महाकुम्भ महोत्सवमा भक्तजनको चहलपहल
प्राचीन हरिद्वारको रुपमा रहेको चतराधाममा लागेको एकमहिने बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सवको आयोजनासँगै यहाँ सर्वसाधारण भक्तजनको चहलपहल बढेको छ ।
चट्याङ लागेर एकको मृत्यु
ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर ३८ वर्षीय एक पुरुषको ज्यान गएको छ ।
इलाममा अन्तु पर्यटन महोत्सव
अन्तुलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका-४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुई दिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो ।
सगरमाथामा आरोही घटे, बाटो निर्माण ढिलाइले आरोहण पछि सर्ने
सगरमाथामा यस वर्ष आरोहीको सङ्ख्यामा कमी आएको छ । गत वर्षको तुलनामा करिब शतप्रतिशतले आरोहीको सङ्ख्यामा कमी आएको तथ्याङ्कले देखाएको छ ।
छब्बिस सय मिटरमाथि भेटियो जङ्गली कुकुर
जैविक विविधताका लागि निकै महìवपूर्ण मानिने इलामको उत्तरी क्षेत्रमा जङ्गली कुकुर भेटिएको छ । सन्दकपुर गाउँपालिका–५, हाँगेथाम क्षेत्रमा जङ्गली कुकुर (कन अल्पिनस) फेला परेको हो । वाइल्ड लाइफ फोटोग्राफर देवेन खरेल बिहानको समयमा छाउरी जङ्गली कुकुरको तस्बिर खिच्न सफल भएको बताउनुभयो ।
राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी
छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ ।
उपनिर्वाचनमा इलामका विद्यार्थी मतदान गर्न वञ्चित हुने
आउँदो वैशाख १५ मा हुने इलाम– २ को उप–निर्वाचनमा कक्षा १२ र स्नातक दोस्रो वर्षका विद्यार्थीहरू मतदान गर्नबाट वञ्चित हुने भएका छन् ।
दूधकोशी आयोजना छिटो थाल्न सरकार र लगानीकर्ता सहमत
६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना छिटो थाल्ने सहमति भएको छ। खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने दूधकोशी नदीमा निर्माण हुने उक्त आयोजना छिटो थाल्ने नेपाल सरकार र आयोजनाको लगानीकर्ताबिच सहमति भएको हो।
राजनीतिक अस्थिरताले राष्ट्रियता कमजोर हुँदै गयो : अध्यक्ष ओली
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले राजनीतिक अस्थिरताका कारण राष्ट्रियता कमजोर भएको बताउनुभएको छ।
मतदानको अधिकार उपयोग गर्न आग्रह
आगामी वैशाख १५ मा हुन लागेको इलाम–२ को उपनिर्वाचनमा सबै मतदातालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरोकारवाला पक्षसँग अधिकारकर्मीले आग्रह गरेका छन् ।
ताप्लेजुङमा पर्यटन महोत्सव तयारी
ताप्लेजुङमा आगामी जेठ पहिलो साता ‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ आयोजना गरिने भएको छ । जिल्लाको पर्यटन प्रवर्द्धन तथा विकासमा टेवा दिने उद्देश्यले जेठ ३ देखि ७ गतेसम्म पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सव आयोजना गरिने भएको हो ।
भोजपुरको वाक्चाखामा विद्युतको केन्द्रीय प्रसारण लाइन
भौगोलिकरुपमा विकट मानिने भोजपुरको रामप्रसादलाई गाउँपालिका-८ खोक्सिकको वाक्चाखामा विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । यहाँका एक सय ५० घरपरिवारमा विद्युत विस्तार गरिएको हो ।
आगामी बजेटमा पूर्वले प्राथमिकता पाउने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताउनुभएको छ ।
हर्षोल्लासका साथ मनाइँदै इद
सुनसरीका इस्लाम धर्मावलम्बीहरूले इद-उल-फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् । एक महिनासम्म कठोर उपवास सहितको रमजानको महिनाको अन्तिम दिन रोजा सम्पन्न गर्दै बिहीबार इद-उल-फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
प्रतिनिधि सभाको अवरोध चाँडै समाधान हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएकोले चाँडै समाधान हुने बताउनुभएको छ ।
तस्करको आक्रमणबाट प्रहरी हवलदार घाइते
भारतबाट दुई वटा साइकलमा लोड गरी मोरङको रतुवामाई –१ सोनापुर तर्फ अवैध रूपमा ल्याउँदै गरेको धानको बीउ नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी हवलदार युवराज तामाङ घाइते हुनु भएको छ ।
सुके पोखरी क्षेत्रमा ढकमक्क फुले लालीगुराँस (फोटो फिचर)
पाँचथरको फिदिम नगरपालिका-१४ स्थित सुके पोखरी र लोहकिल क्षेत्र हिजोआज गुराँस ढकमक्क फुलेको छ । यस क्षेत्रमा फुलेका रङ्गी विरङ्गी गुराँसले वन र डाँडापाखा ढकमक्क बनेको हो ।
राजतन्त्र चाहियो भन्नेसँग वार्ता हुँदैन : सञ्चारमन्त्री शर्मा
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजतन्त्र चाहियो भन्नेहरुसँग कुनै वार्ता नहुने बताउनुभएको छ । बुधबार प्रेस सेन्टर झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
बसले झारेको युवकको मृत्यु
झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा बुधबार बिहान यात्रुवाहक बसले बेहोस अवस्थामा झारेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
कोशी प्रदेश सभाको अधिवेशन आव्हान
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ । कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूले चैत २६ गते लिखित अनुरोध गरी अधिवेशन आव्हान गर्न अनुरोध गरेका थिए ।
महाकुम्भ दर्शनार्थीका लागि निःशुल्क हेल्थ डेस्क
बाह्र वर्षमा लाग्ने पिण्डेश्वर महाकुम्भ मेला सुरु भएसँगै दर्शनार्थी भक्तजनका लागि एक महिने निःशुल्क हेल्थ डेस्क राखिएको छ ।
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ ।
सफलतालाई छेक्दैन अपाङ्गताले
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० वर्षीय भक्तबहादुर विश्वकर्मा दृष्टिविहीन हुनुहुन्छ । दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा इपिएम ९एजुकेसन म्यानेजमेन्ट प्लान०मा स्नातकोत्तर अध्ययनरत विश्वकर्मा शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको परीक्षामा खुला, दलित र अपाङ्ग गरी तीनवटा समूहमा नाम निकाल्न सफल हुनुभएको छ ।
स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न
इलाम क्षेत्र नं. २ मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि मङ्गलबार सात जना स्वतन्त्र उम्मेदवारले आफ्नो चुनाव चिह्न पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारलाई रोज्न लगाएर चुनाव चिह्न प्रदान गरेको हो ।