• २० वैशाख २०८१, बिहिबार

सुनसरीलाई वक्रकुण्ड गोल्डकपको उपाधि

blog

उपाधिसहित सुनसरीका खेलाडी । तस्बिर : गोरखापत्र

कविराज घिमिरे

हिले, चैत २३ गते । वक्रकुण्ड गोल्डकपकोउपाधि सुनसरीले उचालेको छ । सोमबार भएको फाइनल खेलमा सुनसरीले इलामलाई पेनाल्टी सुट आउटमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो । 

निर्धारीत समयमा दुवै तर्फवाट २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा इलामका एक खेलाडीको प्रहार गोल बाहिरिएको उपाधिसँगै सुनसरीले एक लाख रुपियाँ पुरस्कार पाएको छ । उपविजेता इलामले ५० हजार रुपियाँ पायो । 

चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा धनकुटासहित कोशी प्रदेशको मोरङ्, सुनसरी, झापा इलाम, सङ्खुवासभा, तेह्रथुम र मधेश प्रदेशको सप्तरी जिल्लाको सहभागिता थियो ।