर्ने कार्यव्रmम ल्याइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१
झापामा प्रहरी र लागूऔषध कारोबारीबिच दोहोरो झडप, एक घाइते
नेपाल भारत सिमानाकामा प्रहरी र लागूऔषध कारोबारीबिच दोहोरो झडप हुँदा एक जना घाइते भएका छन् ।
उपनिर्वाचनः इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत
प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । मङ्गलबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो ।
को हुन् सुहाङ नेम्वाङ ?
बुवा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रुपमा २०४६ फागुन ६ गते काठमाडौंमा जन्मिनु भएका सुहाङ नेम्वाङ अहिले इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका रुपमा विजयी हुनु भएको छ । ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गर्नुभएका सुहाङले जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गर्नुभयो । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पुरा गरेर अढाइ वर्षका लागि अष्ट्रेलिया जानु भएका सुहाङ कानून विषय अध्ययनका लागि पुनः नेपाल फर्कनु भयो । ‘काठमाडौं स्कूल अफ ल’ मा बीएएलएलबीको पढाइ शुरु गर्नुभयो । बीएएलएलबीको पढाइ सके लगतै एलएलएम अध्ययन पुरा गरेपनि समय अभावले थेसिस बाँकी रहेको छ ।
इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङ सँग पनि खड्का ११४ मतले पराजित हुनु भएको थियो ।
सुहाङलाई ६ हजार ४१२ मतको अग्रता
इलाम –२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ६ हजार ४१२ मतले अग्रता लिनुभएको छ । पछिल्लो परिणामअनुसार उहाँले २१ हजार ९६७ मत प्राप्त गर्नुभएको छ ।
इलाममा सकियो ४५ हजार बढी मतगणना
आइतबार दिउँसोदेखि सुरु भएको इलाम –२ को मतगणनामा अहिलेसम्म ४५ हजार ९५३ मत गणना सम्पन्न भएको छ ।
इलाममा एमाले ६ हजार ४३९ मतले अगाडि
प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर ६ हजार ४३९ पुगेको छ । पछिल्लो परिणाम अनुसार उहाँले १९ हजार ११४ मत पाउनुभएको छ ।
इलाममा एमालेलाई १८ हजार १९६ मत : कांग्रेस पाँच हजार ८५७ मतले पछाडि
प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर पाँच हजार ८५७ पुगेको छ ।
इलाममा अग्रता बढाउँदै एमाले : कांग्रेस पाँच हजार ६७१ मतले पछाडि
प्रतिनिधिसभा सदस्यका लागि इलाम –२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर ५ हजार ६७१ पुगेको छ। पछिल्लो परिणाम अनुसार उहाँले १६ हजार ९४४ मत प्राप्त गर्नुभएको छ।
सूचना विभागद्वारा पत्रकारलाई तालिम
सूचना तथा प्रसारण विभागले ताप्लेजुङका पत्रकार तथा सञ्चारकर्मीलाई तालिम प्रदान गरेको छ। ताप्लेजुङमा रहेर पत्रकारिता गर्दै आएका स्थानीय पत्रकारलाई विभागले क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो।