बाजी मार्ने कसरतमा उम्मेदवार, जित्ने आ–आफ्नै दावी
आइतबार इलाम चोक, बजारमा आइपुग्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापित स्वर्णिम वाग्लेले आफ्नो पार्टीको चुनाव चिन्ह्मा भोट खसाल्न स्थानीयलाई आग्रह गर्नूभयो । चोक बजारका हरेक पसल र त्यहाँका पसलेसँग वाग्लेले भोट माग्दा कसैले तपाईको पार्टीको चिन्हलाई भोट दिंदैनौं भनेनन् ।
इलाममा मदिरा बिक्रीमा रोक
इलाम २ को उपनिर्वाचनलाई मध्य नजर गरी इलाममा मदिरा बिक्रीमा रोक लगाइएको छ । इलाम क्षेत्र नं. २ मा यही वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि मदिरा बिक्रमा प्रतिबन्ध गरिएको हो ।
नगरबासीलाई घर नक्साबारे अभिमुखीकरण
वराहक्षेत्र नगरपालिकाले नगरवासीलाई घर नक्सा सम्बन्धी अभिमुखीकरणको कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले नगरक्षेत्रका सबै वडाहरूमा अभिमुखीकरण गर्दै घरको अभिलेखीकरण सुरु गरेको हो ।
हल्दिबारीका पूर्व उपाध्यक्ष गिरी प्रहरी नियन्त्रणमा
इलाका प्रहरी कार्यालय अनारमनीले हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई जातीय भेदभाव तथा अपमान सम्बन्धी कसुरमा नियन्त्रणमा लिएको छ ।
तराईमा सिरुवा पर्व, १५ दिन मनाइने
कुनै समय टाढा–टाढाका मानिस खसी, बोका, बाख्रा कुखुरा, दलहन र तेलहन किन्न चैतको मसान्त छेउछाउको समय पर्खन्थे । मुख्य कारण तराईका भुमिपुत्रहरू राजवंशी र ताजपुरियाको सबैभन्दा ठूलो सिरुवा पर्व भएर हो ।
खोटाङमा छुरा प्रहारबाट एकको मृत्यु
खोटाङमा छुरा प्रहारबाट एकको मृत्यु भएको छ । छुरा प्रहारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी निभारेका ३१ वर्षीय धनजित राईको मृत्यु भएको हो ।
बिर्तामोडमा एक महिला मृत फेला
झापाको बिर्तामोड नगरपालिका – १ स्थितअदुवा पुल नजिकै शनिवार राती ९ बजेको समयमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
चाररातेमा पाँचसय चौँरी ( फोटो फिचर)
भनिन्छ चौँरी र हिमाल एक अर्काका पर्याय हुन् । चौँरी विनाको हिमाल र हिमाल विनाको चौँरी कल्पना गर्न सकिँदैन । यी र यस्तै विषय मनन गर्दै पाँचथरको फालेलुङ गाउँपालिका स्थित चार रातेको सातौँ पटक चौँरी पर्यटन महोत्सव आयोजना गरिएको छ ।
महाकुम्भ मेलामा शाही स्नान
सुनसरीको वराहक्षेत्र नगरपालिका-१ चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शाहीस्नान गरिएको छ । आज नयाँ वर्षको शुभ साइतमा यस वर्षको कुम्भ मेलाको पहिलो शाही स्नान गरिएको हो ।
कोशीको पूर्वी तटबन्ध किनारमा प्रोकोपाइन लगाइँदै
सप्तकोशी नदीमा वर्षामा आउने बाढीलाई लक्षित गरेर तटबन्धको सुरक्षाका लागि प्रोकोपाईन लगाउन सुरु गरिएको छ । पूर्वी तटबन्ध किनार क्षेत्रमा पानीको चाप पर्ने ठाउँहरूको पहिचान गरेर कोशी पोजेक्टले प्रोकोपाइन लगाउन थालेको हो ।
चैतमा पाथीभरामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन
ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रुपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।
मध्य तमोरको विद्युत कोशी कोरिडोरमा जोडियो
ताप्लेजुङस्थित मध्य–तमोर जलविद्युत विद्युत आयोजनाबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनको कोशी कोरिडोरमा जोडिएको छ। नेपाल विद्युत प्राधिकरणको तेह्रथुमको वसन्तपुरमा रहेको २२० केभीए क्षमताको कोशी कोरिडोर सव–स्टेसनमार्फत मध्यतमोरको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।
