• २७ वैशाख २०८१, बिहिबार

इलाम २ मा ३० प्रतिशत मत खस्यो

blog

इलाम २ उपनिर्वाचनमा मतदान गर्न हिड्नुभएका मतदाता । तस्विरः प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), बैशाख १५ गते । इलाम निर्वाचन क्षेत्र –२ मा ३०  प्रतिशत मत खसेको छ ।  दिउसो १२ : २० सम्म ३७ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 

खसेको मत संख्याको आधारमा यो ३० प्रतिशत हुन आउँछ । निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको छ । एकसय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । ६ पालिकाका ४२ वटा वडामा मतदान जारी रहेको निर्वाचन कार्यालयका पदाधिकारीको भनाइ छ ।