• २७ वैशाख २०८१, बिहिबार

इलाममा यसरी हुँदैछ मतदान (फोटो फिचर)

blog

फिचर मरब क्याम्पस इलाममा जारी मतदान प्रक्रिया । तस्बिर: कोकिला

कोकिला ढकाल 

इलाम, वैशाख १५ गते । अहिले इलाम–२ का सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया चलिरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा १० बजेसम्म शान्तिपूर्ण र उत्साह पूर्ण रूपमा मतदान चलिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ । 

इलाम–२ का ७९ मतदान स्थलका एकसय ४९ मतदान केन्द्रमै मतदान शान्तिपूर्ण रूपमा चलिरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो । इलाम–२ भित्रका छ पालिकाअन्तर्गत ४२ वडामा मतदान जारी छ । आजको उपनिर्वाचनमा १२ दलका सात स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा छन् ।