झापामा दुवै दारा काटिएको मृत हात्ती फेला
झापामा दुवै दारा काटिएको अवस्थामा एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
ओखलढुङ्गाको चम्पादेवीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक गम्भीर घाइते हुनुभएको छ ।
समीकरण ढाल्ने षडयन्त्र भइरहेको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार ढाल्ने षडयन्त्र भइरहेको बताउनुभएको छ । पछिल्लो समयमा बनेको नयाँ सत्ता समीकरण ढाल्न षडयन्त्र भइरहेको उहाँको भनाइ छ ।
प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत बुवा–आमाका लागि लगानी गर्नुपर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बुवा आमाका लागि खर्च गर्नुपर्ने बताउनुभएको छ।
तेस्रो देशका पर्यटक भित्र्याउन नाका खोल्न कूटनीतिक पहल आवश्यक छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालको पूर्वी नाका काँकडभिट्टा तेस्रो देशका पर्यटकलाई नेपाल भित्र्याउन कूटनीतिक पहल गर्ने बताउनुभएको छ।
पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध व्यापारलाई निरुत्साहित गर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
भगिश्वरको थोःक्ला कृतिको चर्चा
तेह्रथुमका पत्रकार तथा मानवअधिकारकर्मी भगिश्वर लिम्बू (मनोज) को कृति ‘थोःक्ला’ को ताप्लेजुङमा चर्चा गरिएको छ । लिम्बू भाषामा आधारित कविता सङ्ग्रह थोःक्लाको सदरमुकाम फुङ्लिङमा स्थानीय पत्रकार तथा सञ्चारकर्मी माझ चर्चा गरिएको हो ।
'समृद्ध नेपाल सुखी नेपाली' बनाउने अभियानमा एकताबद्ध भएर लाग्न निर्देशन
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानमा लाग्नका लागि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।
अध्यक्ष ओली इलाम आउनुहुँदै
वैशाख १५ को उपनिर्वाचन नजिकिंदै गर्दा इलाम –२ मा दलका केन्द्रीय नेताहरु केन्द्रित हुन थालेका छन् । निर्वाचनकै सिलसिलामा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आज इलाम आउँदै हुनुहुन्छ ।
आत्मनन्द लिङ्देन आश्रममा कांग्रेस नेता डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मङ्गलबार किराँत धर्मगुरु आत्मनन्द लिङ्देनको आश्रममा पुग्नुभएको छ। उपनिर्वाचनको प्रचारका लागि इलाम–२ पुग्नुभएका कोइरालाले इलाम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उहाँसँग भेट गर्नुभएको हो।
हलेसीमा पन्ध्र दिने रामनवमी मेला
प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको साझा तीर्थस्थल हलेसीमा रामनवमीको अवसर पारेर एक साताअघिदेखि धार्मिक मेला लागेको हो । भोलि बुधबार रामनवमी पर्व हो ।
प्रदेश जनस्वास्थ्य सेवा ऐन खारेज गर्न माग
जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेश समितिले प्रदेश सरकारले ल्याएको जनस्वास्थ्य सेवा ऐन अध्यादेश २०८० खारेज गर्न माग गरेको छ ।
बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
झापा प्रहरीले सुनजस्तो देखिने पहेँलो धातु देखाएर ठगी गर्ने एक जना भारतीय नागरिकलाई बिर्तामोडबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार जल्पाइगुढी–४० सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश सभामा सङ्कल्प प्रस्ताव दर्ता
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्रले) प्रदेश सभा सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभाको अधिवेशनको पूर्वसन्ध्यामा विपक्षमा रहेका दुई राजनीतिक दलहरूले सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन् ।
एक करोडको पत्रकार उपचार कोष स्थापना
पत्रकार महासंघ झापाले पत्रकारलाई आपत्–बिपतमा सहयोगका लागि एक करोड रुपियाँको अक्षयकोष बनाएको छ । पत्रकार तथा विभिन्न संस्था, ब्यक्तिको सहयोगमा एक करोडको उपचार कोष बनेको हो ।
कम्युनिष्ट एकताको आधार बन्दैछ : गजुरेल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पूर्वबाट कम्युनिष्ट दलहरूको एकताको आधार तयार हुँदैगएको बताउनुभएको छ ।
इलामको फिक्कलमा सडक महोत्सव
इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा पाँचौँ सूर्योदय सडक महोत्सव सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोमबारबाट पाँचौँ संस्करणको सूर्योदय सडक महोत्सव सुरु भएको हो ।
बालकको शव फेला
झापाको शिवसताक्षी नगरपालिका ७ को कनकाई सिचाई नहर आयोजनाको साईफनमा अड्किएको अवस्थामा एक बालकको शव फेला परेको छ ।
धनजित हत्याका तीन आरोपी पक्राउ
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीन युवा पक्राउ परेका छन् ।
अवैध क्रसरले पिखुवाको पक्की पुल जोखिममा
भोजपुर नगरपालिका-१२ टक्सारमा सञ्चालित अवैध क्रसरका कारण पिखुवा खोलाको पक्की पुल जोखिममा परेको छ । मापदण्ड विपरीत सञ्चालित क्रसरले भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिका जोड्ने पक्की पुल जोखिममा परेको हो ।
बोटसँगै मकै बिक्री भएपछि किसान उत्साहित
जिल्लाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरुपमा साइलेस (पौष्टिक तत्त्व पर्याप्त हुने घाँस)का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मकै बोटसँगै खरिद गरेका छन् । यसरी उत्पादित मकै बोटसँगै बिक्री भएपछि किसान उत्साहित भएका हुन् ।
सगरमाथा आधार शिविरमा पर्यटकसँग अन्तरक्रिया
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ ।
एम्बुलेन्स र स्कुल बस उपहार
नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स र स्कुल बस उपहार स्वरूप हस्तान्तरण गर्न आयोजित एक समारोहमा धनकुटालाई पनि उपहार स्वरूप स्कुल बस र एम्बुलेन्स प्रदान गरिएको हो ।
कोशी कोरिडोरमा जोडियो मध्य तमोरको विद्युत्
ताप्लेजुङस्थित मध्य तमोर जलविद्युत् विद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनको कोशी कोरिडोरमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणको तेह्रथुमको वसन्तपुरमा रहेको २२० केभिए क्षमताको कोशी कोरिडोर सबस्टेसनमार्फत मध्य तमोरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।