‘कुम्भमेला नेपालकै गौरव’
राष्ट्रपति रामचन्द्र पौडेलले आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्धन गर्न र विभिन्न जातजाति, धर्म, लिङ्ग र सम्प्रदायका व्यक्तिलाई एकैसूत्रमा बाँध्न सक्ने कुम्भमेला नेपालकै गौरव भएको बताउनुभएको छ । मङ्गलबार सुरु भएको कुम्भमेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रियता, राष्ट्रिय एकता, स्वतन्त्रता र सार्वभौमिकताको संरक्षण, संवर्धन गर्न सकिने उद्देश्य राखेर आयोजना गरिएको कुम्भमेलाको गौरवपूर्ण अवसरलाई सदुपयोग गरी धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने कार्यमा योगदान पु¥याउन आग्रह गर्नुभयो ।
नयाँ वर्षको अवसरमा ‘छैटौँ मुन्दुम ट्रेल रेस’ सञ्चालन
नयाँ वर्षको अवसरमा भोजपुरमा छैटौँ संस्करणको मुन्दुम ट्रेल रेस २०२४ सञ्चालन हुने भएको छ ।टेम्केमैयुङ गाउँपालिकाको प्रायोजन तथा रिमाचुङ स्र्पोटस एण्ड एकेडेमी संस्थाको आयोजनामा भोजपुरको बाघ खोर देखी चखेवा सम्म ४० किलोमिटर रेस प्रतियोगिता सञ्चालन हुने भएको हो ।
दमकमा आगलागी : लाइफलाइन अस्पतालको डाइलोसिस उपकरण जलेर नष्ट
झापाको दमकस्थित लाइफलाइन अस्पतालसँग जोडिएको एक होटलबाट सुरु भएको भीषण आगलागीबाट लाइफलाइन अस्पतालको डाइलोसिस सेवामा ठुलो क्षति पुगेको छ ।
इलामको रोङ ‘पूर्ण खोप गाउँपालिका घोषणा’
इलामको रोङ गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरीएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ रोङ गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको हो ।
सिमसारमा डुबेर बालकको मृत्यु
मोरङको उर्लाबारी –२ स्थित लामपाते सिमसारको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सन्तानमा भएको अटिजमले जीवनको लक्ष्य बदलेका आमाहरु
विवाहपछि सबै महिलाले एउटी श्रीमती र बुहारीका रूपमा देख्ने सपना लगभग उस्तै हुन्छ । आफूलाई बुझ्ने श्रीमान्, माया गर्ने परिवार, राम्रो कमाई र असल सन्तान ।
विपन्न परिवारलाई नयाँ घर
मोरङको कानेपोखरी गाउँपालिकाले अति विपन्न ३० परिवारलाई सुरक्षित आवास बनाइदिने भएको छ । जनता आवास कार्यक्रम अन्तर्गत पालिकाको वडा नं.४ स्थित खोरिया टोलमा १५ परिवारलाई र वडा नं. १ मा १५ परिवारलाई सुरक्षित आवास बनाइदिन लागेको हो ।
रत्न बान्तवाको ४५ औं स्मृति दिवस मनाइयो
सहिद रत्नकुमार बान्तवाको ४५ औं स्मृति दिवस र ७५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइएको छ। मंगलबार इलामको ठूलो टुँडीखेलस्थित रत्न चोकमा रहेको सहिद वान्तवाको स्मारकमा माल्र्यापण गरिएको हो।
इलाम– २ उपनिर्वाचन : अन्तिम नामावली प्रकाशन
इलाम–२ मा हुने उप–निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
एकै दिन आगलागीबाट खोटाङमा तीन घर नष्ट
एकै तीन आगलागीबाट खोटाङमा तीन घर जलेर नष्ट भएका छन् । वनमा लागेको डढेलो गाउँ पस्दा सोमबार हलेसी तुवाचुङ नगरपालिका एक घर जलेर खरानी भएको छ ।
इलाम– २ उपनिर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न दिइँदै
आगामी वैशाख १५ गते हुने इलाम–२ को उप–निर्वाचनका मङ्गलबार उम्मेदवारहरुलाई चुनाव चिह्न दिइँदै छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय राखिएको छ ।
चतरामा आजदेखि महाकुम्भ मेला
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ । मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो ।
