इलाममा उपनिर्वाचनको तयारी पूरा
शनिबार हुने इलाम– २ को उपनिर्वाचनका लागि तयारी पूरा भएको छ। अहिले मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबै किसिमका तयारी गरिरहेका छन्।
ताप्लेजुङमा ५१ वटा नयाँ उद्योग दर्ता
ताप्लेजुङमा पछिल्लो नौ महिनाको अवधिमा एकाउन्न वटा नयाँ उद्योग दर्ता भएका छन्। चालू आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा विभिन्न उद्देश्यका उक्त सङ्ख्यामा नयाँ उद्योग दर्ता भएका हुन्।
निर्वाचनकाे दिन यी सवारीसाधन मात्र चलाउन पाइने
वैशाख १५ गते (भोली) मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्वाचन आयोग मापदन्ड तयार गरी तोकिएको भन्दा वाहेक सवारीसाधन चल्न नदिने भएको छ । बैशाख १५ गते शनिबार इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) मा निर्वाचन हुदै छ ।
प्रधानमन्त्री प्रचण्ड मोरङमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आइपुग्नुभएको हो ।
उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति
उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका छन् भने रु. ५० लाख बराबरको क्षति भएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
झापाको मेचीनगर नगरपालिका–१२ स्थित देउनिया पुलमा भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
बिक्रीमा राखिएका ढाकी
सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा बिक्रीका लागि राखिएका बाँसको चोयाबाट बनेका ढाकी । ढाकीको आकार हेरेर तीन सयदेखि पाँच सय रुपियाँसम्ममा बिक्री हुने व्यापारी बताउँछन् ।
पूर्वमा प्रिय सिलाम साक्मा
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पहिलो पटक भेट हुँदा एकआपसमा सिलाम साक्मा आदानप्रदान गरेर आत्मीयता साट्नुभयो ।
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका छन् । सङ्घीय खानेपानी मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा बाहुनडाँगी, धुलाबारी र चारआलीमा आयोजना पूरा भएका हुन् ।
सवारी दुर्घटनामा एकैदिन पाँच जनाको मृत्यु
झापाको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि एकैदिन पाँच जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका ३ सुरुङ्गामा बुधबार राति साढे ७ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई प्रदेश १-०१-००१ख ४२६८ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको हो ।
आगलागीबाट ७९ घर जले, एकको मृत्यु
गत साउनदेखि यही वैशाख १२ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर लजेर नष्ट भएको छ भने एकजनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न एक सय १० वटा स्थानमा भएको आगलागीको घटनामा रु पाँच करोड बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
इलाम उपनिर्वाचन : मतदानको दिन यातायात बन्द
इलाम–२ को उपनिर्वाचनका लागि वैशाख १५ गते अर्थात् शनिबार इलाम जिल्लाभर यातायात बन्द गरिने भएको छ ।
ट्याक्टर दुर्घटनामा युवकको मृत्यु
ताप्लेजुङमा ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार मैवाखोला गाउँपालिका–६ फाकुम्बाका ३४ वर्षीय फुर्तेम्बा शेर्पाको दुर्घटनामा मृत्यु भएको हो ।
ओलाङ्चुङगोला पुग्न सहज
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने भएको छ । सडकको पहुँच पुगेसँगै ओलाङचुङ्गोला पुग्न सहज भएको हो ।
झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु
झापाको कनकाई र भद्रपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति कनकाई–३ सुरुङ्गा पुलस्थितमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा मोटरसाइकल बिर्तामोड–७ का ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
अस्पतालमा औषधी अभाव भएपछि नगरपालिकाको सहयोग
प्रादेशिक आयुर्वेद अस्पताल कमल गाउँपालिकालाई दमक नगरपालिकाले साढे तीन लाख बराबरको आयुर्वेदिक औषधी प्रदान गरेको छ । अस्पतालमा औषधीको अभाव भएको थियो ।
खोटाङमा डढेलो गाउँ पस्यो, एकै दिनमा १५ घर जले
डढेलो गाउँ पस्दा खोटाङमा एकै दिन १५ घर खरानी भएका छन् । वराहपोखरी गाउँपालिका–१ बाराहापोखरीमा ११ परिवारको १३ वटा घर जलेर नष्ट भएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा २ वटा घर खरानी भएका छन् ।
नेपाल–भारत पूर्वी सीमा बन्द
नेपाल–भारत पूर्वी सीमामा आवतजावत बन्द गरिएको छ । नेपालसँग सीमा जोडिएको भारतमा निर्वाचनलाई लक्षित गरेर पूर्वी नाका सिल गरिएपछि आवतजावत बन्द भएको छ ।
देशमा निर्णायक शक्ति आवश्यक छ : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको मुख्य विषय गरिबी निवारणको विषय भएको बताउनुभएको छ । बुधबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले देशको गरिबी निवारणका लागि अब निर्णायक शक्ति आवश्यक भएको बताउनुभयो ।
भोजपुर गोल्ड कप : चर्च ब्वाइज सेमिफाइनलमा
चर्ज ब्वाइज युनाइटेड क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
चिया निर्यातमा भारतीय अवरोध हट्यो
भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । वि.सं.२०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।
धनकुटाको कोसेली नरिवल बिस्कुट
के तपाई धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य नरिवलको बिस्कुट खान नभुल्नुस् । मिठो स्वादसहितको बिस्कुट आफन्तलाई कोसेलीकोरुपमा लैजान पनि सक्नुहुन्छ ।
इलाम उपनिर्वाचन : अन्तिम प्रचार-प्रसारमा दल र उम्मेदवार
वैशाख १५ को उपनिर्वाचन आउन अब तीन दिनमात्र बाँकी छ। निर्वाचनको दिन नजिकिँदै गर्दा उम्मेदवारको बुधबार प्रचार-प्रसारको अन्तिम दिन हो। राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुँदैछ।