ओली परिवारद्वारा करोडौँको जग्गादान
झापा नगरपालिका–१ स्थित कनकाई नगरपालिकाको कार्यालय अगाडि रहेको कृष्णहरि मार्गमा ओली परिवारले २ करोड ५० लाख रुपियाँ बराबरको ५ कठ्ठा जमिन दान गर्नुभएको छ ।
इलाम २ उपनिर्वाचन : मत गणनास्थल तयारी अवस्थामा
इलाम २ मा भएको उपनिर्वाचनअन्तर्गत मतदान सम्पन्न भएपश्चात् मतगणनाका लागि मतगणनास्थल तयारी अवस्थामा राखिएको छ ।
इलाममा ५१ प्रतिशत मत खस्यो
अहिले भइरहेको इलाम –२ को उपनिर्वाचनमा अहिले सम्म ५१ प्रतिशत मत खसेको छ । बिहान प्रायः सबै मतदान केन्द्रहरूमा मतदाताको चाप कम भए पनि दिउँसो मतदाताको चहलपहल बढेको छ ।
अग्निपीडितका लागि २२ घर बन्ने
मोरङको रङ्गेली–३ स्थित बाबुसाहेव टोलको सन्थाल बस्तीका अग्निपीडितलाई नगरपालिकाले घर निर्माण गरिदिने भएको छ । बाबुसाहेव टोलमा गत चैत ३ गते आगलागी हुँदा टोलका २३ घर जलेर नष्ट भएका थिए ।
इलाममा ४२ प्रतिशत मत खस्यो
इलाम निर्वाचन क्षेत्र–२ मा ४२ प्रतिशत मत खसेको छ । दिउँसो डेढ बजेसम्म अनुसार ४९ हजार मत खसेको हो ।
उच्च सुरक्षा टोलीद्वारा मतदानस्थलको निरीक्षण
इलाम निर्वाचन क्षेत्र नं. २ का मतदानस्थलमा उच्च सुरक्षा अधिकारीको टोलीले निरीक्षण गरेको छ । उपनिर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन इलाम २ का मतदान केन्द्रमा केन्द्रमा उच्च सुरक्षा निकायको संयुक्त टोलीले अनुगमन तथा निरीक्षण गरेको हो ।
निःशुल्क हेल्थ डेस्कबाट २९ सयभन्दा बढीले लिए सेवा
नेपाली कांग्रेस, सुनसरी–१ क्षेत्रीय समितिले धरानको पवित्र ऐतिहासिक धार्मिक स्थल पिण्डेश्वर बाबाधाम परिसरमा राखेको एक महिने निःशुल्क हेल्थ डेस्कमा २९ सय बढीले स्वास्थ्य सेवा लिएका छन् ।
डढेलोले ६ घर र ६ मतान जलेर नष्ट
वनमा लागेको डढेलो गाउँ पस्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका –९ सल्लेका ६ वटा घर र ६ वटा मतान जलेर नष्ट भएको छ ।
इलाम २ मा ३० प्रतिशत मत खस्यो
इलाम निर्वाचन क्षेत्र –२ मा ३० प्रतिशत मत खसेको छ । दिउसो १२ : २० सम्म ३७ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु
सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ मा रहेको एक सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरुगरेको छ ।
इलामको सप्तमाइ मतदान केन्द्रमा महिला कर्मचारीले मात्र मतदान गराउँदै
इलामको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत इलाम नगरपालिका–५ को सप्तमाइ अध्ययन तथा अनुसन्धान मतदान केन्द्रमा मतदान गराउने जिम्मा महिलालाई दिइएको छ ।
इलाममा २० प्रतिशत मत खस्यो
आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा अहिले दश बजे सम्ममा २० प्रतिशत मत खसेको छ । जिल्ला भर शान्तिपूर्ण मतदान प्रक्रिया चलिरहेको भए पनि अहिलेसम्म २० प्रतिशत मात्र मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
किरियापुत्रीले गरे मतदान
इलाम नगरपालिका– ५ मा रहेको मतदान केन्द्रमा पाँच जना किरियापुत्रीले मतदान गर्नु भएको छ ।
इलाममा यसरी हुँदैछ मतदान (फोटो फिचर)
अहिले इलाम–२ का सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया चलिरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा १० बजेसम्म शान्तिपूर्ण र उत्साह पूर्ण रूपमा मतदान चलिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ ।
इलाम २ उपनिर्वाचन: उम्मेदवारले गरे मतदान
इलाम क्षेत्र २ मा मुख्य उम्मेदवारहरूले मतदान गरेका छन् । बिहान ७ बजे देखिनै यस क्षेत्रमा उत्साहजनक रूपमा मतदान भइरहेको छ ।
भोजपुर गोल्डकप : सिराहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
खोटाङमा ६० जना क्षयरोगी
दश स्थानीय तह रहेको खोटाङमा ६० जना क्षयरोगको सङ्क्रमण भएको व्यक्ति भेटिएका छन् ।
‘कृषि क्षेत्रमा आधुनिकीकरण आवश्यक’
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री राम कुमार खत्रीले मुलुकमा समृद्धि हाँसिल कृषि र पशुपालन क्षेत्रको आधुनिकीकरण र बजार व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ ।
घरमा आगलागी हुँदा लाखौंको क्षति
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा शुक्रबार दिउँसो एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ।
सार्वजनिकस्थलका खुला व्यायामशालाप्रति आकर्षण
स्वस्थ जीवन प्रवद्र्धनका लागि सार्वजनिकस्थलमा स्थापना भएका खुला व्यायामशालाप्रति झापामा सर्वसाधारणको आकर्षण देखिएको छ ।
इलाममा उपनिर्वाचनको तयारी पूरा
शनिबार हुने इलाम– २ को उपनिर्वाचनका लागि तयारी पूरा भएको छ। अहिले मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबै किसिमका तयारी गरिरहेका छन्।
ताप्लेजुङमा ५१ वटा नयाँ उद्योग दर्ता
ताप्लेजुङमा पछिल्लो नौ महिनाको अवधिमा एकाउन्न वटा नयाँ उद्योग दर्ता भएका छन्। चालू आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा विभिन्न उद्देश्यका उक्त सङ्ख्यामा नयाँ उद्योग दर्ता भएका हुन्।
निर्वाचनकाे दिन यी सवारीसाधन मात्र चलाउन पाइने
वैशाख १५ गते (भोली) मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्वाचन आयोग मापदन्ड तयार गरी तोकिएको भन्दा वाहेक सवारीसाधन चल्न नदिने भएको छ । बैशाख १५ गते शनिबार इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) मा निर्वाचन हुदै छ ।
प्रधानमन्त्री प्रचण्ड मोरङमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आइपुग्नुभएको हो ।