• २० वैशाख २०८१, बिहिबार

आगलागी हुँदा २४ लाख बढीको क्षति

blog

आगलागी भएको गुरुङको घर ।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख ७ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शुक्रबार बिहानै एक घरमा आगलागी भएको छ । फुङ्लिङ नगरपालिका–६ गुम्बाडाँडा, गैरीगाउँ टोलका स्थानीय गणेश गुरुङको घरमा आगलागी हुँदा २४ लाख रुपियाँ बढीको क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार बिहान करिब ८ बजेतिर गुरुङको घरमा आगलागी भएको हो । आगलागीबाट ढुङ्गा, माटो, काठ र जस्तापाताले बनेको तीनतले घर पूर्णरुपमा नस्ट हुँदा २४ लाख ३१ हजार २५० रुपियाँ बराबरको क्षति भएको लुङगेलीले जानकारी दिनुभयो ।

आगलागीले घरमा भएको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा, सुनचाँदीका गरगहानासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केही पशुपन्छीसमेत जलेर मरेका छन् । घरमा लागेको आगो नियन्त्रणका लागि फुङ्लिङ नगरपालिकाको बारुणयन्त्र (दमकल) प्रयोग गरिएको थियो भने नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका थिए । यस्तै, घरमा विद्युत सर्ट भएर घरमा आगलागी भएको अनुमान गरिएको छ ।