चौँरी
सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको पर्यटकीय गन्तव्य गुफापोखरी क्षेत्रमा देखिएका चौँरी ।
एमाले खोटाङको अध्यक्षमा राई निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्याशी रामप्रसाद दंगाललाई १५२ मतान्तरले पराजित गर्दै राई विजयी हुनुभएको हो ।
पूर्वी नेपालमा सिरुवा पर्व मनाइँदै
झापासहित पूर्वी तराईको मोरङ सुनसरीलगायतका जिल्लामा आदिवासी समुदायको सिरुवा पर्व सुरु भएको छ । राजवंशी, थारु, ताजपुरीया, धिमाल, मेचे, गनगाई र माझीलगायतका आदिवासी समुदायले यो पर्व मनाउन सुरु गरेका हुन् ।
चार वर्षदेखि बन्द झापाको छोटी भन्सार सञ्चालन
चार वर्ष अघिदेखि बन्द रहेको झापाको गौरीगन्ज गाउँपालिकामा रहेको छोटी भन्सार कार्यालय सुचारु गर्न पहल सुरु भएको छ । भन्सार कार्यालयको नयाँ भवन बनेपनि भन्सार कर्मचारी नबसेपछि प्रयोजन विहीन बनेको छ ।
दुई महिनामै सुन्तलाले पायो तीन गुणा बढी मूल्य
हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ-९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो ६० थियो ।
महाकुम्भ मेलाको प्रथम शाही स्नान सम्पन्न
वराहक्षेत्रस्थित प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्से पूर्ण महाकुम्भ मेलाको प्रथम शाही स्नान गरिएको छ । शनिबार बिहान बाजागासहित वराहक्षेत्र मन्दिरको कोका कौशीकी सङ्गममा पुगेर महास्नान गरिएको हो ।
मेचीनगरमा २ वटा अजिङ्गरको उद्धार
झापाको मेचीनगरमा १० दिनको अवधिमा दुईवटा अजिङ्गर फेला परेका छन् । एसियाली राजमार्ग निर्माणका लागि सडक छेउका रुखहरू काट्दा यहाँ रहेका चरा तथा जीवजन्तुहरूमा ठुलो असर पर्न थालेको चरा तथा वन्यजन्तु खोजकर्ता देवेन्द्र खरेलले बताउनुभयो ।
इलाम–२ मा मदिरा बिक्रीमा रोक
इलाम–२ मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय इलामले मदिरा बिक्रीमा रोक लगाएको छ ।
पर्यटक बढाउन कोप्चे उत्सव
पर्या पर्यटन बृद्धि गर्दै पर्यटकहरुको आगमन बढाउन दोस्रो कोप्चे उत्सव धनकुटामा सुरु भएको छ । धनकुटामा भएका ऐतिहासिक पुरातात्विक संरचनालाई उजागर गर्न सबै एकजुट भएर अगाडि बढ्न धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले अनुरोध गर्नुभयो ।
एक लाख ६८ हजार भक्तजनले गरे पाथीभराको दर्शन
चैत मसान्त सम्ममा एक लाख ६८ हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन्। चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैत महिनासम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्।
इलामको अन्तुमा पर्यटन महोत्सव
स्वदेशी पर्यटकको रोजाइमा परेको इलामको सूर्योदय नगरपालिकाको अन्तुडाँडामा अन्तु पर्यटन महोत्सव सुरु भएको छ। नयाँ वर्ष २०८१ सालको अवसरमा सूर्योदय नगरपालिकाले आयोजना गरेको अन्तु पर्यटन महोत्सव सांस्कृतिक तथा सांगीतिक कार्यक्रम सहित सुरु भएको हो।
महाकुम्भ महोत्सवमा भक्तजनको चहलपहल
प्राचीन हरिद्वारको रुपमा रहेको चतराधाममा लागेको एकमहिने बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सवको आयोजनासँगै यहाँ सर्वसाधारण भक्तजनको चहलपहल बढेको छ ।