राष्ट्रपति पौडेल आज सुनसरी आउनु हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलवार बिहान (आज) सुनसरी आउने हुनुभएको छ । राष्ट्रपति पौडेल सुनसरीको वराहक्षेत्रको चतरामा आजदेखि एक महिनासम्म लाग्ने बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको उद्घाटन गर्न सुनसरी आउने हुनुभएको हो ।
नेपथ्य समूह बिर्तामोडमा
नयाँ वर्ष २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य साङ्गीतिक समूह पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापाका महत्वपूर्ण केन्द्रलाई जोड्ने उदीयमान सहरमा आगामी चैत ३० गते शुक्रबार बेलुकी ब्यान्डका लोकल भाका गुन्जने छन् । नेपथ्यले यस सहरकै प्रमुख खेलकुद आयोजना ‘झापा गोल्डकप’ लाई योगदान दिने उद्देश्यका साथ आफूलाई प्रस्तुत गर्न लागेको हो ।
एमाले–माओवादीद्वारा कोशी सरकारमा दाबी
कोशी प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सांसदहरूको समर्थनमा नियुक्त हुनुभएका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता माग्दै नेकपा (एमाले) ले प्रदेश प्रमुखसमक्ष निवेदन दिएपछि कोशी प्रदेशको राजनीतिले नयाँ मोड लिएको हो ।
‘पिठ्युँमा पानी बोकेर खानुपर्ने बाध्यताको अन्त्य गरिने’
सङ्घीय सरकारका खानेपानीमन्त्री राजेन्द्रकुमार राईले पिठ्युँमा पानी बोकेर खानुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभएको छ ।
स्वर्णिम साहित्य समाजको पुरस्कार घोषणा
सुनसरीको वराहक्षेत्रमा रहेको स्वर्णिम साहित्य समाजले स्थापना गरेको ‘स्वर्णिम साहित्य पुरस्कार’ पाउने व्यक्तिको नाम घोषणा गरेको छ । ५० हजार १५१ रुपियाँ राशिको साहित्य पुरस्कार र एघार हजार एक रुपियाँ राशिको सम्मान पाउने व्यक्तिको नाम साहित्य समाजले घोषणा गरेको हो ।
सुनसरीलाई वक्रकुण्ड गोल्डकपको उपाधि
वक्रकुण्ड गोल्डकपकोउपाधि सुनसरीले उचालेको छ । सोमबार भएको फाइनल खेलमा सुनसरीले इलामलाई पेनाल्टी सुट आउटमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो ।
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
मोरङको ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । सीमावर्ती ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा सीमान्कृत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित कटहरी गाउँपालिका-२ हल्दिबारीमा अस्पताल निर्माण सुरु गरिएको हो ।
मतदातालाई फकाउँदै सुहाङसहित उम्मेदवार
आइतबार हाट भर्न इलाम आइपुग्नुभएकी फाकफोकथुम –६ एकतप्पाकी ७३ वर्षीया कृष्णमाया मगरलाई यस पटक सुहाङ नेम्वाङ भेट्ने रहर थियो । ‘भोट त पहिला देखि नै सूर्यमा हालेको, सुबासले त गाउँमा धेरै काम गरे । सरकारले वृद्ध भत्ता दियो । अहिलेसम्म खान पाइएको छ’ मगरले भन्नुभयो, ‘अहिले छोरा आएको सुनेको थिएँ, आज भेट्न पाइयो ।’
सहिद भीमनारायण गोल्डकप वैशाखमा
१६औं संस्करणको सहिद भीमनारायण गोल्डकप आगामी वैशाख २३ गतेदेखि हुने भएको छ ।
माओवादीका तीन मन्त्रीद्वारा राजीनामा
कोशी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का तीन जना मन्त्रीले पदबाट राजीनामा गर्नुभएको छ ।
कोशी सरकारबाट माओवादी केन्द्र फिर्ता हुने
कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) फिर्ता हुने भएको छ । सरकारबाट फिर्ता हुने विषयमा संसदीय दलको बैठकमा छलफल भइरहेको र सम्भवत सोमबारै मन्त्रीहरूले पदबाट राजीनामा गर्ने तयारी छ ।
डकेन्द्रसिंह थेगिमलाई जिताउन जसपाको आह्वान
जनता समाजवादी पार्टी (जसपा) नेपालले इलाम निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जिताउन आह्वान गरेको छ ।