• २७ वैशाख २०८१, बिहिबार

इलाममा ५१ प्रतिशत मत खस्यो

blog

इनपा–७ की ७७ वर्षीया देवकुमारी राई सदरमुकामस्थित मतदान स्थलमा मतदान गर्न जानुहुँदै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, वैशाख १५ गते । अहिले भइरहेको इलाम –२ को उपनिर्वाचनमा अहिले सम्म ५१ प्रतिशत मत खसेको छ । बिहान प्रायः सबै मतदान केन्द्रहरूमा मतदाताको चाप कम भए पनि दिउँसो मतदाताको चहलपहल बढेको छ ।

अहिले साढे २ बजेसम्ममा खसेको मत ५१ प्रतिशत पुगेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।