पाथीभरा क्षेत्रमा भरियाको प्रमाणीकरण गरिने
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा भरियाको काम गर्दै आएकाहरूको प्रमाणीकरण गरिने भएको छ ।
बंगाली समुदायको मसान नृत्य
सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारको सहायक बाटोभरी दर्जन बढी व्यक्तिहरू ढलेको देखियो । झट्ट हेर्दा कुनै दुर्घटनामा परेर मृत्यु भएका वा गम्भीर घाइते भएको दृश्य अनि एउटा समूहमा काठको घरेलु हातहतियार बोकेर कुदिरहेको दृश्य देखियो ।
अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा
सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध भएको टेलिफोन सेवा एक सातापछि सञ्चालन भएको दूरसञ्चार कार्यालयका प्रमुख प्रेमकुमार राईले जानकारी दिनुभयो ।
आगलागी हुँदा २४ लाख बढीको क्षति
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शुक्रबार बिहानै एक घरमा आगलागी भएको छ । फुङ्लिङ नगरपालिका–६ गुम्बाडाँडा, गैरीगाउँ टोलका स्थानीय गणेश गुरुङको घरमा आगलागी हुँदा २४ लाख रुपियाँ बढीको क्षति भएको हो ।
अतिथि सदनमा सामूहिक विवाह
विवाह, व्रतबन्ध तथा अरू थुप्रै सामाजिक कार्यक्रम भइरहने विराटनगरको अतिथि सदनमा बिहीबार गाउँतिरबाट आएका आदिवासी समुदायका मानिसहरूको बाक्लो उपस्थिति थियो। धेरैजना जहदा गाउँपालिकाका विभिन्न टोलबाट त्यहाँ भेला भएका थिए।
चट्याङले लागेर एक महिला घाइते
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा चट्याङले लागेर एक महिला घाइते हुनुभएको छ ।
जनताको चाहना पूरा गर्न प्रतिबद्ध छौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू मुलुकलाई संवृद्ध बनाउने अभियानमा जुटिरहेकाले जनताको चाहना पूरा हुने बताउनु भएको छ ।
पाथीभरा क्षेत्रमा मदिरा निषेध
ताप्लेजुङको पाथीभरा क्षेत्रमा मदिरा निषेध गरिएको छ । पाथीभरा (मुक्कुमलुङ) पवित्र तथा प्रसिद्ध धार्मिकस्थल भएकाले सो क्षेत्रमा मदिरा निषेध गरिएको हो ।
इलाम –२ मा मतदाता शिक्षा कार्यक्रम
वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाम –२ मा मतदाता शिक्षा सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन हुने ६ पालिकामा एक–एक जना निर्वाचन सम्पर्क व्यक्ति तोकेको छ ।
सामुदायिक विद्यालयमा सहयोग शुल्क उठाउन बन्द
झापाको दमक नगरपालिकाले आधारभूत तह अर्थात् कक्षा ५ सम्म सामुदायिक विद्यालयका विद्यार्थीहरूले कुनैपनि शीर्षकमा विद्यालयलाई रकम बुझाउनु नपर्ने भएको छ ।
कोशी प्रदेशसभाको विशेष अधिवेशन
कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने भएको छ । कोशी प्रदेशसभा सदस्यको सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यले गत चैत २६ गते लिखित अनुरोधसहित अधिवेशनको माग गर्नुभएको थियो ।
विद्युत उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ
ताप्लेजुङ जिल्ला विद्युत उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् ।
खोटाङमा भीरबाट लडेर राईको मृत्यु
खोटाङमा भीरबाट लडेर एकको मृत्यु भएको छ । वराहपोखरी गाउँपालिका–४ फाक्टाङका ५८ वर्षीय रामबहादुर राईको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
तीन राउण्ड गोली हानेर हात्ती मारेको पुष्टि
झापामा पहिलो पटक हात्तीलाई गोली हानेर मारी हात्तीका दारा र पुच्छरको रौँ लगेको बताइएको छ । मेचीनगर नगरपालिका वडा नं. ११ स्थित कालिका सामुदायिक वनभित्र मङ्गलवार दिउँसो करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो ।
युवा पलायन रोक्न उद्योग मैत्री नीतिगत व्यवस्था गर्न जरुरी: सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न र स्थानीय स्तरमा रोजगार सिर्जना गर्नका लागि उद्योग तथा कलकारखाना मैत्री नीतिगत व्यवस्था गर्न जरुरी रहेको बताउनु भएको छ । आवश्यक ऐन कानुन बनाएर उद्यमीहरूलाई प्रोत्साहन गर्न सकेमा यसले रोजगारका अवसरहरू सिर्जना गर्ने बताउँदै उहाँले यस्तो बताउनु भएको हो ।
सभामुख घिमिरेद्वारा पेय पदार्थ निर्यात गर्ने उद्योगको निरीक्षण
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पेय पदार्थ उत्पादन गरी ३५ मुलुकमा निर्यात गर्दैआएको झापास्थित सिङ्गापुर बेभरेज प्रालिको आज निरीक्षण गर्नुभएको छ ।
मिलन र डकेन्द्रलाई लेखा कार्यालयको स्पष्टीकरण
इलाम–२ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार योङहाङ्ग लिम्बू र पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई कोष तथा लेखा नियन्त्रण कार्यालयले स्पष्टीकरण सोधेको छ ।
सुहाङलाई जिताउन अध्यक्ष ओलीको अपिल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ मा एमालेले उम्मेदवार बनाएका युवा सुहाङ नेम्वाङलाई जिताउन यहाँका मतदाताहरुलाई अपिल गर्नुभएको छ ।
गुराँसे वनको मनमोहक दृश्यसँग रमाउँदै तीर्थयात्री
यतिबेला ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा ढकमक्क फुलेको गुराँसको मनमोहक दृश्यमा तीर्थयात्री रमाउने गरेका छन् ।
दोस्रो ओखलढुङ्गा महोत्सव सुरु
जिल्लामा दोस्रो ओखलढुङ्गा महोत्सव सुरु भएको छ । पर्यटन प्रवर्द्धनका साथै जिल्लाको आर्थिक, सामाजिक, कृषि, जडीबुटी र समग्र उद्योग व्यवसायको समय सापेक्ष विकास एवम् प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
‘ऐन परिमार्जन गरेर महिला, बालबालिकाको अधिकार स्थापित गर्छौ’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ऐन, नियमावली परिमार्जन गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार स्थापित गरिने बताउनुभएको छ ।
अभिभावकको प्रयासमा सुधारिएको सामुदायिक विद्यालय
सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ, धरान उपमहानगरपालिका-१२ स्थित ‘पब्लिक हाइस्कुल’ । धरानकै अन्य विद्यालयमा विद्यार्थीको सङ्ख्या घटिरहेका बेला पब्लिकमा भने बर्सेनि विद्यार्थी बढेका बढ्यै छन् ।
कानेपोखरी-रङ्गेली सडक निर्माणमा ढिलाई
मोरङको कानेपोखरी–रङ्गेली सडक खण्ड अन्तर्गत रमाइलो चौकमा मर्मतका लागि भत्काइएको सडक १ महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन।
सडेको अवस्थामा शव फेला
मोरङको लेटाङ–१ को जङ्गलमा एक जनाको शव फेला परेको छ । लेटाङ –१ को कात्तिके भन्न ठाउँ नजिकै सुँगुरलाई चारो खोज्न जङ्गल गएका स्थानीयले चेपाहा खोल्सीमा सडेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।