• २७ वैशाख २०८१, बिहिबार

किरियापुत्रीले गरे मतदान

blog

इलाम नगरपालिका–५ को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्न आउनु भएका किरियापुत्री । तस्बिर: गाेरखापत्र

कोकिला ढकाल 

इलाम, वैशाख १५ गते । इलाम नगरपालिका–५ मा रहेको मतदान केन्द्रमा पाँच जना किरियापुत्रीले मतदान गर्नु भएको छ । 

स्वर्गीय आमा खिनमाया दुलालको आठौँ दिनको काम गर्दै गरेका इलाम नगरपालिका–५ का डिल्ली दुलाल, कमल दुलाल, सहित पाँच जनाले आज बिहान मतदान गर्नुभएको हो । दुलाल परिवारले वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको जनाइएको छ ।